निर्णय नं. ८०३४ - उत्प्रेषणयुक्त परमादेश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०३४ - उत्प्रेषणयुक्त परमादेश । भाग: ५० साल: २०६५ महिना: फागुन अंक: ११ फैसला मिति :२०६५/०९/११ ४५४२ निर्णय नं.८०३४ २०६५ फागुन,अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ २०५९ सालको रिट नं.– ३४७२ आदेश मितिः २०६५।९।११।६ विषयः उत्प्रेषणयुक्त परमादेश । निवेदकः जावलाखेल डिस्टिलरी प्रा.लि.को तर्फबाट अधिकारप्राप्त कर्मचारी गुरुप्रसाद अधिकारी विरुद्ध विपक्षीः नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय समेत § उपचार माग गरिएको विषयको जानकारी भएपछिको लामो समयसम्म त्यस विषयमा सार्थक सरोकार वा चासो नदेखाइनुका साथै त्यस किसिमको अनावश्यक विलम्वको वस्तुनिष्ठ आधार समेत प्रस्तुत गर्न नसकेको अवस्थामा उपचारको मार्ग अवलम्वन गर्न अनुचित विलम्व गरेको भन्ने देखिन आउने । (प्रकरण नं.५) § अनुचित विलम्व गरी उपचारको मार्ग अवलम्वन गरेको देखिँदा निवेदनमा उठाएका विषयभित्र प्रवेश गरिरहनु नपर्ने । (प्रकरण नं.६) निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ताद्वय श्री गणेराज शर्मा र वद्रीवहादुर कार्की विपक्षी तर्फवाटः विद्वान अधिवक्ताहरू श्री प्रेमप्रसाद पाण्डे, श्री थानेश्वर आचार्य, श्री अनिलराज शर्मा र श्री शिवप्रसाद रिजाल अवलम्वित नजीरः सम्बद्ध कानूनः नेपाल राष्ट्र वैंक ऐन, २०१२ को दफा २२, राष्ट्र वैक ऐन, २०५८ को दफा ८४ र ८६, वाणिज्य वैंक ऐन, २०३१ को दफा ३८ र ५२ औद्योगिक विकास ऐन, २०४६ को दफा ९.१० आदेश न्या.मीनवहादुर रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा धारा ८८(२) अनुसार यस अदालतमा दायर भई इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः- निवेदक जावलाखेल डिस्टिलरी प्रा.ली. नेपाल कानून अन्तर्गत दर्ता भई कारोवार गर्दै आएको कानूनी व्यक्ति हो । नेपालमा सोयाविन उद्योगको बजारको सम्भावनादेखी इन्द्रेणी सोयाविन नामक कम्पनी कानून वमोजिम दर्ता गरिएको र सो उद्योगमा विभिन्न प्रमोटरहरूमध्ये कम्पनी पनि एक प्रमोटर भई ४३,८७५ कित्ताको ४३,८७,५००।– रुपैयामा शेयर खरिद गरेकोमा पछि मिति २०४८।७।१८ मा ४३,८७५ थान शेयरको रु.१००।– अंकित शेयर रु.१७,५५,०००।– मा काठमाडौँ थापाथली वस्ने आशराजे गायकवाडलाई बिक्री गरी निजको नाउँमा नामसारी समेत भैसकेको छ । इन्द्रेणी सोयाविन उद्योग लिमिटेडले आफ्नो उद्योग व्यापारको विस्तारको लागि लिएको ऋणमा प्रमोटर वा सञ्चालक जवाफदेही हुँदैनन् । त्यस्तो ऋण सम्बन्धित उद्योगको जायजेथा लिलाम गरी असुल उपर गर्नुपर्ने भनी पटक पटक ध्यानाकर्षण गराउँदै कम्पनीको नाम कालोसूचीबाट हटाउन पटक पटक विपक्षीहरूलाई अनुरोध गर्दै आएको भएपनि सो सम्बन्धी कुनै जानकारी समेत दिइएन । यसैबीच हिमालयन बैकको ८ अप्रिल र २६ अप्रिल २००२ को कम्पनीलाइ उपलब्ध पत्रमा विपक्षी नेपाल राष्ट्र वैक कर्जा सूचना केन्द्रवाट फुकुवा नल्याए सम्म निवेदक प्रा.ली. लाई कुनै कर्जा सहुलियत प्राप्त नहुने जानकारी गराइयो । त्यसरी बाणिज्य बैकहरूबाट कर्जा सहुलियत उपलब्ध नगराउने भन्ने विपक्षी नेपाल राष्ट्र बैक तथा यसका अन्य कार्यालयहरूको कार्य स्वेच्छाचारी, भेदभावपूर्ण र प्राकृतिक न्यायको सिद्धान्त विपरीत हुनुको साथै कम्पनीको पेशा व्यवशाय गर्ने संवैधानिक हक एवं स्वतन्त्रता समेत विरुद्ध छ । इन्द्रेणी सोयाविन उद्योग लिमिटेडको शेयर कम्पनीले खरिद गरी प्रमोट गरेको हो । उक्त शेयर खरिद गर्दा कम्पनीको हैसियतले गरेको होइन । इन्द्रेणी सोयाविन उद्योगक