निर्णय नं. ८७६० - कर्तव्यज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७६० - कर्तव्यज्यान । भाग: ५४ साल: २०६९ महिना: बैशाख अंक: १ फैसला मिति :२०६८/०६/०४ ९३७५ ने.का.प. २०६९, अङ्क १ निर्णय नं. ८७६० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री कमलनारायण दास २०६६ – CR – ०८३७, ०३४८ फैसला मितिः २०६८।६।४।४ मुद्दाः– कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः कन्चनपुर जिल्ला महेन्द्रनगर नगरपालिका वडा नं.१८ घर भई हाल केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौँमा थुनामा रहेकी नन्दादेवी जोशी विरुद्ध प्रत्यर्थी वादीः जी. कुन्दाको जाहेरीले नेपाल सरकार पुनरावेदक वादीः जी.कुन्दाको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला वैतडी श्रीकोट गाउँ विकास समिति वडा नं.३ बस्ने गणेशदत्त पाण्ड्ये शुरु फैसला गर्ने : मा.जि.न्या.श्री पदमराज भट्ट पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री बमकुमार श्रेष्ठ मा.न्या.श्री बाबुराम रेग्मी § कानूनद्वारा आफ्नो विरुद्ध साक्षी हुन वा बयान दिन बाध्य पार्न नमिल्ने गरी संरक्षण वा सुविधा प्रदान गरेको अवस्थामा आफ्नो विरुद्ध प्रमाण लाग्ने गरी सहजरुपमा तथ्यका बारेमा मौन रहने नैसर्गिक वैयक्तिक स्वतन्त्रताभित्र पर्दछ । तसर्थ सोलाई आरोप पुष्ट्याईको कडी मान्न नमिल्ने । (प्रकरण नं.५) § प्रत्यक्षदर्शीको रुपमा नरहेका अन्य व्यक्तिहरूले गरेको कागज र बकपत्रको वैधता वा मान्यता हुँदै हुँदैन भनी अर्थ गरिन नहुने । (प्रकरण नं.६) § जाहेरी घटनाका विषयमा दिइने सूचनाको एक माध्यम हो । यसले प्रमाण संकलनमा सहयोगीको भूमिका निर्वाह गर्न सक्छ, स्वयंले सार्थकता प्राप्त गर्दैन । यो आफैमा अकाट्य र स्वतन्त्र प्रमाण नहुने । § जाहेरी दरखास्त स्वयंमा सुनी सुनाई (hearsay) कथनमा आधारित रहेको तथा समयको लामो अन्तराल पश्चात् दर्ता भएको हुँदा त्यो घटनाको सत्यता वा वास्तविकतामा आधारित नभई कसैलाई फसाउने उद्देश्यबाट सुनियोजित तवरबाट अभिप्रेरित भैदिएको भनी शंका गर्ने पर्याप्त ठाउँ देखिने । (प्रकरण नं.१०) § अनुसन्धान र अभियोजन पक्ष आफ्नो जिम्मेवारी निर्वाह नगरी भएको त्रुटिको अदालतले सूक्ष्म रुपमा केलाएर न्याय प्रदान गर्नु नै वास्तविक न्याय हुने । (प्रकरण नं.१३) § अदालतले न्यायकर्ताको भूमिका निर्वाह गर्दा गहनतम जिम्मेवारीबाट बिचलन हुनु हुँदैन । न्यायकर्ताको एकमात्र उद्देश्य कुनै व्यक्ति विशेष अन्यायमा नपरून, दोषिले उन्मुक्ति नपाऊन, निर्दोष व्यक्तिको सुखमय जीवन अनाहकमा कारागारको घेरावन्दिमा बन्धनकारी रुपमा विताउन नपरोस् भन्ने धारणाले अभिप्रेरित हुनु पर्दछ । वस्तुनिष्ठ आधारको धरातलभन्दा माथि उठेर कोरा कल्पनाका मनचिन्ते विचारलाई अकाट्य प्रमाणको रुप प्रदान गरी ज्यान जस्तो जघन्य अपराधको दोषी ठह¥याउने परिपाटीलाई प्रोत्साहन गर्ने हो भने न्यायिक मार्ग विखण्डन हुन गै फितलो अनुसन्धानको वलीवेदीमा न्यायको वलिदान हुने । § वस्तुनिष्ठ प्रमाण नहुँदा नहुँदै प्रचार, हल्ला वा दवावमा अभिष्ठ तथा लोकप्रियतालाई माध्यम बनाई अनुसन्धान प्रारम्भ गर्ने र अभियोजन लगाउने परम्परालाई प्रोत्साहन दिई स्वतः अंगीकार गर्ने पात्र अदालत हुन नसक्ने । (प्रकरण नं.१४) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ रामप्रसाद श्रेष्ठ एवं विद्वान अधिवक्ताहरू बालकृष्ण नेउपाने, प्रेमसिँह धामी र रवीन सिँह वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री उद्धव पुडासैनी अवलम्बित नजीरः सम्बद्ध कानूनः § ज्यानसम्बन्धी महलको १३(३) नं. फैसला न्या.प्रेम शर्माः