निर्णय नं. ८०२६ - बच्चाको न्वारान गरी नाता कायम ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८०२६ - बच्चाको न्वारान गरी नाता कायम । भाग: ५० साल: २०६५ महिना: माघ अंक: १० फैसला मिति :२०६५/०२/२१ ३६९१ निर्णय नं.८०२६ ने.का.प. २०६५ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री वलराम के.सी. माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी सम्वत् २०५९ सालको फौ.पु.नं. .३२६८ फैसला मितिः २०६५।२।२१।३ मुद्दाः– बच्चाको न्वारान गरी नाता कायम । पुनरावेदक प्रतिवादीः बाँके जिल्ला नौवस्ता गा.वि.स. वडा नं. ३ वस्ने लिलबहादुर राना क्षेत्रीको हकमा निजको बाबु परिमल राना क्षेत्री विरुद्ध प्रत्यर्थी वादीः बाँके जिल्ला नौवस्ता गा.वि.स. वडा नं. २ वस्ने चित्रा वि.क. शुरु फैसला गर्नेः मा.जि.न्या.श्री जयराज जोशी पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री धीरेन्द्रबहादुर विष्ट मा.न्या.श्री कृष्णप्रसाद बस्याल § करणी र बच्चाको जन्मसम्बन्धी विवादमा मिसिल संलग्न प्रमाणका अतिरिक्त विवादसँग सम्बन्धित महिलाको वयानलाई गंम्भिरतापूर्वक हेर्नुपर्ने । § सामान्यतया आफ्नो सतित्व एवं इज्जत, चरित्र र प्रतिष्ठामा आँच आउने वा लान्छना लाग्ने गरी कुनै पनि महिलाले एउटा पुरुषसँग करणी लेनदेन भएको अवस्थामा अर्को व्यक्तिउपर लान्छना लाउनुपर्ने अवस्था नहुने । § एउटा पुरुषसँग करणी गरी गराई सोको कारणबाट गर्भ रही बच्चासमेत जन्मेको कुरालाई अर्को पुरुषको करणीबाट सो बच्चा जन्मेको हो भनी अर्को व्यक्तिलाई लान्छना लगाउनु पर्ने कारणको विद्यमानता नरहेकोले प्रतिवादी वाहेकको व्यक्तिको करणीबाट जन्मेको भनी अनुमान गर्न नमिल्ने । (प्रकरण नं.८) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या. ताहिरअलि अन्सारीः पुनरावेदन अदालत, नेपालगञ्जको मिति ०५९।३।१९ को फैसलाउपर प्रतिवादीका तर्फबाट दोहोर्याई हेरिपाउँ भनी यस अदालतमा पेश भएको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रुपमा दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :- विपक्षी अन्यायीको घर र मेरो घर नजिकै भएको हुँदा फिरादी जनता आदर्श मा.वि. डिगिया जगदम्वामा कक्षा ५ मा अध्ययन गर्दा स्कूल जाँदा प्रयोग गर्ने बाटो र विपक्षी चिसापानी सहकारी साना किसानमा जागीर खाने भएकाले निज सो कार्यालयमा पुग्नका लागि प्रयोग गर्ने बाटो एउटै भएकाले संधैजसो भेटघाट र निज मेरा सानैदेखि चिनेका मान्छे समेत भएकाले निजसँग मायाप्रेम वस्न पुगी सोही क्रममा २०५३ साल पौष १० गते दिउँसो अं. ११ वजेको समयमा चिसापानी गा.वि.स. को मूलाठाँटी भन्ने जंगलमा विपक्षीले मलाई विहे गर्ने र संगै जीवन विताउने वाचा गरी विश्वासमा पारी करणी गरेका र मैले हाम्रो जात मिल्दैन गाउँ घरमा विरोध होला हाम्रो विवाह हुन अप्ठ्यारो छ भन्दा मैले विवाह गर्ने हो समाज मानिसहरुसँग के मतलव भनी प्रेमजालका आदर्शमय कुरा गरी मलाई करणी गरेका र त्यसपछि पटक पटक हामी दुवैबीच करणी हुदै आएको थियो । २०५४ साल आषाढ २२ गते शुक्रवारका दिन म रजश्वला भै उम्केको ५ दिन भएको थियो सोही दिन विहान १० वजे निजसँग करणी लेनदेन भयो र सोही करणी समागमले गर्दा मेरो पेटमा गर्भ रह्यो । मैले पटक पटक अन्यायीलाई मेरो पेट वढ्दै छ विहे गर्नु होस्,र मलाई साथमा राख्नु होस् नत्र म यता न उताकी हुन्छु भन्दा गर्भपतन गराउ म औषधी ल्याउँछु भनी भनेका र मैले गर्भ पतन गराउँदिन भनी भन्दा त्यसो भए म जागीर छोडी जान्छु तिमीलाई