निर्णय नं. ८०२० - उत्प्रेषण समेत ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०२० - उत्प्रेषण समेत । भाग: ५० साल: २०६५ महिना: माघ अंक: १० फैसला मिति :२०६५/०७/२१ ४६८६ निर्णय नं.८०२० ने.का.प. २०६५ अङ्क १० सर्वोच्च अदालत पूर्ण इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री गौरी ढकाल रिट नं. ०६४–WF–००१५ आदेश मितिः २०६५।७।२१।५ बिषयः– उत्प्रेषण समेत । निवेदकः उदयपुर जिल्ला बसाहा गा.बि.स.वडा नं.१ घर भई हाल ललितपुर जिल्ला ठेचो गा.बि.स. वडा नं.९ बस्ने भिमकुमार वान्तवा विरुद्ध विपक्षीः नेपाल सरकार, रक्षा मन्त्रालय, सिंहदरवार, काठमाडौं समेत § सैनिक अभिलेखालयबाट भैरहेको प्रक्रियागत काम कारवाहीलाई बीचैमा हस्तक्षेप गर्ने कार्य रिट क्षेत्राधिकारबाट हुन नसक्ने । § प्रतिषेधको आदेश कुनै न्यायिक वा अर्धन्यायिक निकायले अधिकारक्षेत्रविहीन कार्य गरेको, प्राकृतिक न्यायको सिद्धान्तको अनुशरण नगरेको, व्यक्तिका स्पष्ट कानूनी एवं मौलिक हकको प्रतिकूल गई कार्य गरेको जस्ता कार्यलाई रोक्नका लागि जारी गरिने । (प्रकरण नं.३) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री वोर्णवहादुर कार्की विपक्षी तर्फवाटः विद्वान नायव महान्यायाधिवक्ता श्री टिकावहादुर हमाल, विद्वान अधिवक्तात्रय श्री चन्द्रकान्त ज्ञवाली, इन्दिरा कुमारी श्रीस र श्री राजकुमार सुवाल अवलम्वित नजीरः आदेश न्या.खिलराज रेग्मीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७ अन्तर्गत रिट निवेदन दायर भई संयुक्त इजलासका माननीय न्यायाधीशहरुका बीचमा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) वमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः- मेरो जेठी श्रीमती हिरादेवी र मबाट ३ वटा छोरा छोरीहरु जायजन्म भईसके पछि निजको कालगतिले २०३७ सालमा मृत्यु भयो । निजको मृत्यु पश्चात मेरो दोश्रो बिवाह बिपक्षी निर्मला राई (वान्तवा) संग २०३८ सालमा भई निजको कोखबाट २०३९ सालमा छोरा विरोध वान्तवाको जायजन्म भयो । छोरा १४ बर्षको हुँदा मानसिक विरामी हुन गै निज बिपक्षी निर्मला बिरामी छोरा र मलाई समेत २०५४ साल देखी छाडी अन्यत्र गइन् । छोराको उपचार गर्दै जाँदा निको हुन गए । २०६० सालमा छोरा विरोध तत्कालीन शाही नेपाली सेना (हाल नेपाल सेना) मा सेकेण्ड लेफ्टीनेन्टको ४३ क्याडेटमा भर्ना भए । छोराकै कमाईबाट मेरो जीविका चल्दै आएको थियो । छोरा विरोध वान्तवा भवानी दल गुल्म इलाममा कार्यरत रहँदैका अवस्थामा मिति २०६२।११।२१ गते राति माओवादी आक्रमणमा परी दोहोरो भिडन्तका क्रममा बीरगति प्राप्त गरेका र त्यस पछि सो गुल्मका गुल्मपतिले विरोध वान्तवाले तपाईलाई इच्छाएको व्यक्ति राखेको छ, सैनिक प्रधान कार्यालयमा सम्पर्क राख्नु भनी फोनबाट जानकारी गराउनु भएको हुँदा आवश्यक कागज प्रमाण पत्र समेत जङ्गी अड्डा भद्रकालीमा पेश गर्दा पछि सम्पर्क राख्नु भनियो । पछि सम्पर्क गर्दा स्व.छोराकी आमा निर्मला राई (बान्तवा) को पनि दावी परेको छ भनी जानकारी गराइएकोमा इच्छाएको व्यक्ति म मात्र भएको हुँदा मैले निज छोराले पाउने सेवा सुविधा पाउनु पर्छ भनी मिति २०६३।८।२१ मा सैनिक अभिलेखालयमा निवेदन गरेको थिएँ । त्यस पछि सोही कुरा उल्लेख गरी मिति २०६३।८।२४ गते नेपाल सेना प्राड विवाकमा निवेदन दिएकोमा केही कारवाही भएन । तत्पश्चात मिति २०६३।११।१४ गते सैनिक अभिलेखालयले “तपाईको छोरा वीरगति प्राप्त स्व.विरोध वान्तवाको आर्थिक अनुदान तथा अन्य सबै रै रकम निकासा हुन आएको हुँदा उक्त रकम लिने क