निर्णय नं. ७७४८ - बकसपत्र बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७४८ - बकसपत्र बदर भाग: ४८ साल: २०६३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६३/०८/१८ ३०७० निर्णय नं. :७७४८ ने.का.प. २०६३ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा सम्वत् २०५८ सालको दे.पु.न..७८७९ फैसला मितिः २०६३।८।१८ मुद्दाः– बकसपत्र बदर । पुनरावेदक प्रतिवादीः जिल्ला कपिलवस्तु रंगपुर गा.वि.स. ७ वस्ने अब्दुल मावुद खाँ विरूद्ध प्रत्यर्थी वादीः जिल्ला कपिलवस्तु सिसवा गा.वि.स. ३ वस्ने रैसा मुसलमान § शेषपछिको वकसपत्रको लिखतमा उल्लेखित शर्तबमोजिम विवादित लिखतको भावना र राखेको शर्त पूरा भएको हुनपर्छ । उल्लेखित शर्त पूरा भएको छैन भने त्यस्तो लिखत वदरयोग्य (Voidable) हुने । § शेषपछिको वकसपत्रको शर्तले कुनै एकको सेवा टहल र मृत्युपछि निजको भाग जति खण्डित गरी वकसपत्रमा उल्लिखत सम्पती हस्तान्तरण हुनसक्ने भन्ने देखिदैन । शेषपछिको वकसपत्रको स्वरुपले वकसपत्र गरिदिने र निजको धर्मपत्नीको अलगअलग अस्तित्व कायम गरी विवादित शेषपछिको वकसपत्र गरिदिएको भन्ने देखिदैन । शेषपछिको वकसपत्र गरिलिनेले सो वकसपत्रमा उल्लेखित सम्पत्ति प्राप्त गर्न दुवैको हकमा सम्पन्न हुने कार्यको स्वरुपलाई एकरुपमा राखेको पाइने । § विवादित लिखतको प्रमुख शर्तमा रहेको वादीको जीवन काल सम्म वकसपत्र गरिदिने निजको पतिको मृत्युले मात्र शेषपछिको वकसपत्र क्रियाशिल हुने अवस्था नदेखिने । § वकसपत्रको शर्त अनुसार निजको सेवा टहल पुनरावेदक प्रतिवादीले नगरेको कारण देखाई वकसपत्र गरिदिनेको संयुक्त हकवाला विपक्षी वादी श्रीमती रैसा मुसलमानले आफ्नो जीवनकालमा उक्त शेषपछिको वकसपत्रमा उल्लेखित शर्तको पालन नगरेको कारण मुलुकी ऐन दान वकसको महलको २ नं. बमोजिम वदर गराउन नपाउने भन्ने नदेखिने । (प्रकरण नं. १४) § शेषपछिको वकसपत्रको मुख्य भाव आफ्नो र श्रीमतीको सेवा टहल हुनु पर्ने र शेषपछिको वकसपत्र क्रियाशिल हुन दुवैको मृत्यु हुनुपर्ने भएकोले खण्डित अर्थ गर्न मिल्ने नदेखिने । (प्रकरण.१५) § अतः शेषपछिको वकसपत्रमा उल्लिखित शर्त अनुसार लिखत गरिदिनेको मृत्यु भएपनि निजको जीवित पत्नी प्रत्यर्थी वादी रैसा मुसलमानलाई पुनरावेदक प्रतिवादीले शेषपछिको वकसपत्रको लिखतमा उल्लिखित शर्तअनुसार सेवा टहल गर्नुपर्ने नगरेको कारण देखाई आफ्नो जीवन कालमा विवादित शेषपछिको वकसपत्र वदर गराई लिन पाउने । (प्रकरण नं.१६) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री कृष्ण टण्डन र महमदिन अली विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री श्यामवहादुर के.सी. अवलम्बित नजीरःने.का.प. २०५३, अंक ७, पृष्ठ ५९२ फैसला न्या.दामोदर प्रसाद शर्माः पुनरावेदन अदालत बुटवलको मिति २०५४।५।३१ को फैसला उपर प्रतिवादीको तर्फबाट परेको मुद्दा दोहोर्याई पाऊँ भन्ने निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) अनुसार यस अदालतबाट निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :- २. मेरो लोग्ने महमद इनुस मुसलमानको गा.वि.स. वडा नं. ३क कि.नं. ४१५ र ७७९ वडा नं. ३ख कि.नं. ३२८ समेत ज.बि. २–३–३ जग्गा म र मेरो श्रीमती मरेपछि धर्मअनुसार काजक्रिया गरी लेखिएको जग्गा आफ्ना नाउँमा दर्ता गराई लिनु भनी गा.वि.स. रंगपुर वडा नं. ७ बस्ने अव्दुल मावुद मुसलमानलाई शेषपछिको वकपत्र लेखी दिई मिति ०३९।४।२१ मा रजिष्ट्रेशन पारित गरी दिएकोमा मेरो पति महमद इनुस मिति ०४५।४।५ गते परलोक भएकोले निजको शेषपछि बकस पाउने अव्दुल