निर्णय नं. ८०२३ - जाली राहदानी ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८०२३ - जाली राहदानी । भाग: ५० साल: २०६५ महिना: माघ अंक: १० फैसला मिति :२०६५/०९/२९ ३८२३ निर्णय नं.८०२३ ने.का.प. २०६५ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ मुद्दा नं. ०६४–CR–०३८९ मुद्दा नं. ०६४–CR–०३९० फैसला मितिः २०६५।९।२९।३ मुद्दाः जाली राहदानी । पुनरावेदक प्रतिवादीः भवानी शोभराजको छोरा २० एभन्यु “इभ्री” ७५०१३ पेरिस, फ्रान्स घर भै हाल कारागार शाखा जगन्नाथ देवल काठमाडौंमा थुनामा रहेको चार्ल्स गुरुमुख शोभराज विरुद्ध प्रत्यर्थी वादीः जिल्ला प्रहरी कार्यालय काठमाडौंको जाहेरीले नेपाल सरकार पुनरावेदक वादीः जिल्ला प्रहरी कार्यालय काठमाडौंको पत्रले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः फ्रेन्च नागरिक चार्ल्स शोभराज गुरुमुख शुरु फैसला गर्नेः मा.जि.न्या. विश्वम्भरप्रसाद श्रेष्ठ, पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री कृष्णप्रसाद श्रेष्ठ मा.न्या. श्री आत्मराम भट्टराई § एकाको राहदानीलाई गलत ढंगले अर्काले प्रयोग गर्ने र एकालाई प्राप्त भएको भिसा वा एकाका नाममा जारी भएको राहदानीमा प्राप्त प्रवेशाज्ञा (भिसा) लाई अर्को व्यक्तिले प्रयोग गर्ने कुरा कानूनले अनुमति दिने भन्ने अवस्था हुन नसक्ने । § विदेशीको प्रवेश भनेको कानूनबाट नियमित गरिएको प्रवेश हुने हुँदा कानूनको रीत नपुर्याइएको प्रवेश स्वतः कानूनसंगत हुन नसक्ने । § विदेशीको र स्वदेशीको प्रवेशको उपस्थिति बीचको अन्तर भनेको मूलतः विदेशीको हकमा कानून बमोजिम प्रवेश गरेको बाहेक गैरकानूनी मान्नुपर्ने हुन्छ भने स्वदेशीको हकमा कानूनले निषेध वा नियन्त्रण गरेमा बाहेक कानूनी नै मान्नुपर्ने । (प्रकरण नं.३) § हाल प्रचलित ऐन बमोजिम कारवाही र सजाय गर्दा अघिको कानूनले तोके भन्दा वढी सजाय हुने भएमा वा कसूरको नयाँ परिभाषा वा नयाँ कसूरको दावी परेको भए मात्र फरक परेको हद जतिमा आपत्ति जनाउनु पर्ने । § पुरानो कानून खारेज भएको अवस्था भएपनि पुरानो कानूनले समावेश गरेको सजायलाई नयाँ कानूनले प्रतिस्थापन नगरी सो सजाय हुनसक्ने स्थिति बहाल राखेको अवस्थामा पुरानो कानूनले तोकेको सजायमा नवढ्ने गरी नयाँ कानून अनुसार सजाय हुन सक्ने । (प्रकरण नं.६) पुनरावेदक वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ताद्वय श्री रेवतीराज त्रिपाठी र श्री वज्रेश प्याकुरेल प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री वसन्तराम भण्डारी र विद्वान अधिवक्ताद्वय श्री वद्रीवहादुर कार्की र अधिवक्ता राजाराम ढकाल अवलम्वित नजीरः ने.का.प.२०५८, निर्णय नं.६९९२, पृष्ठ १८८, र ने.का.प. २०६१, नि.नं. ७४३२, पृ. ११०३ फैसला न्या.कल्याण श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) वमोजिम पुनरावेदन अदालत पाटनको २०६२।४।२० को फैसला उपर दोहोर्याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्न वमोजिम छः– सन् १९७५ अप्रिल ७ तारेखमा हलैण्ड नागरिक BINTANJA HENRICUS को नाममा नेपाल आई काठमाडौं स्थित सोल्टी ओवराय होटलमा बसेकोमा निजले हाल पुनः फ्रेञ्च नागरिक चार्ल्स शोभराज गुरुमुखको नाममा पासपोर्ट नं. 02YI18667 को राहदानी प्राप्त गरी काठमाडौं आएकोले एकै व्यक्तिले फरक नाम र राष्ट्रियताबाट राहदानी लिएको देखिएकोले निज चार्ल्स शोभराज गुरुमुखले अध्यागमन ऐन, २०४९ को वर्खिलाप काम कारवाही गरेको देखिएको, १९७५ मा प्राप्त गरेको S-486920 नं. को राहदानी नं. उल्लेख गरी सोल्टी ओवेराय होटल गेष्