निर्णय नं. ८०३० - मोही तेरो मेरो ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८०३० - मोही तेरो मेरो । भाग: ५० साल: २०६५ महिना: फागुन अंक: ११ फैसला मिति :२०६५/११/२२ ३५८६ निर्णय नं.८०३० २०६५ फागुन,अङ्क ११ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री ताहिरअलि अन्सारी माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला सम्वत २०६४ सालको पु.नि.प्र.नं. 064-NF-0004 सम्वत २०६५ सालको पु.नि.प्र.नं.065-NF-0010 फैसला मितिः २०६५।११।२२।५ मुद्दा :– मोही तेरो मेरो । निवेदक/वादीः ललितपुर जिल्ला ललितपुर उ.म.न.पा.वडा नं. १६ वस्ने इन्द्र कुमारी शाक्य मरी मु.स.गर्ने ऐ.ऐ.बस्ने धर्मवहादुर शाक्य विरुद्ध प्रत्यर्थी/प्रतिवादीः ऐ.वडा नं. ५ वस्ने गोपाल भन्ने दलवहादुर रिजाल एवं निवेदक/प्रतिवादीः ललितपुर जिल्ला ललितपुर उ.म.न.पा.वडा नं.५ वस्ने गोपाल भन्ने दलवहादुर रिजाल विरुद्ध प्रत्यर्थी/वादीः ऐ.ऐ.वडा नं.१६ वस्ने इन्द्र कुमारी शाक्यको मु.स.गर्ने धर्मवहादुर शाक्य § सर्वोच्च अदालतले एक पटक आफैंले सम्पूर्ण तथ्य र कानूनी प्रश्नको निरुपण गरी ठहर फैसला गरेको अवस्थामा सो फैसला पुनरावलोकन गरी हेर्ने व्यवस्था अत्यन्त विशिष्ट र विषेश प्रकारको हुँदा पुनरावलोकनको आदेश भएको मुद्दाको सुनुवाईको लागि सीमित दायरा तोकिनु उचित र विवेकसम्मत रहने । § अन्य मुद्दा मामिलाको जस्तो सामान्य प्रक्रियावाटै पुनरावलोकन गरी हेर्ने आधार राख्ने हो भने संविधानको अन्तिम ब्याख्याताको रुपमा संबैधानिक सर्वोच्चता कायम राख्ने गहन जिम्मेवारी पाएको यस अदालतले एउटै मुद्दामा पटक—पटक अलमलिनु पर्ने अवस्था उत्पन्न भई महत्वपूर्ण विषयहरु ओझेलमा पर्न जाने । (प्रकरण नं.४) § मोहियानी हक कानूनद्वारा सिर्जित हक भएकोले यसको प्राप्ति र समाप्ति समेत कानून बमोजिम नै हुने । (प्रकरण नं.१४) § गुठी धर्मलोपमा उजूर गरेको आधारमा गुठी जग्गाको मोही हक प्राप्त हुने कानूनी व्यवस्था गुठी संस्थान ऐन, २०३३ र भूमि सम्बन्धी ऐन, २०२१ लगायतका प्रचलित नेपाल कानूनले गरेको नदेखिंदा कानूनी आधार वेगरको जिकिर ग्रहण योग्य नदेखिने । (प्रकरण नं.१६) शुरु निर्णय गर्नेः भू.सु.अ.श्री उमानाथ शर्मा ज्ञवाली पुनरावेदन निर्णय गर्नेः मा.न्या.श्री माधवराज थापा मा.न्या.श्री केशवप्रसाद मैनाली सर्वोच्च अदालत संयुक्त इजलासः मा.न्या.श्री भैरवप्रसाद लम्साल मा.न्या.श्री बलिरामकुमार निवेदक वादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री विश्वकान्त मैनाली र विद्वान अधिवक्ता श्री सोमकान्त मैनाली प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री वालकृष्ण नेउपाने अवलम्वित नजीरः ने.का.प. २०६२, अंक ३, निर्णय नं. ७५०, पृष्ठ २५९, ने.का.प. २०६२, अंक १२, निर्णय नं. ७६२८, पृष्ठ १४४५ सम्बद्ध कानूनः न्याय प्रशासन ऐन, २०४८ को दफा ११, ११(१)(ख), १२, १३ भूमि सम्बन्धी ऐन, २०२१ को दफा २५(२) फैसला न्या.अनूपराज शर्माः यस अदालत संयुक्त इजलासको मिति २०६०।१२।२७ को फैसला पुनरावलोकन गरी हेरिपाऊँ भनी वादी र प्रतिवादी दुवै पक्षको निवेदन परी, न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) को खण्ड (ख) अन्तर्गत निस्सा प्रदान भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ६(१) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– साँखु श्री बज्रयोगीनी गुठीका लगतमा इन्द्र कुमारी शाक्यको नाममा मोठ दर्ता भएको ल.पु.न.पा.वडा नं. ५(ठ) कि.नं.२१४ को क्षेत्रफल ७–९–० जग्गा मध्ये रोपनी ४–०–० दर्तावालाले २०२१ आषाढदेखि कमाउन दिएकाल