निर्णय नं. ७७४५ - लिखत दर्ता बदर दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७४५ - लिखत दर्ता बदर दर्ता भाग: ४८ साल: २०६३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६३/०७/२२ ३३७२ निर्णय नं. :७७४५ ने.का.प. २०६३ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी माननीय न्यायाधीश श्री तप वहादुर मगर संवत २०५९ सालको दे.पु.नं......७९१७ फैसला मितिः २०६३।७।१२ मुद्दाः लिखत दर्ता वदर दर्ता । पुनरावेदक वादीः जिल्ला सिराहा गा.वि.स.वछर्वा वडा नं. ७ वस्ने गणेशी यादव विरूद्ध विपक्षी प्रतिवादीः ऐ ऐ वस्ने जीवन यादव § लेनदेन व्यवहारको १० नं. को व्यवस्थाबाट लेनदेन व्यवहारको १० नं. अनुसार फिराद गर्ने हकदैया सगोलका अंश नभएका अंशियारलाई मात्र रहे भएको स्पष्ट देखिन्छ । फिरादी जग्गा विक्रि गर्ने सिंहेश्वर वादी गणेशी यादवको अंशियार नदेखिएको अवस्थामा लेनदेन व्यवहारको १० नं. आकर्षित हुने अवस्था नदेखिने । § फिराद गर्दा लेनदेन व्यवहारको १० नं. पक्रि दायर गरेको अवस्थामा फिराद र माग दावी अनुसार उपचार प्राप्त गर्न सक्ने हो, होईन भन्ने कुराको विचार गर्नु पर्नेमा जग्गा मिच्नेको ९ नं. को आधारमा शुरुले लिखत वदर गरेको पाईन्छ । जग्गा मिच्नेको ९ नं. लाई नै आधार मान्दा पनि जग्गा मिच्नेको १८ नं. ले निर्धारण गरेको हदम्याद भित्र प्रस्तुत फिराद परेको नदेखिदा वादीको फिरादमा जग्गा मिच्नेको ९ नं. अनुसारको दावी नै नरहेको स्थितिमा दावी नै नरहेको कानूनी व्यवस्थाको आधारमा फैसला हुन नसक्ने । § अदालतले माग दावी बमोजिम हेर्नु पर्ने हुन्छ । माग दावीलाई एकातिर राखेर अदालतले फैसला गर्दा स्वेच्छाचारी मार्ग अवलम्वन हुन जान्छ । मर्का परेको आधारमा माग विपरित गै इन्साफ गर्न नमिल्ने । (प्रकरण नं.१३) § लेनदेन व्यवहारको १० नं. पक्रि दावी गर्ने हकदैया यी वादीलाई रहे भएको अवस्था नपाईदा लिखत वदर गरेको शुरुको इन्साफ उल्टी गरी फिराद खारेज गरेको पुनरावेदन अदालतको इन्साफ सदर हुने । (प्रकरण नं.१४) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री वामदेव ज्ञवाली विपक्षी तर्फबाट :: - अवलम्बित नजीरः फैसला न्या. मीनबहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ : - २. विपक्षी सिंहेश्वर यादवले मसँग मिति २०५३।३।११ मा घर खर्च भनी रु. २०,०००। कर्जा लिएका र सो कर्जा नतिरेकाले अदालतमा मुद्दा दायर गरी विपक्षीबाट सांवा व्याज एकमुष्ट पाउने गरी मिति २०५४।१०।२४ मा फैसला भएको र सो मुद्दा चल्दाकै अवस्था विपक्षी सिंहेशवरका स्व. काका पिता समेतको संयुक्त नाममा दर्ता रहेको जि.सि.गा.वि.स. वर्छवा मौजे ललवतिया गाउं व्लकको घरवास मिन्हा सो कि.नं. ८८० को ०–२–१० मध्ये पूर्व तर्फबाट सिंहेश्वर यादवको अंश हकको आठधुर सवा पांच कनवा जग्गा रोक्का राखी दिनु भनी सिराहा जिल्ला अदालतको आदेश भै मालपोत कार्यालयको नाममा पत्र लेखि जानकारी आई सकेको अवस्थामा उक्त रोक्का रहेको जग्गा विपक्षीहरुले मिची मेरो थैली पचाउने नियतले मिति २०५५।५।१० मा नै धनी जीवन यादव ऋृणी सिंहेश्वर यादव थैली रु. ४०,०००। र.नं. ६२१ बाट उक्त रोक्का रहेको जग्गा राजिनामा पास गरी दिएको हो । उक्त कि.नं. ८८० को ०–२–१० जग्गा मध्ये विपक्षी सिंहेश्वर यादवको अंश भागको पूर्वबाट ०–०–८–५ कनवा जग्गा सिराहा जिल्ला अदालतबाट रोक्का रहेको उक्त जग्गा राजिनामाबाट पारित गरी लिएको र.नं. ९२१ मिति २०५४।५।१० को राजिनामा लिखत तथा दर्ता समेत वदर गरी प्रतिवादी सिंहेश्वर यादवकै नाऊँमा दर्ता कायम गरी पाऊँ भन्