निर्णय नं. ८०२२ - कर्तव्य ज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८०२२ - कर्तव्य ज्यान । भाग: ५० साल: २०६५ महिना: माघ अंक: १० फैसला मिति :२०६५/०३/१० ४१२० निर्णय नं.८०२२ ने.का.प. २०६५ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास का.मु.सम्माननीय प्रधान न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ सम्बत २०५९ को फौ.पु.नं. ३००६ फैसला मितिः २०६५।३।१०।३ मुद्दा :– कर्तव्य ज्यान । पुनरावेदक/वादीः गीता घिमिरेको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादीः जि.नुवाकोट थप्रेक गा.बि.स.वडा नं. ७ घर भई हाल कारागार शाखा जगन्नाथ देवल काठमाडौंमा थुनामा रहेको कृष्णबहादुर लामा शुरु फैसला गर्ने – मा.जि.न्या.दीपककुमार कार्की पुनरावेदन फैसला गर्नेः मा.न्या. दामोदरप्रसाद प्रजापति मा.न्या.श्री भुपध्वज अधिकारी § ज्यान सम्बन्धीको १३ नं. अन्तर्गतको अपराधमा ज्यान मार्ने मनसाय निहीत हुन्छ । जोखिमी हतियारले प्रहार गरेकोमा मनसाय नभएपनि वा तत्काल आवेशमा प्रहार गरेको कारण ज्यान मर्न पुगेको भएपनि उक्त १३ नं. आकर्षित हुने । § साधारण लाठा, ढुंगा, लात, मुक्का इत्यादि बाहेक अन्य तरिकाले ज्यान मारेकोमा त्यस्तो आपराधिक कृत्यका सम्बन्धमा ज्यानसम्बन्धीको महलको १४ नं. आकर्षित हुन नसक्ने । § मार्ने मनसाय भन्ने कुरा अघिदेखिको हुनुपर्छ भन्ने होइन । जुनसुकै बखत पनि मार्ने उद्देश्यले कुनै कार्य गरिन्छ भने त्यो कर्तब्य गरी मारेको हत्याकै बर्गमा पर्न जाने । (प्रकरण नं.३) § कुटपिट पश्चात् अर्को कृत्य अर्थात जीउदै बालुवामा पुरेको र सोही कारण निसास्सिएर मृत्यु हुन पुगेको यस्तो निर्दयी र पासविक घट्नालाई ज्यान सम्बन्धीको १४ नं. ले समेट्ने स्थिति नदेखिने । (प्रकरण नं.५) § आफैले गरेको पुनरावेदनबाट न्याय प्राप्त गर्नु अघि नै पुनरावेदनको नतिजालाई निरर्थक वा प्रभावित गर्ने हिसाबले सरकारको अर्को अंगले कैद मिन्हा गर्दा सरकारले गरेको आफ्नै पुनरावेदनको औचित्यमा प्रश्न खडा हुने । § कैद मिन्हा नै दिने लक्ष्य हो भने भएको सजायमा पुनरावेदन गर्नुको प्रयोजन नदेखिँदा सरकारको तर्फबाट एउटा निकायले पुनरावेदन गरेको अवस्थामा सरकार मातहतको अर्को निकायले सो पुनरावेदन बिचाराधीन रहेकै अवस्थामा थुनुवालाई मुक्त गरिदिने कार्यले अदालतबाट भएको फैसला र यसको कार्यान्वयनमा समेत प्रत्यक्ष असर पर्ने । (प्रकरण नं.८) पुनरावेदक वादी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री प्रेमराज कार्की प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.कल्याण श्रेष्ठः पुनराबेदन अदालत पाटनको मिति २०५८।१२।१२ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम वादी तर्फवाट यस अदालतमा पुनरावेदन परी पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः– मेरा पति वलराम घिमिरे काठमाडौंमा जग्गा सम्बन्धी काम गरी हिड्नु हुन्थ्यो । मिति २०५३।८।३ का दिन डेरामा चिया खाई साथीकहाँ जान्छु भनी डेरावाट निस्कनु भएकोमा सो दिन बेलुका डेरामा फिर्नु भएन, बेलुका बालाजु नयाँ बसपार्कमा हिडीरहनु भएको कुरा बुझियो । मिति २०५३।८।४ का दिन मेरो डेरा अगाडि बस्ने दर्जीले तपाईको पति बिष्णुमती पुलदेखि उत्तर पट्टि खोलाको वगरमा मृत अवस्थामा हुनुहुन्छ भनी खवर दिएकोले हेर्न जाँदा पतिको शरीरमा निलडाम भै मृत अवस्थामा देखें । के कसले कर्तव्य गरी मारेका हुन्, अनुसन्धान गरी कारवाही गरिपाऊँ भन्ने समेत जाहेरी दरखास्त । का.जि.गोगंवु गा.वि.स.वडा नं. ६ स्थित बिष्णुमतीको खोला वगरमा लास रहेको लास घिसारिएको जस्तो वालुवामा दाग देखिएक