निर्णय नं. ९१२४ - बहुविवाह

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९१२४ - बहुविवाह भाग: ५६ साल: २०७१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७०/०३/२४ ५८५४ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्र.न्या.श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय फैसला मिति : २०७०।३।२४।२ ०६७-CR-१२०१ मुद्दा : बहुविवाह पुनरावेदक/वादी : निर्मला बस्नेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला झापा, खुदुनावारी गाउँ विकास समिति, वडा नं. ७ बस्ने योगिता भन्ने योगमाया चिमरिया बस्नेत § अनजानवश सौता भई पीडित हुन पुगेको अवस्थामा सबूद प्रमाणको अभावमा कसूरदार कायम गरी सजाय गर्नुबाट झन पीडा थपिने कार्य हुन जान्छ । तसर्थ, अन्जानमा सौता हुन जाने महिलालाई उसको हुने पतिको पहिले नै विवाह भई अर्को श्रीमती भएको भन्ने तथ्यको जानकारी उसलाई थियो भन्ने स्पष्ट प्रमाणको अभावमा कसूरदार ठहर गरी सजाय गर्न नमिल्ने । (प्रकरण नं. ६) पुनरावेदक/वादीका तर्फबाट : विद्वान उपन्यायाधिवक्ता शंकरबहादुर राई प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : अवलम्बित नजीर : सम्बद्ध कानून : § मुलुकी ऐन, विहावरीको ९ नं. , १० नं. सुरू तहमा फैसला गर्ने :- मा.जि.न्या. श्री अर्जुनप्रसाद कोइराला पुनरावेदन तहमा फैसला गर्ने :- मा.मु.न्या. श्री हरिप्रसाद घिमिरे मा.न्या. श्री विष्णुदेव पौडेल न्या. बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९बमोजिम यस अदालतको अधिकार क्षेत्रभित्रको भई पुनरावेदन अदालत, इलामको मिति २०६७।९।१२ को फैसलाउपर दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :- म जाहेरवालाको विपक्षी पतिसँग २०५७ सालमा विवाह भई वर्ष ७ को रोजेश र वर्ष ६ को प्रवेश बस्नेतसमेतका छोराहरूको जायजन्मसमेत भएको छ । सानो छोरा पेटमा भएको बेला २०५८ सालमा विपक्षी पति वैदेशिक रोजगारका लागि मलेशिया जानु भएको, ४ वर्षपछि घर आएर पुनः मलेशिया गई २०६५ साल जेष्ठमा फर्की आउनुभएपश्चात् निजले मलाई कुटपीट गरी घरमा बस्न नदिई श्रावण १६ गते घरबाट निकाला गरेकाले नाबालक छोरासमेत माइतीको संरक्षणमा बसेकी छु । यसै क्रममा २०६५ साल माघ २५ गते विपक्षीले जिल्ला झापा, खुदुनावारी ७ जुकेखाडी बस्ने टंक चिमरियाको छोरी योगिता चिमरियालाई विवाह गर्न लाग्नु भएको थाहा पाई म जाहेरवालीले निज बाबु छोरीलाई म जेठी पत्नी हुँदाहुँदै तपाईँले मेरा पतिसँग विवाह नगर्नु होला भनी जानकारी गराउँदागराउँदै पनि घरमा म जेठी श्रीमती हुँदाहुँदै मिति २०६५।११।४ गते निजहरूले दोस्रो विवाह गरी बहुविवाह गरेको हुँदा मुलुकी ऐन, विहावरीको महलको ९ नं. विपरीत काम गरेकोले निजहरूलाई सोही महलको १० नं. बमोजिम कारवाही गरिपाऊँ भन्नेसमेत व्यहोराको जाहेरी दरखास्त । मैले २०५७ सालमा निर्मला बस्नेतसँग विवाह गरी निजको तर्फबाट २ छोराहरूको जन्म भएको थियो । घरमा श्रीमती र छोराहरू हुँदाहुँदै मैले २०६५ साल माघ ११ गते जिल्ला झापा, खुदुनावारी गाउँ विकास समिति, वडा नं. ७ बस्ने टंक चिमरियाको छोरी वर्ष २५ की योगिता भन्ने योगमाया चिमरियालाई निजको अभिभावकको मन्जूरीबिना केटीको मन्जूरीले भगाई दमकमा लगी पछि पुनः माईधारमा आई मन्दिरमा सिंदुर पोते गरी विवाह गरेको हो । घरको आर्थिक अवस्था कमजोर भएका कारणले गर्दा वैदेशिक रोजगारको सिलसिलामा म मलेशिया गएको र घरमा बूढीआमा श्रीमती र नाबालक बच्चाहरू थिए । मैले पटकपटक घरमा खर्च पठाएको तर श्रीमतीले घर नचलाउने आमालाई कुट्ने, पिट्ने, बालबच्चालाई केही नखुवाउने भएकाले बच्चा हाल कुपोषणले ग्रस्त छन् । सोही क