निर्णय नं. ८०३५ - उत्प्रेषण ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०३५ - उत्प्रेषण । भाग: ५० साल: २०६५ महिना: फागुन अंक: ११ फैसला मिति :२०६५/०१/०४ ४२६४ निर्णय नं.८०३५ २०६५ फागुन,अङ्क ११ सर्वोच्च अदालत, संयुक्त ईजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ सम्वत् २०६३ सालको रिट नं. ....००८९ आदेश मितिः २०६५।१।४।४ विषय :– उत्प्रेषण । निवेदकः काठमाडौं जिल्ला, किर्तिपुर न.पा.वडा नं. ६ वस्ने नक्कली महर्जन समेत विरुद्व विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवार समेत § अर्न्तराष्ट्रिय महासन्धिहरूको पक्ष राष्ट्रको हैसियतले ती महासन्धिहरु अन्तर्गतको दायित्व निर्वाह गर्नु राज्यको कर्तव्य हुन आउने । (प्रकरण नं. ८) § लिङ्ग वा वैवाहिक स्थितिको आधारमा निवेदकलाई भेदभाव गरी नागरिकताको प्रमाणपत्र लिनवाट वञ्चित हुने गरी सिफारिश नदिने गरी भएको कार्यलाई कानूनसम्मत भन्न नमिल्ने। (प्रकरण नं. ९) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री सपना प्रधान मल्ल, श्री मीरा ढुंगाना, श्री रत्नकाजी श्रेष्ठ र सविन श्रेष्ठ विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री वज्रेश प्याकुरेल र विद्वान अधिवक्ता श्री सुजन्द्र महर्जन अवलम्वित नजीरः सम्बद्ध कानूनः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११, ९(१), नागरिकता ऐन, २०२० को दफा ३, नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३(१)(२), १०७, ८(२), नागरिकता ऐन, २०६३ को दफा ३(१) र नेपाल सन्धि ऐन, २०४७ को दफा ९(१) आदेश न्या.अनूपराज शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार रहेको छः– हामी निवेदकहरू महिला, कानून र विकास मञ्च मानव अधिकारको विषयमा सरोकार राख्ने साथै महिला वर्गको कानूनी हक संरक्षण गर्न महिलाको मानव अधिकार सम्वन्धी कानूनी हक रक्षा गर्ने उद्देश्यले स्थापित संस्था हो । निवेदक मध्येकी नक्कली महर्जन पुरुष सरह नागरिकता प्राप्त गर्ने अधिकारवाट वञ्चित भएकी पीडित व्यक्ति हुन । का.जि.किर्तिपुर न.पा.वडा नं. ६ वस्ने देव महर्जन र आमा नन्दमायाँ महर्जनको कान्छी छोरीको रुपमा आज भन्दा २९ वर्ष अगाडि मेरो जन्म भएको हो । मेरो विवाह २०५० सालमा गोपाल लामासंग भएको थियो । मेरो पति गोपाल लामा र मेरो दाम्पत्य सम्वन्धवाट एक छोरा अमिर लामाको जन्म भएको छ । पति गोपाल लामा हामी आमा छोरालाई छोडी ५ वर्ष देखि कहाँ जानु भएको थाहा छैन । पतिले छोडर गएपछि हामी आमा छोरा माइतिको शरण लिई वसिआएका छौं । रोजगारी एवं वैकमा खाता खोल्नको लागि समेत नागरिकता चाहिने हुँदा किर्तिपुर न.पा.मा नागरिकताको सिफारिस माग गरेकोमा उक्त कार्यालयका कार्यकारिणी अधिकृत तुलसीनाथ गौतमले विवाह भएको छोरीलाई वावुको नामवाट नागरिकता दिन मिल्दैन भनी जवाफ दिइ सिफारिस दिन ईन्कार गर्नु भएको हुनाले मलाई महिला भएकै आधारमा मेरो वैवाहिक स्थितिलाई आधार वनाई म माथि भेदभाव गरी मेरो नैसर्गिक अधिकारको हनन भएकोले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ द्धारा प्रदत्त समानताको हक, धारा १२ द्वारा प्रदत्त पेशा रोजगार गर्न पाउने स्वतन्त्रता धारा १७ द्वारा प्रदत्त सम्पत्ति सम्वन्धी मौलिक हकको साथै नागरिकता ऐन, २०२० को दफा ३, नागरिकता नियमावली, २०४९ को नियम ४(३) द्वारा प्रदत्त कानूनी हक समेतवाट वञ्चित भएकोले अन्य वैकल्पिक उपचारको अभावमा प्रस्तुत निवेदन साथ सम्मानित अदालतमा उपस्थित भएको छु । महिला विरुद्ध हुने सम्पूर्ण भेदभाव उन्मुलन गर्न