निर्णय नं. ८०४५ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०४५ - अंश भाग: ५० साल: २०६५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६५/१२/०६ ३९१९ निर्णय नं.८०४५ २०६५ चैत,अङ्क १२ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री अवधेश कुमार यादव माननीय न्यायाधीश श्री सुशीला कार्की 065-DF-023 फैसला मितिः २०६५।१२।६।५ मुद्दा :– अंश । पुनरावेदक/वादीः जिल्ला कैलाली नारायणपुर गा.वि.स.वडा नं. १ वस्ने विमलादेवी रावल विरुद्ध प्रत्यर्थी/प्रतिवादीः जिल्ला कैलाली नारायणपुर गा.वि.स.वडा नं. १ वस्ने जय वहादुर रावल समेत शुरु फैसला गर्नेः जि.न्या.श्री रामकृष्ण भट्ट पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री कृष्ण प्रसाद उपाध्याय मा.न्या.श्री लोकेन्द्र मल्लिक § सम्वन्धविच्छेद् नहुदै अशंतर्फको दावी अदालतसमक्ष प्रवेश भइसकेको देखिदा मुद्दा चल्दैमा सम्वन्धविच्छेद् हुने होइन, अन्तिम फैसलापश्चात् नै परिणामतः सम्वन्धविच्छेद भएको मान्नुपर्ने। § फैसला अन्तिम भएपछि नै कार्यान्वित हुने हुँदा पक्षहरूलाई बन्धनकारी हुने हो । त्यसैले सम्वन्धविच्छेद् मुद्दा अन्तिम हुनुअघिको अवस्थामा अंश मुद्दाको दावी लिने हकदैया नरहेको भन्न नमिल्ने । (प्रकरण नं.४) § अंशवण्डाको क्रममा सगोलीय सम्पत्तिको अनुमान सम्वन्धमा अदालतवाट पहिलेदेखि हालसम्म स्थापित सिद्धान्तहरूले निश्चित विधीशास्त्रीय मान्यता नै विकसित हुन गएको अवस्था रहेकोले त्यस विषयमा द्विविधा वा अलमलमा पर्नु नपर्ने । (प्रकरण नं.८) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री रामजी विष्ट प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा अवलम्वित नजीरःने.का.प. २०५४, नि.नं. ६३८३, पृ. २८७, ने.का.प.२०३४, नि.नं.१०९९, पृष्ठ २७५, ने.का.प.२०५२ पृष्ठ ११४ सम्बद्ध कानूनः प्रमाण ऐन,२०३१ को दफा ६,६(क), २९ फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत दिपायलको मिति २०५६।१२।२० को फैसला उपर बादी विमलादेवी रावलको यस अदालतमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ अनुसार पर्न आएको निवेदनमा निस्सा प्रदान भै संयुक्त इजलासमा मत्यैक्यता हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– जयवहादुर रावल र जयसरा देवीको बीच २०३० सालमा दाम्पत्य सम्वन्ध कायम भएकोमा जयसराको गर्भवाट कुनै जन्म नभएपछि दुवैको सहमतीवाट जय वहादुरले मलाई दोश्रो विवाह गरी मेरो गर्भवाट चन्द्रिका कुमारी र गोमा कुमारी २ छोरी र १ छोरा वुद्धिरमनको जन्म भैसकेको छ । यसरी हाम्रो पारिवारिक जीवनयापन भैरहेकोमा पति जय वहादुर रावलले जेठी श्रीमतीको ईच्छा अनुसार परिवारको कमाई आर्जनको सम्पत्ति सम्पूर्ण जयसरा देवीका नाउँमा कायम गरीदिनु भै नगद गहना समेत सम्पूर्ण निजकै जिम्मा दिनु भै मलाई नोकरानीको रुपमा परिवारमा जीउन वाध्य वनाउने अपवित्र उद्देश्य राखी एक आपसमा मिली सम्वन्धविच्छेदको मुद्दा दायर गरी सम्मानित अदालतवाट सम्वन्धविच्छेद हुने ठहर्‍याई फैसला गराई म समेतको अंश हक लाग्ने सम्पत्तिलाई विपक्षीहरूले जयसरा देवीको निजी पेवाको रुपमा समेट्ने गरी यही २०५४ साल भाद्र २ गतेका दिन दुई विपक्षीहरूले घरमा आई अव तेरो यसमा केही छैन सम्पत्ति मेरो भैसकयो । तँ आफ्नो माईती जा भनी मलाई दुवै मिली कुटपिट गाली गरी घरबाट निकाला गरी दिएकोले विपक्षी जयसरा देवीका नाउँमा रहेको सम्पत्ती नत निजको निजी आर्जनको सम्पत्ति हो, नत पेवा सम्पत्ति हो । विपक्षीहरूको सम्वन्धविच्छे