निर्णय नं. ८७६१ - ज्यान मार्ने उद्योग
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७६१ - ज्यान मार्ने उद्योग भाग: ५४ साल: २०६९ महिना: बैशाख अंक: १ फैसला मिति :२०६८/१२/०५ ६६८१ ने.का.प. २०६९, अङ्क १ निर्णय नं. ८७६१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री प्रकाश वस्ती २०६७–CR -०७७७ फैसला मितिः २०६८।१२।५।१ मुद्दाः– ज्यान मार्ने उद्योग । पुनरावेदक वादीः रोशन श्रेष्ठको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं. १५ बस्ने अशोक सितिखु समेत शुरू फैसला गर्नेः मा.न्या.श्री बलराम वास्तोला पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री माधवप्रसाद चालिसे मा.न्या.श्री ठाकुरप्रसाद शर्मा § ज्यानसम्बन्धी अपराधहरूमा कर्तव्य ज्यान र यसको उद्योगको बीचमा अपराध स्थापित गर्ने तत्वहरूको रुपमा रहेको कार्य (Actus reus), मनसाय (Mens rea) र वैध प्रतिरक्षाको अभाव (absence of valid defense) को दृष्टिकोणबाट हेर्दा कुनै भिन्नता रहेको हुँदैन । केवल परिणामको दृष्टिले अपराधले पूर्णता पाउन मात्र बाँकी रहेको हुन्छ । कुनै अपराधको सन्दर्भमा सो अपराध गर्ने उद्योगको प्रश्न मनसायपूर्वक गरिएको आपराधिक कार्यमा मात्र सान्दर्भिक हुन आउने । § मनसायपूर्वक गरिएको अपराधमा मनसाय, तयारी, उद्योग र पूर्ण अपराधका चार चरणहरूमध्ये मनसाय र तयारीसम्मको चरणमा त्यस्तो अपराध गर्न चाहने व्यक्तिले आपराधिक कार्य घटाउनको लागि कुनै कार्य नगरेको हुनाले यो चरणसम्म अपराधको उद्योगको प्रश्न नउठ्ने । § अपराध गर्न चाहने व्यक्तिले मनसायअनुसारको तयारी पुरा गरी मनसायलाई कार्यरुप दिन सारवान रुपमा (Substantially) कुनै आपराधिक कार्य गरेको तर कुनै कारणले निजको कार्यबाट निजले अपेक्षा गरेको परिणाम प्राप्त नभएको अवस्थालाई उद्योगको रुपमा लिन सकिन्छ । यस्तो अपूर्ण कार्यलाई छुटृै अपराधको रुपमा परिभाषित गरी कानूनले दण्डनीय बनाएको अवस्थामा सो कार्य गर्ने व्यक्तिले कानूनमा उल्लिखित आपराधिक दायित्व वहन गर्नुपर्ने । § ज्यान मार्ने उद्योगको अपराधमा कर्तव्य ज्यानको अपराधको लागि आवश्यक पर्ने आपराधिक कार्य, आपराधिक मनसाय र वैध प्रतिरक्षाको अभाव समेतका सबै तत्वहरू विद्यमान हुनु पर्दछ । तर, परिणामका दृष्टिले पीडितको मृत्यु भएको हुन भने नहुने । § ज्यान मार्ने मनसाय राखेर पीडितमाथि कुनै किसिमको प्रहार वा अन्य कुनै प्रकारको आपराधिक कार्य गर्दछ र उसलाई वैध प्रतिरक्षा उपलब्ध छैन भने त्यस्तो प्रतिवादीले ज्यान मार्ने उद्योगको अपराध गरेको मान्नुपर्ने । § ज्यान मर्न नपाएको अवस्था हुनको लागि तेस्रो पक्षको उपस्थिति अनिवार्य भने होइन । तेस्रो पक्षले हस्तक्षेप गरेको हुन पनि सक्दछ र नगरेको पनि हुन सक्दछ । कारण जेसुकै भएपनि ज्यान मर्नबाट बच्नु र कर्तव्य ज्यानको वारदातको लागि आवश्यक सबै तत्वहरूको विद्यमानता हुनु नै ज्यान मार्ने उद्योगको वारदात स्थापित हुन पर्याप्त हुने । (प्रकरण नं.४) § वारदातस्थलमा हातहतियार सहितका समूहमा प्रवेश गरेको अवस्थामा निजहरूले मार्ने मनसायले नै पीडित माथि हतियार प्रहार गरेको भए बाँच्न सक्ने अवस्था देखिन आउँदैन । यसबाट प्रतिवादीहरूमा जाहेरवालालाई मार्नेसम्मको मनसाय (Intention) थियो भन्ने स्थापित हुन नआउने । (प्रकरण नं.६) वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री ठोकप्रसाद शिवाकोटी प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § ज्यानसम्बन्धी महलको १, १५ नं. § सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा २७ फैसला न