निर्णय नं. ८०२९ - कर्तब्य ज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०२९ - कर्तब्य ज्यान । भाग: ५० साल: २०६५ महिना: माघ अंक: १० फैसला मिति :२०६५/१०/२२ ४०२४ निर्णय नं.८०२९ ने.का.प. २०६५ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश श्री अबधेशकुमार यादव सम्वत २०६४ सालको स. फौ. पु. नं.०१२४ फैसला मितिः २०६५।१०।२२।४ मुद्दा :– कर्तब्य ज्यान । पुनरावेदक\ प्रतिवादीः का.जि.का.म.न.पा. वडा नं. २ खुर्सानीटार घर भै हाल केन्द्रिय कारागार जगन्नाथ देवल काठमाडौंमा थुनामा रहेको सुदर्शन अर्याल बिरुद्ध प्रत्यर्थी \ वादीः केशवराज आचार्यको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्नेः मा.जि.न्या. श्री नारायणप्रसाद दाहाल पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री लक्ष्मणमणि रिसाल मा.न्या. श्री माधवप्रसाद चालिसे § अदालत समक्ष प्रतिवादीको कसूरमा भएको सावितीलाई अदालतले प्रत्यक्ष प्रमाणको रुपमा लिनुपर्ने । § सामान्य अवस्थामा पूर्व रिसइविको कारणबाट भएको हत्यालाइ Cold Blood Murder भन्नुपर्ने । (प्रकरण नं.२) § सजायबाट कमी, छुट वा पूर्ण उन्मुक्तिका लागि लिइएको जिकिर निश्चित र आधारभूत प्रमाणबाट स्थापित गर्नुपर्ने । § काम गर्दाको समयमा मानसिक रुपमा असन्तुलित भई गरेको र कामको प्रकृति र परिणाम थाहा नपाउने अवस्थामा थियो भन्ने कुरा प्रमाणित गर्ने भार सो कुराको जिकिर गर्ने पक्षमा नै रहने । § सजायवाट उन्मुक्ति पाउनको लागि घटना हुनुभन्दा अघिको अभियुक्तको मानसिक अवस्था, पूर्व आचरण र व्यवहार, असामान्य क्रियाकलाप, रोगवारे निदान र उपचार गराएको भए सोको तथ्यपूर्ण आधार र प्रमाण तथा घटना पश्चात् निजको व्यवहार र आचरण, तत्सम्बन्धमा मानसिक रोग विशेषज्ञले निजको मानसिक अवस्थावारे पर्याप्त जाँच र अनुसन्धान गरी दिएका तथ्यपूर्ण एवं वैज्ञानिक कारणसहितको प्रतिवेदन समेतलाई विचार गर्नुपर्ने । (प्रकरण नं.४) § वारदात हुनुभन्दा अघिबाट नै रोगको उपचार गराइरहेको कुनै स्वीकृत डाक्टरवाट अस्पतालको प्रेस्क्रिप्शन पेश गरेको भए वारदातपछि डाक्टरले गरीदिएको रोगको सम्पुष्टि (Substantiate) हुनसक्ने । तर सो नभइ वारदातको निकैपछि भएको जाँच प्रतिवेदनबाट वारदात हुँदाको समयमा पनि निज मानसिक असन्तुलनको अवस्थामा थिए भनी भन्न नमिल्ने र त्यस्तो कुरा प्रमाणित गर्न सो प्रतिवेदनलाई आधार लिन नमिल्ने । (प्रकरण नं.५) § सुनियोजित हत्या भएको अबस्थामा दाजुको हत्या गर्ने व्यक्ति मृतकको भाई भएकै कारण सजायमा कमी हुन सक्ने अबस्था नहुने । (प्रकरण नं.६) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः ने.का.प. २०६१ नि. नं. ७३९९ पृष्ठ ७६९ फैसला न्या.रामकुमारप्रसाद शाहः पुनरावेदन अदालत पाटनको मिति २०६४।३।२८ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः– मेरो मामाको छोरा सुवास अर्याललाई निज सुवास अर्यालको भाई सुदर्शन अर्यालले आफ्नो घरायसी रिस ईविको कारणबाट धारिलो हतियार छुरी प्रहार गरी घाइते वनाएकोले उपचारको क्रममा शिक्षण अस्पताल ल्याएको कुरा थाहापाई म समेत अस्पताल आउँदा सुवास अर्यालको मृत्यु भई सकेको, मृतकको वावा, आमा छोराको मृत्यु पश्चात शोकाकुल अबस्थामा भएको हुँदा जाहेरी दरखास्त दिन आएको छु । कानून बमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको केशवराज आचार्यको जाहेरी दरखास्त । चक्रवन्धु अर्यालको घरको तेस्रो तलामा दराज छेउको भुईमा क