निर्णय नं. ७७४९ - कर्तव्यज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७४९ - कर्तव्यज्यान भाग: ४८ साल: २०६३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६३/०७/१५ १५२९२ निर्णय नं. ७७४९ ने.का.प.२०६३ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित सम्वत् २०६१ सालको फौ.पु.नं.३६९६ फैसला मितिः २०६३।७।१५ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः काभ्रेपलाञ्चोक जिल्ला सापिङ गा.वि.स.वडा नं.८ घर घै हाल कारागार शाखा नख्खुमा थुनामा रहेको रामशरण महत समेत विरूद्ध प्रत्यर्थी वादीः अनिल श्रेष्ठको जाहेरीले नेपाल सरकार पुनरावेदक प्रतिवादीःकाभ्रेपलाञ्चोक जिल्ला ज्याम्दी गा.वि.स.वडा नं.८ घर घै हाल कारगार शाखा नख्खुमा थुनामा रहेका यादव भन्ने खेमवहादुर महत विरूद्ध प्रत्यर्थी वादीः अनिल श्रेष्ठको जाहेरीले नेपाल सरकार § मतियार साक्षीको रुपमा लिन सह–अभियुक्तलाई सजायबाट छुट दिई वा अभियोग नलगाई सरकारी पक्षको गवाह (Approver) को रुपमा प्रस्तुत गरिएको हुनु पर्ने देखिन्छ । अन्यथा एकसाथ अभियोग लगाईएको सहअभियुक्तलाई सक्षम साक्षीको रुपमा राख्न र प्रमाणमा लिन नसकिने । (प्रकरण नं.३९) § सह–अभियुक्तको पोल आफैमा सारभूत प्रमाण होइन, यो त केवल न्याय निक्र्यौल गर्न वा कुनै प्रमाणित तथ्यलाई पुनः पुष्टि गर्ने वा अझ बल प्रदान गर्ने एउटा थप आधार मात्र हुने । § सह–अभियुक्तको परीक्षण नगर्दैमा न्याय निष्पादनमा सारभुत रुपमा फरक नपर्ने हुनाले पनि प्रमाण कानूनसम्बन्धी सिद्धान्त र व्यवहारमा यसले अन्योल सिर्जना गर्ने भन्ने देखिन आउँदैन र मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता र सिद्धान्तको प्रतिकूल मान्न पनि नमिल्ने । (प्रकरण नं.४०) § सह–अभियुक्तको पोललाई प्रमाणमा लिने सम्बन्धमा किटानी कानूनी व्यवस्थाको अभाव रहे पनि हाम्रो न्याय प्रणालीले मिसिल कागजातबाट खुल्न आएका तथ्य र व्यहोरालाई कुनै न कुनै रुमपा ग्रहण गर्ने वा स्वीकार गर्ने गरी आएको परिप्रेक्ष्यमा सह–अभियुक्तको पोललाई प्रमाणको रुपमा ग्रहण गर्न सकिने मान्यतालाई स्वीकार गरिएको पाइने । (प्रकरण नं.४१) § वस्तुतः न्यायलाई बढी निश्चितता र वस्तुगत धरातलमा उभ्याई भरपर्दो र विश्वसनीय बनाउन मिसिल कागजातबाट देखिन आएका र उपलव्ध भएका कुनैपनि सवूद प्रमाण जसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धेरथोर विवाद सुनिश्चित गर्न प्रकाश पार्दछ ती सबैको सार (निचोड) बाट नै न्यायिक निष्कर्ष निकाल्नु वान्छनीय हुन्छ र त्यो वस्तुपरक पनि हुन्छ । कुनै पनि कुराले न्यायलाई सुनिश्चित प्रदान गर्न मद्दत वा बल प्रदान गर्छ भने त्यसलाई उल्लेख नगरी थप आधार नलिनु उपयुक्त नहुने । (प्रकरण नं.४२) § सह–अभियुक्तको पोललाई प्रमाण लिने वा लगाउने सम्बन्धमा निम्न बमोजिमको अवस्था र परिस्थितिको मूल्याङ्कन गरी विचार गर्नु उपयुक्त एवं वान्छनीय देखिने । - एकै साथ सह–अभियुक्तहरु मुद्दामा पूर्पक्ष गरिएको अवस्था हुनुपर्ने, (A statement made by one of two co–accused should not be used against the other, where later on their cases are trlied separatety.) - कसूदामा सावित भै अरुलाई सोही कसूरमा पोल गरेको हुनुपर्ने, (The expression as same offence” means the indentical offence and not an offence of the same kind. It means offences falling within the same definition and arising out of the same transaction.) - एउटा कसूरमा सावित हुनेले अर्को कसूरमा अरुलाई पोल गरेको नमिल्ने, - आफू कसूरमा इन्कार भै एक अर्कालाई पोल गरेक