निर्णय नं. ८०४८ - उत्प्रेषण परमादेश लगायत जो चाहिने उपयुक्त आज्ञा जारी गरिपाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८०४८ - उत्प्रेषण परमादेश लगायत जो चाहिने उपयुक्त आज्ञा जारी गरिपाऊँ भाग: ५० साल: २०६५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६५/०७/०४ ७१०६ निर्णय नं.८०४८ २०६५ चैत,अङ्क १२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह सम्वत् २०६० सालको रिट नं. ३२४५ आदेश मितिः २०६५।७।४।२ विषयः–उत्प्रेषण परमादेश लगायत जो चाहिने उपयुक्त आज्ञा जारी गरिपाऊँ । निवेदकः भारत मधुवनी जिल्ला ग्राम जयनगरमा जन्म घर भई हाल जिल्ला सिराहा गा.वि.स. गम्हरिया महेशपुर वडा नं. १ मा वस्ने वर्ष ७४ को रामचन्द्र सिंहको अधिकृत वारेस बर्ष ३२ को राम आशिष साह तेली विरुद्ध विपक्षीः पुनरावेदन अदालत राजविराज समेत § अदालतले आफूसमक्ष परेको कुनै मुद्दामा वादी प्रतिवादीका बीच मुख नमिलेको र निर्णय गर्नुपर्ने विषयवस्तुका सम्वन्धमा आदेश गरी विभिन्न प्रमाणहरू बुझ्ने गर्दछ र सो प्रमाणहरूको विश्लेषण, परीक्षण एवं मूल्यांकनवाट विवादको निरुपण गर्ने गर्दछ । कुनै प्रमाण विवादको निरुपण गर्ने विषयवस्तुसँग सम्वद्ध छ छैन र बुझिएका प्रमाणहरू पर्याप्त र पूर्ण छ छैन वा थप प्रमाण बुझ्न आवश्यक छ छैन भन्ने समेतका विषयमा न्यायकर्तावाट मुद्दामा निर्णय गर्नु भन्दा अगाडि जुनसुकै चरणमा विचार हुनसक्ने र आवश्यकताअनुसार जति पटक पनि थप आदेश गरी प्रमाण वुझ्न सक्ने । § वुझिएका प्रमाणहरू मुद्दामा पूर्ण न्याय गर्न प्रर्याप्त छ छैन भन्ने कुरा अदालत स्वयंले महसूस गर्ने विषय हुने । (प्रकरण नं.३) § मुद्दामा कुन प्रमाण बुझ्ने वा कुन प्रमाण नबुझ्ने भन्ने रिट क्षेत्रबाट हेर्न नमिल्ने । § प्रमाण बुझ्न छुटेको वा प्रमाणको अपर्याप्तता भएको विषयमा अदालतमा मुद्दा छलफल गर्दा निरोपण गर्न सकिनेमा शुरु तहको न्यायिक कारवाहीमा भाग नै नलिई यस अदालतमा असाधारण अधिकारक्षेत्रअन्तर्गत उपचारको खोजी गर्न नमिल्ने । (प्रकरण नं.४) निवेदक तर्फवाटः विपक्षी तर्फवाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः मुलुकी ऐन अदालती वन्दोवस्तको १७ नं. आदेश न्या.रामकुमारप्रसाद शाहः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३÷८८(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं आदेश यस प्रकार छः– वीरचन्द्र सिंह राजपुतको वारेस भएको देखाई वैधनाथ साहले म उपर सिरहा जि.अ.मा अंश मुद्दा मिति २०५७।११।९ गते दर्ता गराएका थिए । सो मुद्दामा शिवधर सिंहको दुई भाई छोराहरूमा जेठो म रामचन्द्र सिंहलाई र कान्छो आफु वीरचन्द्र सिंहलाई देखाई २ भागको एक भाग अंश दिलाई पाउँ भन्ने दावी गरिएको थियो । सो दावीमा वादी वीरचन्द्र सिंह मेरो भाई नै होईनन् म पिता शिवधर सिंहको एक मात्र छोरा हुँदा दावा अनुसार मैले अंश दिनु पर्ने होईन भनी प्रतिउत्तर दिएको थिए । सो मुद्दाको तारेख विपक्षी वादीले गुजारेकोले मिति २०५९।३।३२ गते सिरहा जिल्ला अदालतबाट पछि कारवाई गर्ने गरी फैसला भएको थियो । अंश मुद्दा पछि कारवाई गर्ने गरी फैसला भएपछि वीरचन्द्र सिंहले वारेसनामा दिएको भनी साविक वारेस वैधनाथ साहले मुद्दा जगाई वाँकी कारवाई गरिपाऊँ भनी २०५९।५।२४ गते निवेदन सदई कारवाई शुरुवात भए गरेकोमा वीरचन्द्र सिंह आफू नै हो भनी निजले मिति २०६१।६।१० मा मुद्दा सकार गरी मुद्दा फिर्ता लिने निवेदन दिएकोमा मुद्दा फिर्ता गरी दिने आदेश सिराहा जिल्ला अदालतबाट मिति २०६१।६।१० गते आदेश भएको थियो । वीरचन्द्र सिंह आफुलाई देखाउने व्यक्तिले मुद्दा फिर्ता लिएकोमा निजैको वारेस संजय कुमार सिंहले