निर्णय नं. ८०२४ - कर्तव्यज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८०२४ - कर्तव्यज्यान । भाग: ५० साल: २०६५ महिना: माघ अंक: १० फैसला मिति :२०६५/०४/२२ ३२०१ निर्णय नं.८०२४ ने.का.प. २०६५ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोईराला संवत २०६३ सालको फौ.पु.नं.......०१४० फैसला मितिः २०६५।४।२२।४ मुद्दाः कर्तव्यज्यान । पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी धरान नगरपालिका वडा नं. १४ घर भै हाल कारागार शाखा विरगन्जमा थुनामा रहेको मनोज कार्की विरुद्ध प्रत्यर्थी वादीः शुरेश कुमार हायुको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्ने : मा.जि.न्या.फणिन्द्रदत्त शर्मा पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री भिमेन्द्रवहादुर कार्की मा.न्या.श्री राघवलाल वैद्य § सर्वस्वसहित जन्मकैद वा जन्मकैदको सजाँय हुने मुद्दामा मात्र पूर्ण रुपले अ.वं. १८८ नं.को व्यवस्था लागु गर्नुपर्ने निरपेक्ष दायित्व र कर्तव्य न्यायकर्तालाई कानूनी स्वविवेकीय अख्तियार प्रदान गरेको देखिई अन्य सम्पूर्ण फौज्दारी अपराधिक मुद्दाहरुमा सो स्वविवेकिय न्यायिक अधिकार एवं अख्तियार न्यायकर्तालाई प्रदान गरेको नदेखिने । (प्रकरण नं.३) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री यमुना भटृराई प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.अनूपराज शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ वमोजिम पुनरावेदन अदालत विराटनगरले गरेको फैसला उपर यस अदालतमा पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– मृतकको टाउकोमा वायाँपट्टी चोट लागी काटिएको र सोही ठाउंवाट रगत वगेको भन्ने समेत व्यहोराको २०६१।८।२६ को लास जाँच प्रकृति मुचुल्का । २०६१।८।२६ गतेका दिन एकजना पुरुषलाई कर्तव्य गरी मारी फालेको अवस्थामा रहेको भन्ने कार्यालयमा खवर हुनासाथ घटनास्थलमा जाँदा लास फेला पारी बुझ्दा मृतकको घर जि. संखुवासभा चैनपुर हुन सक्ने निजको नाम टेकवहादुर राई भन्ने कुरा खुलस्त भएपछि कुटपिट गर्ने व्यक्तिहरु पत्ता लगाउंदै जाँदा मनोज कार्की र विकेश तामाङ्गसंग मृतक टेकवहादुरको २०६१।८।२५ गते राति झगडा विवाद परेको र सोही विवादको कारण निजहरु समेत भै टेकवहादुर राईको टाउको समेतमा ढुंगा प्रहार गरी कुटपिट गरी जानीजानी मार्ने मनसायले कर्तव्य गरी मारेको हुँदा निजहरुलाई पक्राउ गरी कानून वमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको जाहेरी प्रतिवेदन । २०६१।८।२५ गते पिण्डेश्वरी मन्दिर नजिकै रहेको पोखरीमा माछा मार्नको लागि गएकोमा त्यहां विकेश तामाङ्गसंग भेट भई केही वेर त्यहां वसी दिनको अं. ४ वजे वुढासुव्वा मन्दिरमा पुगी त्यहां एकछिन वसी घर फर्कने क्रममा म र साथी विकेश तामाङ्ग गई रहेकोमा पिण्डेश्वरी मन्दिर छेउको शौचालय पुग्दा निज मृतक त्यही वसी रहेको देखी हामीहरुले के छ टेके दाई भनेर सोध्दा तिमीहरुलाई के मतलव छ भन्दै हातमा लिएको ढुंगाले एक्कासी प्रहार गर्दा मेरो टाउकोमा चोट लागे पछि मलाई एक्कासी तत्कालै रिस उठ्न गई म र विकेश तामाङ्ग समेत भई हामी दुवै जनाले एकएक लात्ति र हातले कुटनुका साथै लात्तिले हान्दा सिमेन्ट गरिएको भुईमा ठोक्किनुको साथै त्यहां रहेको ढुंगा समेतले निजको टाउकोमा प्रहार गरी घाईते भई टाउको तथा नाकवाट समेत रगत वग्न थाली वेहोस भएपछि दुवैजनाले घिसार्दै मन्दिर छेउमा लगी फाली दिई घर तर्फ गयौं । भोलिपल्ट गई हेर्दा मृत अवस्थामा देखेको, निजसंग पूर्व रिसईवि थिएन । तत्कालै उठेको रिस थाम्न नसकी हात हालाहाल तथा ढुंगा समेतले कुटपिट गरेको