निर्णय नं. ८०२८ - वनपैदावार हटाई पाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८०२८ - वनपैदावार हटाई पाऊँ । भाग: ५० साल: २०६५ महिना: माघ अंक: १० फैसला मिति :२०६४/१०/०४ ४७६७ निर्णय नं.८०२८ ने.का.प. २०६५ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह सम्वत् २०६० सालको स.फौ.पु.नं. –३३७२ फैसला मितिः २०६४।१०।४।६ मुद्दाः वनपैदावार हटाई पाऊँ । पुनरावेदक वादीः नि.सु. मोहनबहादुर गुरुङ्ग समेतको जाहेरीले नेपाल सरकार बिरुद्ध प्रत्यर्थी प्रतिवादीः जि.कञ्चनपुर श्रीपुर गा.वि.स. वडा नं. २ बस्ने बाजे राना समेत शुरु फैसला गर्नेः मा.जि.न्या. श्री मोहनकृष्ण खनाल पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री विश्वनाथ जोशी मा.न्या श्री रामचन्द्र गुप्ता § कसूर गर्ने एक भन्दा बढी कसूरदार भएको अवस्थामा प्रत्येकलाई सोही बमोजिम दोब्बर सजाय गरिंदा जरीवाना र कैदको कुल मात्रा कानूनमा तोकिए भन्दा बढी हुन जाने । § एक भन्दा बढी प्रतिवादी रहेको र प्रत्येकले वनबाट अवैधरुपमा ल्याएको काठको मात्रा र परिमाणका लागि छुट्टाछुट्टै अभियोग लगाएको नभई सबैले ल्याएको काठको कुल परिमाण र विगो जोड्दा पाँच हजार भन्दा बढी भएको र सोही विगो र मात्राको आधारमा सामूहिक रुपमा दफा वन ऐन, २०४९ को ५०(१)(घ)(४) बमोजिम सजायको दावी लिएको अवस्थामा कसूर ठहरी सजाय गर्दा सोही बमोजिम उक्त सजाय सामूहिक रुपमा नै गरिनु पर्ने । § कुनै कसूर गरेवापत ऐनमा स्पष्टतयाः जनही सजाय हुने भनी उल्लेख भएको अवस्थामा वाहेक एक भन्दा बढी कसूरदार भएमा सो सजाय सामूहिक रुपमा भएको मान्नुपर्ने र उक्त सजाय दामासाहीले असूल गर्नुपर्ने । (प्रकरण नं.५) § सामूहिक रुपमा गरेको कसूरका लागि सामूहिक रुपमा नै सजाय हुने हुँदा जनही सजाय नगरी दामासाहीले सजाय हुने । (प्रकरण नं.७) पुनरावेदक वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री विश्वराज कोइराला प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.रामकुमारप्रसाद शाहः पुनरावेदन अदालत, महेन्द्रनगरको मिति २०६०।३।१६ को फैसला उपर वादी नेपाल सरकारको निवेदन परी यस अदालतबाट मिति २०६१।९।७।४ मा दोहोर्याई हेर्ने निस्सा प्रदान भै न्याय प्रशासन ऐन २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) अनुसार यस अदालतको अधिकार क्षेत्र भित्रको भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– कुण्डा इलाका वन कार्यालय र प्रहरी चौकी पचकडियाका कर्मचारीहरुले मिति २०५७।६।१२ गतेको राती अं. २ बजेको समयमा वन जंगल गस्ती गर्दै जांदा लालझाडी वन जंगलबाट निस्कने सुख्खड बाटामा श्रीपुर गा.वि.स. वा.नं. २ बस्ने रामप्रसाद राना, नत्थु राना, बाजे राना, मुल्लु राना,बहादुर राना, सटालु राना, इन्जर राना, वहाली राना समेत ८ जनाले विना इजाजत लालझाडी जंगलबाट ६ टायर गाडामा सालकाठ लोड गरी चोरी निकासी गरी रहेका बखत पक्राउ गरी ६ जना, टायर गाडा थान ६, रांगा जिउ १२ वन ऐन अनुसार कारवाहीको लागि पेश गरेका छौं भन्ने नि.सु. मोहनबहादुर गुरुङ्ग समेतका कर्मचारीहरुले मिति २०५७।६।१३ गते कुण्डा इलाका वन कार्यालयमा पेश गरेको जाहेरी प्रतिवेदन । वन र प्रहरीको संयुक्त गस्ती टोलीले श्रीपुर वा.नं. २ बस्ने वाजे राना, मुल्लु राना,बहादुर राना, नत्थु राना, रामप्रसाद राना, सटालु राना समेतलाई सुख्खड घाटमा पक्राउ गरी बरामदी मुचुल्कामा उल्लेखित नाप, साइज, जातका काठ थान ६ र टायर गाडा थान ६ रांगा जिउ १२ बरामद गरेको ठीक सांचो हो भन्ने बरामदी मुचुल्का । लालझाडी जंगलबाट अबैध किसिमका