निर्णय नं. ८०३२ - लिखत दर्ता बदर ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०३२ - लिखत दर्ता बदर । भाग: ५० साल: २०६५ महिना: फागुन अंक: ११ फैसला मिति :२०६५/१०/१३ २८७१ निर्णय नं.८०३२ २०६५ फागुन,अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री अवधेशकुमार यादव संवत् २०५९ सालको दे.पु. नं.......८६३९ फैसला मितिः २०६५।१०।१३।२ मुद्दा :– लिखत दर्ता बदर । पुनरावेदक/वादीः रौतहट जिल्ला, मलोहिया गा.वि.स.वडा नं. ७ बस्ने रागिनी पाण्डे विरुद्ध प्रत्यर्थी/प्रतिवादीः रौतहट जिल्ला,गंगा प्रिपा गा.वि.स.वडा नं.५ को हाल ऐजन वडा नं.३ बस्ने धिरेन्द्र साह कानुको संरक्षक सुरेन्द्र साह कानु शुरु निर्णय गर्ने :– मा.जि.न्या.महावीर प्रकाश श्रेष्ठ पुनरावेदन निर्णय गर्नेः- मा.मु.न्या.श्री परमानन्द झा मा.न्या.श्री हरिबहादुर बस्नेत § घरसारको करारको लिखतलाई पारीत लिखत भन्दा जेठो मानी पारीत लिखत बदर गर्न मुलुकी ऐन रजिष्ट्रेशनको ३४ नं. बमोजिम मिल्ने नदेखिँदा त्यस्तो अभ्यासलाई मान्यता दिने हो भने घरसारमा जहिलेसुकै आपसी सहमतिमा करार लिखत तयार पारी पारीत लिखतलाई निष्कृय पार्न सकिने अवस्था रहन्छ । जसले गर्दा पारीत गरिएको लिखत बमोजिम प्राप्त गरेको हक समेत अनिश्चित हुन पुगी घरसारको लिखतले अग्राधिकार पाउने अवस्था सिर्जना हुन पुग्ने । § अदालतले अस्पष्ट र द्विविधाग्रस्त कानूनको ब्याख्या गरी न्यायिक सुनिश्चितता कायम गर्ने दिशातर्फ आफ्नो कामकारवाहीलाई केन्द्रीत गर्ने । (प्रकरण नं.३) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री सतिशकुमार झा प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता विश्वप्रकाश सिग्देल अवलम्वित नजीरः सम्बद्ध कानूनः मुलुकी ऐन, रजिष्ट्रेशनको ३४ नं. फैसला प्र.न्या.केदारप्रसाद गिरीः न्याय प्रशास ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन अदालत हेटौंडाको मिति २०५९।३।४ को फैसला उपर वादी पक्षको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– विपक्षी मध्येका रामकिशोरप्रसाद सिंहले आफ्नो नाम दर्ताको जि.रौ.गा.वि.स. गंगापिप्रा वडा नं. ३ कि.नं.४२७ को ०–३–११ १/२ जग्गा तथा सोमा भएको पक्की घर समेतको मोल रु. पाँच लाख म फिरादीबाट बुझी लिई लिखत मिति देखि नै घर जग्गा भोग चलन गर्ने गरी लिखत भएको ६ महिना भित्रमा लिखत पारीत गराई दिने शर्त राखी मिति २०५६।५।१।३ का दिन करारनामा लेखी दिनु भएकोमा भाखा भित्रमा लिखत पारीत गरी नदिएकोले निज प्र.राम किशोरप्रसाद सिंह माथि दिएको दे.नं.२०६४ को लेखत पारीत मुद्दा यस अदालतमा बिचाराधीन छ। विपक्षी मध्येको राम किशोरप्रसाद सिंहले उल्लेखित घर जग्गाको लिखत पारीत गराई दिने शर्तमा सो जग्गाको मोल समेत मसंग बुझी लिई मेरो सुपत पचाउने नियत लिई मलाई कुनै जानकारी नदिई जानी जानी मैले मुद्दा दर्ता गराएका दिन र.नं. ५७३० बाट विपक्षी मध्येका विरेन्द्र साहको नाउँमा ०–०–५ जग्गा तथा सो मा रहेको खपडाको घर समेत पारीत गरिदिएको भन्ने कुरा २०५६।११।१९ का दिन थाहा पाएकोले यो फिराद गर्न आएको छु । मेरो साक्षी प्रमाण बुझी विपक्षी मध्येका राम किशोरप्रसाद सिंहले आफ्नो नाम दर्ताको कि.नं.४२७ को ०–३–११ १/२ जग्गा तथा सो मा भएको पक्की घर समेतको मोल मबाट बुझी लिई जानी जानी विपक्षी धिरेन्द्र साहको नाउँमा दोहरो लिखत गरी दिनु भएकोमा धिरेन्द्र साहको नाउँको दोहरो लिखत बदर गरी मेरा नाउँमा दर्ता समेत गरिपाऊँ भन्ने वादीको फिरादपत्र । म धिरेन्द्र साहले राम किशोरप्रसाद सिंहबाट मिति २०५६।११।१८ मा