निर्णय नं. ८०४७ - थुनुवा भगाएको

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०४७ - थुनुवा भगाएको भाग: ५० साल: २०६५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६५/०३/१० ३४६५ निर्णय नं.८०४७ २०६५ चैत,अङ्क १२ सर्वोच्च अदालत, संयुक्त इजलास का.मु.सम्माननीय प्रधान न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ सम्बत २०५८ को फौ.पु.नं. ......२६०४ फैसला मितिः २०६५।३।१०।३ मुद्दा :– थुनुवा भगाएको । पुनरावेदक बादीः स.व.र. गणेशबहादुर तामाङ्ग समेतको प्रतिवेदनले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जि.रौतहट औरैया गा.वि.स.वडा नं. ३ स्थायी ठेगाना भई कमला इलाका वन कार्यालय भिमान सिन्धुलीको तत्कालीन स.व.अ. जयमंगल प्रसाद गुप्ता समेत शुरुमा निर्णय गर्ने – जिल्ला वन अधिकृत सिन्धुली पुनरावेदन निर्णय गर्ने – मा.न्या. श्री गोविन्दप्रसाद पराजुली मा.न्या. श्री अलि अकबर मिकरानी § कारागार ऐन, २०१९ पश्चात बन संरक्षण (विशेष व्यवस्था) ऐन, २०२४ जारी भएको र पछि बनेको कानूनले बिशेष व्यवस्था गरी वनजंगल, वनपैदावार आदि नोक्सानी गर्न, हटाउन मनाही गरिएको कसूर गर्ने अभियोग लागी पुर्पक्षको निम्ति थुनामा रहेको थुनुवा भगाएको सम्बन्धमा मुद्दा हेर्ने निकाय र त्यस्ता अभियुक्त कसूरदार ठहरेमा सजाय समेतको व्यवस्था गरेको भएपछि कारागार ऐन, २०१९ ले गरेको व्यवस्था सामान्य व्यवस्थाको रुपमा रहन जाने भई वन संरक्षण ऐनकै प्रावधान आकर्षित हुने । (प्रकरण नं.३) § अदालतले वादी दावीमा सीमित रही निर्णय गर्नुपर्ने, वादी दावीभन्दा बाहिर गई निर्णय गर्दा अदालत स्वयंले वादीको स्थान ग्रहण गर्न पुग्दछ, जो हाम्रो न्यायिक परिपाटीको विपरीत हुन जाने। (प्रकरण नं.४) पुनरावेदक वादी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री प्रेमराज कार्की प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री वावुराम दाहाल अवलम्वित नजीरः सम्बद्ध कानूनः § वन संरक्षण (विशेष व्यवस्था) ऐन, २०२४ को ९(२), ९(४),४, ३, १०, १२ § वन ऐन, २०४९(२) § कारागार ऐन, २०४९ फैसला न्या. कल्याण श्रेष्ठः पुनरावेदन अदालत जनकपुरको मिति २०५८।२।५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम वादी नेपाल सरकारको पुनरावेदन परी पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :– अभियुक्त लालकाजी मानन्धरलाई अनुसन्धानको सिलसिलामा कमला इलाका वन कार्यालय भिमानमा सुरक्षा साथ राख्नको लागि वन सुरक्षा शाखा भिमानको कमाण्डर गणेशबहादुर तमाङ्गलाई पूर्ण जिम्मेवारी दिई राखिएकोमा मिति २०५१।९।२२ गते राति अभियुक्त लालकाजी मानन्धर थुनाबाट भागेको व्यहोरा स.व. रक्षक गणेशवहादुर तामाङ्ग र गणेशबहादुर पौडेलको मिति ०५१।९।२४ विहान ९.३५ बजे स.व.अ. जयमंगल प्रसाद गुप्ताको तोक आदेशबमोजिम कमला इ. वन कार्यालयमा दर्ता भएको प्रतिवेदन । मिति २०५१।९।२९ गते राति वन सुरक्षा शाखा भिमानवाट फरार भएका अभियुक्त लालकाजी मानन्धर सुरक्षा शाखाको जिम्मेवार कर्मचारी तथा इलाका वन कार्यालयका प्रमुखको लापरवाहीवाट भागेका हुन् निज अभियुक्त भागेको होइन भगाएको हो भनी जि. सिन्धुली भिमान गा.बि.स.वार्ड नं. २ वस्ने देवराज पौडेल समेत जवान ७ ले गरिदिएको सर्जमिन मुचुल्का । अभियुक्त लालकाजी मानन्धर स.ब.अ.जयमंगल प्रसाद गुप्ता स.व. र. गणेशवहादुर तामाङ्ग र व. र गणेशवहादुर पौडेलको लापरवाहीले नै भागेका देखिन्छ । तसर्थ निज स.व.अ. र स.व. र. २ लाई वन संरक्षण (विशेष व्यवस्था) ऐन, २०२४ को दफा ९(४) को अभियोग ठहर गरी ऐ.ऐनको दफा ९(२) बमोजिम दण्ड सजाय हुने गरी माग दावी लिई स.व.अ. नन