निर्णय नं. ७७४३ - :- नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) बमोजिम संविधानसँग बाझिएको कानून अमान्य र बदर घोषित गरिपाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७४३ - :- नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) बमोजिम संविधानसँग बाझिएको कानून अमान्य र बदर घोषित गरिपाऊँ । भाग: ४८ साल: २०६३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६३/०८/०७ ५७०१ निर्णय नं. : ७७४३ ने.का.प. २०६३ अङ्क ८ सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री अनुपराज शर्मा माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ २०६२ सालको विशेष रिट नं. ....... ११४ आदेश मितिः २०६३।८।७।५ विषय :- नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) बमोजिम संविधानसँग बाझिएको कानून अमान्य र बदर घोषित गरिपाऊँ । निवेदकः काठमाडौं जिल्ला काठमाडौ महानगरपालिका वडा नं. ११ थापाथली स्थित महिला, कानून र विकास मञ्चको तर्फबाट अख्तियार प्राप्त र आफ्नैतर्फबाट समेत ऐ.ऐ. बस्ने अधिवक्ता मीरा ढुंगाना विरूद्ध प्रत्यर्थीः प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवार समेत § दाइजो पेवा बाहेकका आफ्नो हक पुग्ने अन्य सम्पत्ति स्वास्नीमानिसले दान बकस बिक्री समेत केही व्यहोरासँग हक हस्तान्तरण गरी हक प्राप्त गर्ने लोग्ने मानिससँग पछि विवाह गरेमा अघिको सम्पत्ति हक हस्तान्तरणको व्यवहार सदर नहुने, हक पुग्नेले फिर्ता गरिलिन पाउने भन्ने देखिन आउने । § कानूनले दाइजो र पेवालाई स्पष्टतः बाहेक गरेको देखिंदा दाईजो पेवाको हकमा भने कुनै व्यहोराले स्वास्नीमानिसले हक हस्तान्तरण गरी हक प्राप्त गर्ने लोग्ने मानिससँग पछि विवाह भएको कारणले मात्र त्यस्तो हक हस्तान्तरणको कार्य हकवालाले बदर गराई फिर्ता गराउन सक्ने अवस्था नदेखिने । § स्वास्नीमानिसले दाईजो पेवा बाहेक आफ्नो हक पुग्ने अरु सम्पत्ति कुनै लोग्ने मानिसलाई दानबकस वा बिक्री गरेपछि त्यहि व्यक्तिसँग विवाह गरेमा सम्पत्ति हक हस्तान्तरणको अघिको कार्य सदर नहुने, हकवालाले फिर्ता गराई लिन पाउने व्यवस्थाले पछि विवाह गरेको कारणले आफ्नो निर्वाध हकको सम्पत्तिबाट आफ्नो हक हस्तान्तरण गर्ने र हक प्राप्त गर्ने दुवैले वंचित हुनसक्ने अवस्था रहेको पाइने । § स्वास्नीमानिसले कुनै लोग्ने मानिसलाई आफ्नो हक पुग्ने सम्पत्तिको कुनै ब्यहोराले हक हस्तान्तरण गरिसकेपछि त्यहि व्यक्तिसँग विवाह गरेमा अघिको उक्त ब्यवहार सदर नहुने, लोग्नेमानिसले गरेमा भने सदर हुने भई महिला र पुरुष बीच भेदभावपूर्ण प्रावधान रहेको स्पष्टतः देखिन आउने । (प्रकरण नं.१७) § मानवअधिकार स्वरुप बिवाह गरी जीवनयापन गर्न पाउने नैसर्गिक अधिकारको आधारमा भएको बिवाहको कारणले आफ्नो हक पुग्ने अरु कसैको हक नलाग्ने सम्पत्तिको हक हस्तान्तरणको बैध कार्यलाई अबैध गराउनु यथार्थमा बिवाहको अधिकार र स्वामित्वको अधिकारलाई संकुचन ल्याउनु सरह हुने । § एकपटक आफूमा असीमितरुपमा निहित सम्पत्तिको हकको अधिकार पछि त्यो स्वास्नीमानिसको उक्त सम्पत्ति प्राप्त गर्ने ब्यक्तिसँग बिवाह भएको कारणले सीमित वा शर्तयुक्त हुनजाने स्थितिलाई बिडम्वना नै मान्नु पर्ने । § स्वास्नीमानिसको आफ्नो हक पुग्ने अरु कसैको हक नलाग्ने सम्पत्ति आफूखुस प्रयोग गर्न पाउने स्वामित्वको अधिकार र बिवाहको अधिकार दुई भिन्न र सार्थक अधिकारहरु हुन् । एउटा निर्वाध हकको प्रयोग गर्दा अर्को त्यस्तै हक अधिकारमा संकुचन ल्याउने गरी बनेको कानूनलाई न्यायोचित र तर्कसँग त मान्न नमिल्ने । (प्रकरण नं.१९) § विवादीत स्त्रीअंशधनको ७ नं. को ब्यवस्था नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय महासन्धि तथा प्रतिज्ञापत्रका व्यवस्थाहरु तथा स्वामित्व र सम्पत्तिसम्बन्धी अवधारणाको विपर