निर्णय नं. ८०३७ - परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८०३७ - परमादेश । भाग: ५० साल: २०६५ महिना: फागुन अंक: ११ फैसला मिति :२०६५/११/०८ ३५६१ निर्णय नं.८०३७ २०६५ फागुन,अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री शुशिला कार्की सम्वत २०६३ सालको दे.पु.नं. –––०७८३ आदेश मितिः २०६५।११।८।५ मुद्दा : परमादेश । पुनरावेदक निवेदकः का.जि.काठमाडौं महानगरपालिका वडा नं १० वस्ने मधुकुमार चौलागाई विरुद्ध प्रत्यर्थी बिपक्षीः त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, वल्खु समेत पुनरावदेन आदेश गर्नेः– मा.न्या.श्री लक्ष्मणमणि रिसाल मा.न्या. श्री हरिप्रसाद घिमिरे § अन्य विषयहरू नियमित विद्यार्थीको हैसियतले फारम भरी उत्तिर्ण गरेको, निवेदकले मौका परीक्षाको फाराम भर्दा रजिष्ट्रेशन नम्वर (जुन नेपाल ल क्याम्पस मार्फत त्रि.वि.वि.ले जारी गरेको) परीक्षा फाराममा उल्लेख गरेको, परीक्षा फारममा क्याम्पसको नाम खुलाएको, निवेदकले अध्ययन गरेको सम्वन्धित नेपाल ल क्याम्पसबाट समेत निवेदक नियमित विद्यार्थी भएको भनी सिफारिश गरेको अवस्थामा परीक्षा फाराममा नियमित वा प्राइभेट कुन विद्यार्थी हो भन्ने नखुलेको कारणले मात्रै प्राइभेट विद्यार्थीको रुपमा मौका परीक्षा दिएको भनी अर्थ गर्न न्यायोचित नहुने । § त्रि.वि.वि. संगठन तथा शैक्षिक प्रशासन सम्वन्धी नियम, २०५० को नियम २२६ को कुनै खण्डमा नियमित र अर्को कुनै खण्डमा प्राइभेट परीक्षार्थी भई परीक्षामा सम्मिलित भई तह पार गर्न पाइने छैन भन्ने व्यवस्था यस सन्दर्भमा आकर्षित हुन नसक्ने । (प्रकरण नं.३) पुनरावेदक निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री गोविन्दप्रसाद शर्मा प्रत्यर्थी बिपक्षी तर्फवाटः विद्वान अधिवक्ता नारायणप्रसाद खनाल अवलम्वित नजीरः सम्बद्ध कानूनः वि.वि.वि. संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को नियम २२६ आदेश न्या.रामप्रसाद श्रेष्ठः पुनरावेदन अदालत पाटनको मिति २०६३।१०।२४ को आदेश उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– म निवेदक २०४८ सालमा त्रिभुवन विश्वविद्यालय कानून संकाय अन्तर्गत नेपाल ल क्याम्पसको नियमीत विद्यार्थीको रुपमा भर्ना भै पढेको र २०४९ सालमा कानून संकाय तर्फको प्रविणता प्रमाण पत्र तहको परीक्षा दिई अंग्रजी विषय वाहेक सवै विषयमा उत्तीर्ण गरी प्रविणता प्रमाण पत्र तह दोश्रो वर्षको २०५१ सालको परीक्षामा जाँच दिई दोश्रो वर्षको परीक्षामा सवै विषयहरू उत्तीर्ण भएको थिए । प्रथम वर्षको उत्तीर्ण हुन वाँकी अग्रेजी विषयको नियमित परीक्षामा पटक पटक परीक्षा दिंदा समेत अनुत्तीर्ण भएकाले पुनः २०६१ सालमा मौका परीक्षामा सामेल हुन पाउने गरी फाराम भर्न सूचना जारी गरेकोमा समयमै सम्वन्धित क्याम्पसमा गई फारम भरी ल क्याम्पसबाट प्रवेश पत्र समेत लिई मौका परीक्षामा सि.नं १८६ को नियमित विद्यार्थी भई परीक्षा दिई पास गरेको छु । यसरी दुवै खण्डका सवै विषयहरू उत्तीर्ण गरिसके पश्चात् परीक्षा नियन्त्रण कार्यालय जमलमा ट्रान्सक्रिप्ट माग गर्दा प्रथम खण्डको अन्तिम मौका परीक्षा प्राइभेटतर्फ परेको हुँदा परीक्षा नियन्त्रण कार्यालय वल्खुबाट चिठ्ठी लिई आउनु भनेकाले सोही जानकारी पश्चात २०६२।२।२४ गते वल्खुमा गई निवेदन दर्ता गरेकोमा पटक पटक जानकारी माग्दा पनि कुनै जानकारी नदिएको र ट्रान्सक्रिप्ट पनि नदिई सम्वन्धीत क्याम्पसबाट नियमित विद्यार्थी भन्ने सिफारिश लिई आउनु भनेकाले मिति