निर्णय नं. ७७४६ - अपुताली हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७४६ - अपुताली हक कायम भाग: ४८ साल: २०६३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६३/०५/२६ ३८४१ निर्णय नं. :७७४६ ने.का.प. २०६३ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह सम्वत् २०६० सालको दे.पु नं. ८४६२ सम्वत् २०५८ सालको दे.पु नं. ८१३८ फैसला मितिः २०६३।५।२६।६ मुद्दाः अपुताली हक कायम । निवेदक प्रतिवादीः जिल्ला वारा महेन्द्र आदर्श गा.वि.स. ७ वस्ने कलावती थरुनीको मु.स.गर्ने भोला प्रसाद राय थारु समेत विरूद्ध प्रत्यर्थी वादीः जिल्ला वारा विसुनपूर्वा गा.वि.स. ४ बस्ने अनकलिया थरुनी समेत पुनरावेदक वादीः अनकलियाको मु.स. गर्ने जगन्नाथप्रसाद चौधरी समेत विरूद्ध प्रत्यर्थी प्रतिवादीः कलावती थरुनीको मु.स.गर्ने भोला प्रसाद राय थारु समेत § कुनै सरकारी कार्यालय वा अड्डाले प्रस्तुत मुद्दा पर्नु भन्दा अगावै आफ्नो अधिकारक्षेत्र भित्र रही कानून बमोजिमको प्रकृया पुरा गरी गरेको कारवाही र निर्णयलाई अदालतले विवाद रहित प्रमाणको रुपमा ग्रहण गर्नु पर्ने । § पंजिकाधिकारीबाट निकै पछि अर्थात मिति २०५४।४।३० मा दिईएको मृत्यु दर्ता प्रमाणहरु र त्यसमा मृत्युका सम्वन्धमा उल्लेख भएको २०५१।६।१० मितिलाई प्रस्तुत मुद्दाको निर्णयक प्रमाणको रुपमा लिन तथा मृतकको मृत्यु मिति २०५१।६।१० मा भएको भनी मान्न मिल्ने नदेखिने। (प्रकरण नं.१५) § एका सगोलमा रहे भएको अकाट्य प्रमाणको अभावमा आपसमा जग्गा खरिद विक्रि गरेको र राजिनामा लिनु दिनु गरेको तथ्थलाई प्रतिवादीले वस्तुनिष्ठ रुपमा खण्डन गर्न सकेको नदेखिएबाट वादीका बाबु बाबुराम राय र प्रतिवादीहरु व्यवहार प्रमाणबाट छुटिभिन्न भएको रहेछ भन्ने मान्नुपर्ने। (प्रकरण नं.१६) § वादीहरुले आफ्नो पिता ०५१।६।१० मा मृत्यु भएको भनि दावी लिएकोमा प्रतिवादीहरुले सो भन्दा अगावै मृत्यु भएको भनि मृतक बाबुरामको नाउँको जग्गा विपक्षीका नाउँमा वा अन्य कसैको नाऊँमा दर्ता नभएको रहाल सम्म दर्तावाला यि वादीको पिता बाबुराम रायकै नाऊँमा यथावत रहेको देखिएको र निजको मृत्यु पछि अपुताली कस्ले पाउने भन्ने सम्वन्धमा विवाद उत्पन्न भएपछि मात्र नालिश दिनु पर्ने भै हदम्यादको कुरा उत्पन्न हुने हुँदा प्रस्तुत फिराद हदम्याद नाघेको भन्न नमिल्ने । (प्रकरण नं.१७) § वादीका बाबुको मृत्यु ०३३ साल भन्दा अगावै भएको र निज विपक्षीहरु र मृतकका बाबु छुटिभिन्न भैसकेको भन्ने देखिएकोले तत्कालीन अपुतालीको २ र ३ नं. बमोजिम मृतकको विवादित सम्पत्तिको आधा सम्म वादीले अपुताली वापत पाउने देखिएको अवस्थामा मिति २०५१।६।१० को मृत्यू दर्ता प्रमाणपत्रलाई मान्यता नदिई गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भन्ने समेतका आधारमा यस अदालतबाट भएको दोहोर्याई हेर्ने निस्सा आदेशसँग सहमत हुन नसकिदा विवादित सम्पत्तिको आधा जग्गामा वादीको अपुताली हक कायम हुने । (प्रकरण नं.१९) पुनरावेदक वादीको तर्फबाटः विद्वान अधिवक्ता श्री मनोज दवाडी पुनरावेदक प्रतिवादी तर्फबाट : - विद्वान अधिवक्ता श्री जयकान्तलाल दाश अवलम्बित नजीरः फैसला न्या.रामकुमारप्रसाद शाहः पुनरावेदन अदालत हेटौडाको मिति ०५७।५।८ को फैसला उपर मुद्दा दोहोर्याई हेरी पाउँ भनी वादी प्रतिवादी दुवै पक्षको परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) र (ख) को आधारमा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भै पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :- २. मुल पुर्खा