निर्णय नं. ७७४७ - उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरिपाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७४७ - उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरिपाऊँ । भाग: ४८ साल: २०६३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६३/०७/१७ ५२६९ निर्णय नं. ७७४७ ने.का.प.२०६३ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री गौरी ढकाल सम्वत् २०५७ सालको रिट नं. ३७१७ आदेश मितिः २०६३।७।१७।६ विषयः उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरिपाऊँ । रिट निवेदकः पाँचथर जिल्ला फिदिम गा.वि.स. वडा नं.४ वस्ने पदमवहादुर भण्डारी समेत विरूद्ध विपक्षीः नेपाल सरकार, रक्षा मन्त्रालय समेत § कुनै पनि व्यक्तिले आफ्नो हक भोगको सम्पत्ति कानूनले व्यवस्था गरे बमोजिम उपयोग गर्ने, भोग गर्ने वेच विखन गर्ने वा अन्य कारोवार गर्न पाउने हुन्छ । Eminent Domain को विधिशास्त्रिय अवधारणा अनुसार राज्यले व्यक्तिगत सम्पत्तिको अधिग्रहण, प्राप्ति वा सो उपर अधिकारको सिर्जना (Requisiton, Acquisition and creation of Encumbrance) गर्न सक्ने । § व्यक्तिगत सम्पत्तिको अधिग्रहण, प्राप्ति वा अधिकारको सिर्जना सार्वजनीक हितको लागि मात्र हुनु पर्ने र त्यसो गर्दा सम्पत्तिको मनासिव क्षतिपूर्ति दिइनु पर्ने स्थापित मान्यता हुने । (प्रकरण नं.१३) § निवेदकहरुको हक स्वामित्वको जग्गा तितिरीवोटे फाईरिङ्ग रेन्जको इलाकाभित्र पार्ने भनी रक्षा मन्त्रालयबाट प्रकाशित सूचना र निजहरुका जग्गा कव्जा गर्ने समेतका काम कारवाही संविधानको धारा १७ विपरीत देखिन आउँदा उत्प्रेषणको आदेशबाट वदर गरी दिएको छ । अव निवेदकहरुका हकभोगका जग्गा उक्त फाइरिङ्ग रेन्जको इलाका वाहिर पारी निजहरुलाई सो जग्गा कानूनबमोजिम उपभोग गर्नबाट कुनै किसिमको हस्तक्षेप नगर्नु भनी विपक्षीहरुका नाममा परमादेशको आदेश जारी हुने । (प्रकरण नं.१४) निवेदक तर्फबाटः विपक्षीः विद्वान उपन्यायाधीवक्ता श्री भरतमणी खनाल अवलम्बित नजीरः आदेश न्या.अनूपराज शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) अनुसार दायर हुन आएको प्रस्तुत रिट निवेदनको व्यहोरा र निर्णय यसप्रकार छ :- २. हामी निवेदकहरुका जिजुवाजे कर्ण सिं वाजे यदुकर्णले साविक देखि भोग चलन गरी आएको सर्भे नापीमा फिदिम गा.वि.स.वडा नं.६ (घ) कि.नं.२० को क्षे.फ. १२–९–१–१ र कि.नं.२१ को क्षे.फ. १३–०–०–३ जग्गा निवेदकहरु विचमा अंश वण्डा हुँदा विभिन्न कित्ता कायम भई हामीहरुले घरवास गरी आएको जग्गा हुन् । साथै कि.नं.१९ को क्षे.फ. १४–१४–१–० जग्गा २०३७ सालमा राजीनामा गरी लिई निवेदक लालवहादुर भण्डारीले घरवास गरी आएको जग्गा हो । यसरी हामीहरुले निर्विवाद रुपमा भोग चलन गर्दै आएको जग्गाहरुमा नेपाल राजपत्र भाग ३ खण्ड ५० संख्या ९ को मिति २०५७।२।३० मा प्रकाशित रक्षा मन्त्रालयको सूचनामा सेनाको व्यारेकहरुले साविक देखि चादमारी तथा अन्य अभ्यास कार्यका लागि अभ्यास तथा चादमारी क्षेत्र घोषणा गरिएको र उक्त घोषित इलाकाको पेरिमिटर देखि वाहिर विष्फोटक पदार्थ नियम २०२० को नियम १४ को उप नियम (३) अनुसार ११० मिटर सम्म कसैलाई पनि खेतिपाती वाहेक अन्य निर्माण कार्यहरु गरी स्थायी रुपमा वसोवास गर्न मनाही गरिएको व्यहोराको उल्लेख गर्दै चार किल्ला समेत खोली उक्त चार किल्ला देखि ११० मिटर सम्मका वस्तीहरु स्थायी वसोवास नगर्न राजपत्रमा सूचना प्रकाशन गरिएको रहेछ । उक्त सूचना प्रकाशित भएपछि वटुकदल गुल्म फिदिम व्यारेकले जिल्ला प्रशासन कार्यालय पाँचथर समेतलाई रोक्का राखी दिने सम्वन्धमा पत्र लेखिदै राजपत्रमा सूचना प्रकाशन हुँद