निर्णय नं. ९२३५ - उत्प्रेषण/निषेधाज्ञा/परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२३५ - उत्प्रेषण/निषेधाज्ञा/परमादेश भाग: ५६ साल: २०७१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७१/०४/२० ३७७२ नेकाप २०७१, अङ्क ८, नि.नं.९२३५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।४।२०।३ ०६९-CI-०४५४ मुद्दा : उत्प्रेषण/निषेधाज्ञा/परमादेश । पुनरावेदक/ विपक्षी : विराटनगर भन्सार कार्यालयको तर्फबाट प्रमुख भन्सार अधिकृत विनोदबहादुर कुँवर विरूद्ध प्रत्यर्थी/निवेदक : जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं‍‍.५ स्थित मनोकामना इम्पोर्ट एक्सपोर्ट फर्मको प्रोप्राइटर हाल मोरङ, राजघाट गा.वि.स. वडा नं. ८ बस्ने मञ्जु थापा ०६९-CI-१०२२ पुनरावेदक/निवेदक : जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं. ७ स्थित मनोकामना इम्पोर्ट एक्सपोर्ट फर्मको प्रोप्राइटर जिल्ला मोरङ, राजघाट गा.वि.स. वडा नं. ८ बस्ने मञ्जु थापा विरूद्ध प्रत्यर्थी/विपक्षी : विराटनगर भन्सार कार्यालय, मोरङसमेत § भन्सार ऐन, २०६४ को दफा १९(१) मा “दफा १८ बमोजिम प्रज्ञापनपत्र पेस भएपछि सम्बन्धित भन्सार अधिकृतले सो प्रज्ञापनपत्रमा घोषित माल वस्तु कानूनबमोजिम पैठारी वा निकासी गर्न पाइने माल वस्तु हो वा होइन भन्ने सम्बन्धमा जाँच गर्नुपर्ने छ । त्यसरी जाँच गर्दा भन्सार अधिकृतले आवश्यकता अनुसार सम्बन्धित माल वस्तुको भौतिक जाँच गर्न वा गर्न लगाउन सक्नेछ” भन्ने व्यवस्थाबमोजिम प्रस्तुत सन्दर्भमा भन्सार अधिकृतबाट उक्त सुपारी निकासी तथा पैठारी गर्न प्रतिबन्ध लगाएको वस्तुभित्र पर्ने हो वा होइन सो सम्बन्धमा जाँच गरी निर्णयमा पुग्नुपर्ने । (प्रकरण नं.२) § भन्सार ऐन, २०६४ को दफा १९(२) मा “उपदफा (१) बमोजिम जाँच गर्दा त्यस्तो माल वस्तु निकासी वा पैठारी गर्न नपाइने वा प्रतिबन्धित भएको पाइएमा प्रचलित कानूनबमोजिम अनुसन्धान वा कारवाहीका लागि सम्बन्धित निकाय वा अधिकारीसमक्ष पठाउनुपर्नेछ” भन्ने व्यवस्था अनुसार भन्सार अधिकृतले निकासी गर्न ल्याएको सुपारीको सम्बन्धमा उपदफा (१) बमोजिम जाँच गर्दा प्रतिबन्धित भएको अवस्थामा मात्र थप अनुसन्धान वा कारवाहीको लागि सम्बन्धित निकाय वा अधिकारीकोमा पठाउनुपर्नेमा त्यस्तो निकासी गर्न प्रतिबन्ध लागेको सुपारी हो वा होइन भन्ने सम्बन्धमा अधिकारप्राप्त निकाय विराटनगर भन्सार कार्यालयले निर्णय गर्नुपर्नेमा त्यस्तो निर्णय नगरी रहेको अवस्थालाई कानूनद्वारा निर्धारित प्रक्रिया पुर्‍याएको भन्न नमिल्ने । (प्रकरण नं.३) निवेदकको तर्फबाट : विद्वान्‍ अधिवक्ता झलकप्रसाद शर्मा विपक्षीको तर्फबाट : विद्वान्‍ उपन्यायाधिवक्ता रमेश शर्मा पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : § भन्सार ऐन, २०६४ को दफा १९(१) मा र १९(२) पुनरावेदन तहमा फैसला गर्नेः- मा.मु.न्या.श्री गोपाल पराजुली मा.न्या.श्री नरेन्द्रकुमार शिवाकोटी फैसला न्या.चोलेन्द्र शमशेर ज.ब.रा. : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्‍क्षिप्त तथ्य एवम्‍ ठहर यसप्रकार छः मनकामना इम्पोर्ट एक्सपोर्ट फर्म मिति २०६९।१।१७ मा प्रा.फा.र.नं. २४३३८ र ०६८।०६९ मा फर्मको रूपमा दर्ता भई विविध वस्तुहरूको निर्यात आयात गर्ने दर्तावाला फर्म हो । यस फर्मले सन् १३ मे २०१२ मा वाहुवाली स्ट्राक्सन प्रा.लि. हन्सदा रोड गुलाववाग पूर्णिया विहार, भारतलाई जम्मा ५७७३८ के.जी. सुपारी रू. ३२,३३,३२८ मा बिक्री गरी निकासीका लागि विपक्षी भन्सार कार्यालयमा सन् १४ मे