निर्णय नं. ८०१८ - उत्प्रेषण, परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८०१८ - उत्प्रेषण, परमादेश । भाग: ५० साल: २०६५ महिना: पौस अंक: ९ फैसला मिति :२०६५/०८/०२ ३५१८ निर्णय नं.८०१८ ने.का.प. २०६५ अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला संवत् २०६२ सालको रिट नं. ––––––– २८०३ आदेश मितिः २०६५।८।२।२ मुद्दा :– उत्प्रेषण, परमादेश । निवेदकः एन. आर होल्डिङ इंक क्यालगरी क्यानाडाको तर्फबाट अख्तियार प्राप्त अधिवक्ता तुल्सीराम निरौला विरुद्ध विपक्षीः पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरवार, काठमाडौं समेत § गैरकानूनी र अनियमितढंगले कानुन विपरीत पहिलेकै जहाज दर्ता गरेको भन्ने वोलीसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयमा परेको आधारमा सो निर्णयलाई कार्यान्वयन गर्ने प्रकृया अन्तर्गत अथवा अन्य आधार वा कारणले एउटाको स्वामित्वमा जहाज दर्ता भइरहेकोलाई परिवर्तन गरी अर्कै व्यक्तिको नाममा स्वामित्व कायम गर्नु पर्दा सो गर्नु भन्दा अगाडि पहिलाको दर्तावाट देखिएको जहाजधनी Owner लाई नागरिक उड्डयन प्राधिकरणले बुझ्नु र सुनुवाईको मौका प्रदान गर्नु अनिवार्य हुने । (प्रकरण नं.५) § स्वामित्व हस्तान्तरण गरिएको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग आँफैले निर्णय गरी सोही अनुसार कार्यान्वयन गर्नु भनी उक्त आयोगले स्पष्ट आदेश नदिएको अबस्थामा जहाजको स्वामित्व परिवर्तन गर्ने प्राधिकरणको निर्णय कानून अनुरुप नदेखिने । (प्रकरण नं.६) § नेपालमा दर्ता रहेको विमानको स्वामित्व निश्चित गरी दर्ता गर्ने अधिकार प्राप्त निकाय नागरिक उड्डयन प्राधिकरण भएकोले यसले अन्य निकायको निर्देशानुसार नभई आफै जाँचवुझ गरी निर्णय गर्नुपर्ने । (प्रकरण नं.८) § पुनः निर्णय गर्नु भनी परमादेश समेत जारी भइसकेको र सोही निर्णयबाट अन्य काम कारवाही प्रभावित हुने हुनाले सो निर्णय नहुँदै अन्य विपक्षीहरुको काम कारवाही र निर्णयमा असर पर्ने गरी न्यायिक हस्तक्षेप (Judicial intervention) गर्न नमिल्ने । (प्रकरण नं.१०) निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा र विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल, विद्वान अधिवक्ताहरु श्री तारावहादुर सिटौला, श्री आङवावु लामा, श्री प्रेमप्रसाद पाण्डे, सतीशकृष्ण खरेल र श्याम ढुंगेल अवलम्वित नजीरः आदेश न्या.ताहिरअलि अन्सारीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) बमोजिम दायर भै पेश हुन आएको प्रस्तुत रिट निवेदनको व्यहोरा र निर्णय यस प्रकार छः– विपक्षी मध्येको यति एयरलाइन्स नेपालमा वायूसेवा सञ्चालन गरी रहेको बायुसेवा सञ्चालक हो । ३० जुन, १९९८ मा गरिएको एउटा सम्झौता बमोजिम सो एयरलाइन्सले अल्बर्टा, क्यानाडास्थीत बोरेक बाइन्डर कम्पनीसंग क्र.सं. ७२९ को एउटा ट्वीनअटर विमान लिजमा सञ्चालन गर्नका लागि लिइ नेपाल अधिराज्यभित्र पैठारी गरि सञ्चालन गरिरहेको थियो । उक्त विमान विपक्षी प्राधिकरणमा 9N-AEV को कलसाइनमा दर्ता भएको रहेछ । उपरोक्त विमान मिति २०५७।१२।२३ अर्थात अप्रिल ५, २००१ मा तुम्लीङटार विमानस्थलमा दुर्घटनाग्रस्त भयो । दुर्घटना पश्चात सो विमानको बीमा गर्ने बीमक कम्पनीले आर्थिक रुपमा उक्त विमान मर्मत सम्भार गरी पुन सञ्चालन गर्न पर्ता नपर्ने ठानी पुरै बीमा रकम जहाज धनि बोरेक बाइण्डरलाई प्रदान गरेको रहेछ र यसरी विमा रकम चुक्ता गरे पश्चात विमा कम्पनीको आफनो हकमा हुन आएको दुर्घटनाग्रस्त बायुयान 9N-AEV तुम्