निर्णय नं. ८०४० - वेलगती मोही लगत कट्टा ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०४० - वेलगती मोही लगत कट्टा । भाग: ५० साल: २०६५ महिना: फागुन अंक: ११ फैसला मिति :२०६४/११/१७ ३८५४ निर्णय नं.८०४० २०६५ फागुन,अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तपवहादुर मगर माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी सम्बत् २०६४ सालको दे.पु..नं......१०३९ फैसला मितिः २०६४।११।१७।६ मुद्दाः– वेलगती मोही लगत कट्टा । पुनरावेदक वादीः बारा जिल्ला कलैया नं.पा. वडा नं. ६ बस्ने रामदेवप्रसाद गुप्ता विरुद्ध प्रत्यर्थी प्रतिवादीः बारा जिल्ला कलैया न.पा. बडा नं.१ बस्ने ठगा महतोको मु.स. गर्ने भिखारी महतो घानुक शुरु निर्णय गर्ने भु.सु.अ.श्री विष्णुप्रसाद अधिकारी, पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री उद्धवप्रसाद बास्कोटा मा.न्या. श्री पोषनाथ शर्मा § मोही कायम हुँदाका लिखत प्रमाणहरू मध्ये कुनै वा केहि लिखतको अनुपलव्धता कुनै जग्गाबाट मोहियानी हकको लगत कट्टा गर्ने आधार बन्न नसक्ने । (प्रकरण नं.५) § एकचोटि विधिवत मोही कायम भई रहेको जग्गामा मोही कायम भएका सम्बन्धित लिखत र आधार प्रमाणहरूलाई सुरक्षित ढंगले राख्नु भूमिसुधार कार्यालयको कर्तव्य हुने । § जग्गाको स्वामित्व जब—जब परिवर्तन हुन्छ तब—तब नयाँ जग्गाधनीको सन्तुष्टिका लागि मोहीले आफु मोही कायम भएको लिखत प्रमाण प्रस्तुत गर्दै जाने कानूनी दायित्व मोहीको होइन । शुरुमा पहिला एक पटक मात्र मोही कायम हुँदा आफु मोही भएको प्रमाण मोहीले पुर्‍याउनु पर्ने । (प्रकरण नं.६) पुनरावेदक वादीः विद्वान अधिवक्ता श्री इश्वरी भटृराई प्रत्यर्थी प्रतिवादीः अवलम्वित नजीरः सम्बद्ध कानूनः २०२१ सालमा प्रकाशित अनुसूची १ र २ फैसला न्या.ताहिरअलि अन्सारीः पुनरावेदन अदालत, हेटौंडाको फैसलामा चित्त नवुझी वादीको तर्फबाट पर्न आएको पुनरावेदन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यसै अदालतको क्षेत्राधिकार भित्रको भएको हुँदा मुद्दाको तथ्य एवं ठहर यस प्रकार रहेको छः— यसमा जि. बारा महेशपुर गा.वि.स. बडा नं. ६ साविक कि.नं. ९ को ज.वि. ०–५–१० जग्गा २०२१ सालमा नापी हुँदा मेरा पिता हिरालाल गुप्ताका नाममा दर्ता भई सो समयमा यी प्रतिवादीले उक्त जग्गा बटैयामा जोति आएको, सोही समयमा उक्त जग्गाको फिल्डबुकको किसान महलमा मोही लेखाएका, जग्गा निजले नजोती पिताजीको पालामा पिताजीले र वहाँको स्वर्गवास पछि बण्डा हुंदा उक्त कि.नं. ९ कित्ताकाट भै कि.नं. ४४२ ज.वि.०–३–१५—८ जग्गा मेरो नाममा आएपछि मैले नै जोती आएको छु । विपक्षीले निजले १ नं मोही लगत नभरेको, २ नं. अनुसूची प्रकाशित नभएको ३ नं. मोहीको प्रमाण–पत्र लिनु पर्नेमा सो प्रमाण नलिई जग्गा पनि नजाती रहेको यस्तो बेलगती मोहीको नाम मोही महलबाट कट्टा गरिपाऊँ भन्ने वादीको निवेदन माँग । विपक्षीले कानूनी सिद्धान्त अनुसार जीवित हकवाला व्यक्तिका नाममा मुद्दा दिनुपर्ने, मरुवा व्यक्तिको नाम माथिको मुद्दा खारेजभागी छ । निवेदन पत्रको प्रतिवादी खण्डमा लेखिएका ठगा महतो धानुक मिति २०३२ सालमा स्वर्गवास भैसकेको मृतक व्यक्तिका नाममा दिएको मुद्दा प्राकृतिक न्याय सिद्धान्त विपरीत देखिन्छ । दावी जग्गाको १ नं. लगत नभऐको,२ नं. अनुसूची प्रकाशित नभएको र ३ नं. मोहियानी हकको प्रमाणपत्र समेत ठगा महतोले प्राप्त गरी सक्नु भएको हो । उक्त कागजातहरू समेत हराएको, सोही कागजातहरू सुरक्षा साथ राख्नु पर्ने सम्बन्धित अड्डाको दायित्व हो । उक्त कागजातहरू हराउँदैमा मेरो हक जाने होइन । फिल्डबुक ज.ध. श्रेस्ताको मोही महलमा पिताजीको नाम उल्लेख भएको र २०