निर्णय नं. ८०४१ - उत्प्रेषण, परमादेश, प्रतिषेध ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०४१ - उत्प्रेषण, परमादेश, प्रतिषेध । भाग: ५० साल: २०६५ महिना: फागुन अंक: ११ फैसला मिति :२०६५/११/२१ ३३२० निर्णय नं.८०४१ २०६५ फागुन,अङ्क ११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल ०६५–WO– ०४४९ आदेश मितिः २०६५।११।२१।४ विषयः उत्प्रेषण, परमादेश, प्रतिषेध । निवेदकः जिल्ला गुल्मी, देवीस्थान गा.वि.स. ७ बस्ने हरिप्रसाद ज्ञवाली समेत विरुद्ध विपक्षीः नेपाल सरकार, शिक्षा मन्त्रालय § प्रकाशित सूचना कसैलाई समावेश र कसैलाई वाहेक गर्ने उद्देश्यले प्रकाशित भएको भन्ने नदेखिएबाट शिक्षा मन्त्रालय छात्रवृत्ति शाखाबाट प्रकाशित सूचनाले उत्तीर्ण विद्यार्थीमध्ये निवेदकहरूको हकमा असमान व्यवहार गरी असर पारेको भन्न सकिने अवस्था नहुने । (प्रकरण नं.२) § सामान्य योग्यताक्रम कायम गरी नतिजा प्रकाशित भएको, छात्रवृत्ति पाउने छात्र–छात्राहरूको अन्तिम छनौट भै उम्मेदवारहरूको नामहरू प्रकाशित भई नसकेको अवस्थामा नै छात्रवृत्ति सम्बन्धी नियमावली, २०६० मा तेश्रो संशोधन भएको र बाँकी काम कारवाहीको सम्बन्धमा वर्तमान अवस्थामा रहेको कार्यविधिगत कानून (procedure law) अर्थात तेश्रो संशोधन समेतका नियमावली अनुसार नै कारवाही अगाडि बढाउनु पर्ने हुँदा उत्तीर्ण भएका सबै विद्यार्थीको हकमा असमान व्यवहार भएको भन्न नमिल्ने । § महिला, दलित, आदिवासी, जनजाति, मधेशी, अपाङ्ग लगायतका सामाजिक दृष्टिले पिछडिएका वर्गलाई लक्षित गरी गरिएको शिक्षा मन्त्रालय एवं छात्रवृत्ति छनौट समितिको सो कार्यलाई कपटपूर्ण (colourable) भन्न सकिने अवस्था नरहेकोले सो कार्यलाई नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३(३) को प्रतिबन्धात्मक वाक्यांश (saving clause) अनुकूल नै भन्नुपर्ने । (प्रकरण नं.३) निवेदक तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र श्री टंकप्रसाद दहाल विपक्षी तर्फवाटः विद्वान नायव महान्यायाधिवक्ता श्री सूर्यप्रसाद कोइराला तथा विद्वान उपन्यायाधिवक्ता श्री योगराज वराल र विद्वान अधिवक्ता श्री सुरेन्द्रकुमार महतो, जगन्नाथ महतो र नारायण झा अवलम्वित नजीरः सम्बद्ध कानूनः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३(३) र छात्रवृत्ति सम्बन्धी नियमावली, २०६३ को नियम १०(क), उपनियम ११ आदेश न्या.गिरीशचन्द्र लाल नेपालको अन्तरिम संविधान, २०४७ को धारा ३२ र १०७(२) ले यसै अदालतको क्षेत्राधिकार भित्र पर्ने प्रस्तुत रिट निवेदन सहितको संक्षिप्त व्यहोरा र आदेश यसप्रकार छ। नेपाल सरकार शिक्षा मन्त्रालय छात्रवृत्ति शाखाले मिति २०६५।७।२५ मा नेपाल सरकारलाई स्वदेश तथा विदेशबाट प्राप्त हुन आउने एम.बि.बि.एस. लगायतको विषयमा निशुल्क, आर्थिक तथा स–शुल्क खुल्ला प्रतियोगिताबाट छात्रवृत्तिमा अध्ययनको लागि खुल्ला प्रतियोगिताबाट छात्रवृत्ति नियमावली, २०६० को पहिलो एवं दोश्रो संशोधन, २०६४ सहित नियम ८, १०(क), १२, १३, १३(क), १४, १५, १६, १७ को अधिनमा रही उम्मेदवार छनोट गर्न सूचना प्रकाशित भए बमोजिम निवेदकहरूले दरखास्त पेश गरी मिति २०६५।८।२१ मा भएको परीक्षामा सामेल भई उक्त परीक्षाको नतीजाको प्रतिक्षामा रहेको थियौं । यसै क्रममा त्रि.वि. अन्तर्गतका मेडिकल कलेजहरूमा २०६५।८।१ बाटै पढाई शुरु भईसकेको तर निवेदकहरू समेत भएको परीक्षाको परीक्षा ढिलो भएको हुँदा विपक्षी शिक्षा मन्त्रालयमा निवेदकहरूले परीक्षा दिनु भन्दा अगावै सो बारे ध्यानाकर्षण गराउँदा मिति २०६५।१०।७ मा छात्रवृत्ति नियमावली २०६० को पहिल