निर्णय नं. ८०२५ - परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८०२५ - परमादेश । भाग: ५० साल: २०६५ महिना: माघ अंक: १० फैसला मिति :२०६५/०३/१२ ६०१६ निर्णय नं.८०२५ ने.का.प. २०६५ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री बलराम के.सी. सम्वत २०६२ सालको दे.पु.नं. ८६१९ फैसला मितिः २०६५।३।१२।५ मुद्दाः परमादेश । पुनरावेदक निवेदकः जिल्ला मोरङ्ग विराटनगर उपमहानगरपालिका वडा नं. ५ वस्ने शकुन्तला होमागाई विरुद्ध प्रत्यर्थी विपक्षीः जिल्ला मोरङ्ग विराटनगर उपमहानगरपालिका वडा नं. ४ स्थित राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय वरगाछी समेत पुनरावेदन निर्णय गर्नेः मा.न्या. श्री कृष्णप्रसाद वस्याल मा.न्या.श्री गोविन्दकुमार श्रेष्ठ § बैंकबाट ऋण लिंदा बैंक र जमानी दिने तेश्रो व्यक्ति बीच Valid contract of guarantee हुनको लागि देहायका अवस्थाहरु विद्यमान हुनुपर्नेः १. बैकं र ऋणीबीच ऋण चुक्ता नभई बक्यौता रहेको हुनुपर्छ, २. धितो बन्धकी कबुलियतनामा (Guaranteed Agreement) का पक्ष अर्थात, बैंक र जमानी दिने तेश्रो पक्ष हुनुपर्छ । ३. ऋणीले ऋण नतिरेमा आफुले धितोमा दिएको सम्पत्तिबाट साँवा व्याज असूल उपर गर्नु भन्ने व्यहोराको शर्त वा कागज जमानी दिने तेश्रो व्यक्तिले गरेको हुनुपर्छ । ४. ऋण असुलीमा पहिलो पक्ष अर्थात् ऋणी नै मुख्य रुपले जवाफदेही हुनुपर्छ । जमानी दिनेको जवाफदेही त्यस्तो अवस्थामा मात्र हुन्छ, अर्थात् ऋणीले ऋण नतिरेमा मात्र तेश्रो पक्ष जवाफदेही हुन्छ । ५. धितो जमानी दिने र बैंक बीचको कागज अर्थात् कबुलियतनामा कानुन बमोजिम हुनुपर्दछ। ६. जमानी दिने कागज करार ऐन विपरीत हुनुहुदैन । (प्रकरण नं.७) § जमानी सम्बन्धी कबुलियत नामाका शर्तहरुमध्ये आफूलाई हित हुने प्रावधान ठीक र अर्को पक्षलाई हित हुने प्रावधान चाँहि बेठीक र गैरकानूनी भनी व्याख्या गर्न नमिल्ने । (प्रकरण नं.९) पुनरावेदक निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री गणेश गिरी प्रत्यर्थी विपक्षी तर्फवाटः अवलम्वित नजीरः आदेश न्या.वलराम के.सी.: पुनरावेदन अदालत, विराटनगरको मिति २०६२।३।१९ को फैसलाउपर निबेदक तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१)(ग) अन्तर्गत यस अदालतमा पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दाको तथ्य एंव निर्णय यस प्रकार छ : – म निवेदिका साझेदार भएको जयदुर्गे आइरन फर्निचर उद्योग–१, शेयर होल्डर सम्म रहेको कंचनजंगा कृषि यन्त्र उद्योग प्रा.लि.–१, दुधकोशी केमिकल उद्योग १ समेतले विभिन्न मितिमा उद्योग सञ्चालन गर्न विपक्षीबाट ऋण लिएको थियो । बिपक्षी र रुद्रबहादुर होमागाईं बीच, कर्जा चुक्त्ता गर्ने बारे २०४९ साल आषाढमा सहमति हुँदा मैले मेरो नाउँको जिल्ला सुनसरी, भरौल–९ (ग) कि.नं. ५८ को १–४–२ र.नं. १८०९३७।५० बाट मिति २०४९।३।२१ र हाल जिल्ला मोरङ्ग, विराटनगर –५ साविक अमाही इकराही १(क) कि.नं २४१, २२२, २१३, २२३ र ऐ. वडा नंं २(ख) कि.नं ७ र १० को ज.वि.२–१४–० रु.४,५०,०००। मा मिति २०४९।३।१९ मा सुरक्षण वापत बिपक्षीको नाउँमा धितो जमानी पारित गरिदिएको थिएँ । यसरी नै जयदुर्गे आइरन फर्निचर उद्योगले रु.८७७३८८।४०, श्यामबहादुर बस्नेतले रु.९,७५०००।, रुद्रबहादुर थापाले रु.८,४६,०००।, रुद्रबहादुर थापा, सुवर्ण थापाले क्रमश रु ६,७३७५०। र रु.४,६५,०००।, सुवर्णबहादुर थापा रु.५२,३४३।, उमादेवी थापा, रु.१,२०,०००।, सुवर्णबहादुर थापा रु.७,२६,५००।, अम्विका थापा रु.७,६०,८८८।७०, रुद्रबहादुर होमागाई रु.९,२३,८१५।५३, योगराज कोइराला रु.२,३६,८५२।४८, र अम्विका थ