निर्णय नं. ८०४६ - अंश दर्ता चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०४६ - अंश दर्ता चलन भाग: ५० साल: २०६५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६५/१२/०५ ३४३६ निर्णय नं.८०४६ २०६५ चैत,अङ्क १२ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ संवत् २०५८ सालको दे.पु.नं. ....... ७५६९ फैसला मितिः २०६५।१२।५।४ मुद्दा :– अंश दर्ता चलन । पुनरावेदक/प्रतिवादीः मकवानपुर जिल्ला मनहरी गा.वि.स.७ बस्ने रुक्मीणी ढुङ्गाना मरी मु.स. गरी आफ्नो हकमा समेत ऐ.ऐ. बस्ने थिरप्रसाद ढुंगाना समेत विरुद्ध प्रत्यर्थी/ वादीः मकवानपुर जिल्ला मनहरी गा.वि.स. ७ बस्ने नीलप्रसाद ढुंगाना यस अदालतवाट अ.बं.१३९ नं.बमोजिम बुझी प्रतिवादीको हैसियतमा कारणी सरह तारेखमा रहेका ऐ.ऐ. बस्ने देवराज ढुंगाना समेत शुरु निर्णय गर्ने :– मा.जि.न्या. विश्वम्भरप्रसाद श्रेष्ठ पुनरावेदन निर्णय गर्नेः मा.मु.न्या.श्री परमानन्द झा मा.न्या.श्री हरिबहादुर बस्नेत § पैत्रिक सम्पत्तिबाट कुनै पनि अंशियारलाई विमुख वा निरअंशी बनाउन नहुने मान्यता अंशवण्डासम्बन्धी प्रचलित कानूनले आत्मसात् गरेको देखिनुका साथै पैत्रिक सम्पत्तिको अंशियारहरू बीच नरम–गरम र रोखपोख मिलाई वण्डा गर्नुपर्ने भन्ने विषय अंशवण्डाको कानूनी दायराभित्र पर्ने । § अंश पाएको जग्गा विक्री गरी बसाइ सरी गएको समेतको अवस्थामा अंशियारहरूको श्रीमती र छोराहरूले समेत स्वतन्त्र व्यवहार गरिसकेको अवस्थामा सबै प्रतिवादीहरूको लामो समयदेखिको आपसी व्यवहार खलवलिने गरी पुनःवण्डा गर्नु भन्दा हाल मृत्यु भइसकेको नाउँको पूरै सम्पत्तिबाट वादीले अंश पाउने ठहर गर्नु उचित र न्यायसम्मत नहुने । (प्रकरण नं.११) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद पोखरेल प्रत्यर्थी वादी तर्फवाटःविद्वान अधिवक्ता श्री रबीन विडारी अवलम्वित नजीरः सम्बद्ध कानूनः मुलुकी ऐन अंशवण्डाको ३० नं. फैसला न्या.रामप्रसाद श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन अदालत हेटौंडाको मिति २०५८।२।७ को फैसला उपर प्रतिवादीहरूको तर्फबाट यस अदालतमा पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :– हामी वादी प्रतिवादीहरू अंशियार नाताका हौं । हाम्रो अरु अंशियारहरू छैनन् । हामी बीचमा अंशवण्डा भएको छैन । अंश पाऊँ भनी सरसल्लाह हुँदा जेठा दाजुले आलटाल गरी मिलाउन मान्नु भएन । म फिरादीलाई अन्याय पर्न गएकाले वाध्य भै यो फिराद दिन आएको छु। फिराद परेको मितिलाई मानो छुट्टिएको मिति कायम गरी अंशवण्डाको २०,२१,२२,२३,२४ नं.समेतको आधारमा तायदाती लिई, ९ भाग गरी, त्यसबाट १ भाग मेरो अंश छुट्याई, मेरो नाउँमा दर्ता गराई, चलन समेत चलाई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । वादी दावी झुठ्ठा हो । वादी र हामीहरू अंशियार भएकोमा विवाद छैन । तर हाम्रो अंश भाग घरसारमै छुट्टिभिन्न भैसकेकोले हामीले वादीलाई अंश दिनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादीहरूको संयुक्त प्रतिउत्तर जिकिर । प्रतिवादी रुद्र प्रसाद ढुंगानाको नाउँको ३० दिने इतलायनामा म्याद मिति २०५२।१२।२८ मा तामेल भएकोमा म्याद भित्र प्रतिउत्तर नफिराई म्याद गुजारी बसेको । लिखतमा लागेको चुडामणी शर्मा ढुंगानाको सहीछाप हो, होइन मलाई थाहा छैन । लिखत मलाई भएको थाहा छैन । लिखत सद्दे भए त्यस कागजमा हामी सबै अंशियारको नाम सही समेत गर्नुपर्ने थियो । हामी कसैको नाम र सही समेत नभएको लिखत हाम्रो हित विरुद्ध हुने गरी पेश गरेकोले उक्त लि