निर्णय नं. ८०३६ - मोहीबाट घडेरीको लागि जग्गा झिकी पाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८०३६ - मोहीबाट घडेरीको लागि जग्गा झिकी पाऊँ । भाग: ५० साल: २०६५ महिना: फागुन अंक: ११ फैसला मिति :२०६५/१०/०३ ३०८४ निर्णय नं.८०३६ २०६५ फागुन,अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री बलराम के.सी. सम्वत २०६१ सालको दे.पु.नं.–––––९७०३ फैसला मितिः २०६५।१०।३।६ मुद्दा : मोहीबाट घडेरीको लागि जग्गा झिकी पाऊँ । पुनरावेदक प्रतिवादीः काभ्रेपलाञ्चोक जिल्ला वनेपा न.पा. वडा नं. ९ वस्ने श्रीमती गोमती कायस्थ विरुद्व प्रत्यर्थी वादीः काभ्रेपलाञ्चोक जिल्ला वनेपा न.पा. वडा नं. १ वस्ने कृष्णजी वैदार शुरु निर्णय गर्ने :– बनेपा नगरपालिका बोर्ड बैठक पुनरावेदन फैसला गर्ने :- मा.न्या.श्री ज्ञानेन्द्रबहादुर कार्की मा.न्या. श्री हरिवावु भट्टराई § साविकमै जग्गाधनीको नाउँमा घरवास भएको र मोही नै नरहेको वसोवासको लागि उपयुक्त रहेको अन्य जग्गाहरू समेत भएको अवस्थामा जग्गाधनीले साविकको घर सानो तथा नपुग भएको भनी जिकिर लिएकै आधारमा वसोवास गर्न घरवारीको लागि जग्गाधनीलाई विवादित मोही लागेको जग्गा नै झिक्नुपर्ने वाध्यात्मक अवस्था परेको मान्न नमिल्ने । (प्रकरण नं.२) § २०५३ सालको चौथो संशोधन भन्दा अगाडि नै कारवाही चलाएको भन्ने आधारमा मात्रै घरवासको लागि मोहीबाट जग्गा झिक्न पाउने भनी निर्णय गर्नु कानूनसम्मत र तर्कसम्मत नहुने। (प्रकरण नं.३) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान अधिवक्ता श्री शेरवहादुर के.सी. प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री ध्रुवनाथ पन्त र विश्वप्रकाश सिग्देल अवलम्वित नजीरः ने.का.प. २०६२, अंक ६, निर्णय नं. ७५४९ सम्बद्ध कानूनः भूमि सम्बन्धी ऐन, २०२१ को दफा २७, २७(१) र भूमि सम्बन्धी ऐन, २०५३ को दफा २६(ख) फैसला न्या.रामप्रसाद श्रेष्ठः पुनरावेदन अदालत पाटनको मिति २०६०।८।१६ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत प्रतिवादीको पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– मेरो परिवार ठुलो भएको र मलाई मेरो परिवारको लागि मेरो साविकको घर सानो तथा नपुग भएकोले मोही रत्नभक्त कायस्थले कमाएको जग्गा अत्यन्त आवश्यक परी निजसंग कुरा गर्दा निजले मन्जुरी समेत गरेका तर पछि कानून वमोजिम २५ प्रतिशत क्षतिपूर्ति लिई जग्गा छोड्न किचकिच गरेको हुँदा भूमि सम्वन्धी ऐन, २०२१ को दफा २७(१) वमोजिम मोहीबाट जग्गा झिकी पाउन यो निवेदन चढाएको छु । लाग्ने क्षतिपूर्ति लिई मोहीबाट जग्गा झिकीपाऊँ भन्ने समेत व्यहोराको कृष्णजी वैदारको वनेपा नगरपालिकामा २०४९।८।१४ मा परेको निवेदन । जिल्ला काभ्रे वनेपा नगरपालिका वडा न. ९ वस्ने कृष्णजी वैदारले ऐ.ऐ.वडा न. १ वस्ने गोमती कायस्थ मोही भई कमाई आएको साविक वनेपा पञ्चायत वडा नं १ कि.न. २१२ को क्ष.फ. २–७–३–३ जग्गा घर घडेरीका लागी झिकी पाऊँ भनी निवेदन दिएको हुँदा निवेदकलाई घर घडेरीको लागि घर जग्गाको आवश्यक परे नपरेको र के कति जग्गा घर घडेरीको लाग चाहिन्छ र हाल कुन दर भाउमा विक्री वितरण भईरहेको छ सो समेत खोली स्थलगत सर्जमिन गरी पठाई दिनु भन्ने वनेपा नगरपालिकाको पत्र । मेरो परिवार ठुलो भएको, मलाई मेरो परिवारको लागि साविकको घर सानो भएकोले मोही रत्नभक्त कायस्थसंग जग्गा छाडिदिन कुरा हुँदा निज मन्जुर समेत भएकोमा निजको देहावसान भएबाट निजकी पत्नी गोमतीको नाममा जोत नामसारी भएपछि निजले क्षेतिपूर्ति लिई जग्गा छाडन किचकिच