निर्णय नं. ७७५० - उत्प्रेषण, परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७५० - उत्प्रेषण, परमादेश भाग: ४८ साल: २०६३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६३/०८/०५ २७६४ निर्णय नं. ७७५० ने.का.प.२०६३ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ सम्बत् २०६२ सालको रिट नं.३०४५ आदेश मितिः २०६३।८।५ मुद्दा : - उत्प्रेषण, परमादेश । निवेदकः जिल्ला कास्की किस्ती नाच्ने चौर गा.वि.स.वडा नं.४ बस्ने छविलाल पौडेल विरूद्ध विपक्षीः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरवार समेत § निजामती सेवा ऐनका दफा ३५(२) र दफा ३७(३) अलग–अलग व्यवस्था र छुट्टा छुट्टै प्रयोजनका लागि बनेका र एउटा दफाले प्रदान गरेको सुविधा पाएपछि अर्को दफाले दिएको सुविधा पाउँदैन भनी अर्थ गर्न उक्त दफामा प्रयुक्त शव्दावलीले समेत नमिल्ने । § निजामती सेवा ऐन, २०४९ को दफा ३५(२) अनुसारको प्रकृया पुरा गरी स्वेच्छिक अवकाश लिने कमचारीले सोही ऐनको दफा ३७(३) को प्रकृया पनि पुरा भएकोमा सो ऐन बमोजिम थप गर्न मिल्ने सेवा अवधि थप गर्न ऐनले रोक नलगाएको अवस्थामा कानूनले स्पष्ट रुपमा रोक लगाएकोमा बाहेक एउटा दफाले दिएको सुविधा दिंदा एक साथ अर्को दफाले पाउने सुविधा दिन मिल्दैन भनी निर्णय गर्नु उचित र कानूनसँग त नदेखिने । (प्रकरण नं.१०) § निवेदक मिति २०४९।७।२१ गते भन्दा अघिदेखि बहाल रही तिस वर्ष सेवा अवधि पुरा भएको अवस्थामा दफा ३७(३) अनुसारको सुविधा नपाउने गरी श्री ५ को सरकार (सचिवस्तर) बाट मिति २०६२।८।२२ मा भएको निणर्यलाई कानून अनुरुपको मान्न नमिल्ने । (प्रकरण नं.११) निवेदकका तर्फबाटः विद्वान अधिवक्ता श्री नरेन्द्रकुमार के.सी. विपक्षीका तर्फबाटः सहन्यायाधिवक्ता श्री राजनारायण पाठक अवलम्बित नजीरः: - आदेश न्या.खिलराज रेग्मीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३,८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छः– २. म निवेदक मिति २०३१।३।११ देखि ग्रामिण उद्योग तालिम केन्द्र पोखराको रा.प.अनं.द्धितीय (प्रा.) पदमा स्थाई नियुक्ति भै मिति २०४६।४।८ मा रा.प.अनं.प्रथम (प्रा.) प्रमुख शिक्षक पदमा बढुवा भई घरेलु तथा साना उद्योग विभाग अन्तर्गतको विभिन्न कार्यालयमा १६ वर्षसम्म एकै पदमा अविच्छिन्न रुपमा सेवारत रहदै अन्तिममा घरेलु तथा साना उद्योग कार्यालय कास्कीमा पदस्थापना भई सोही कार्यालयमा कार्यरत रहि इमान्दारीपूर्वक काम गर्दै आएको थिएँ । यस्तैमा म निवेदकको घरायसी कारणले निजामती सेवामा रहन असमर्थता हुने लामो सेवा अवधि समेत पुगेको हुँदा निजामती सेवा ऐन, २०४९ (संशोधित अध्यादेश, २०६२ सहित) बमोजिम उक्त ऐनको दफा ३५(२) र २०(क) २ मा भएको व्यवस्था अनुसार मैले शुरु नियुक्तिमा प्रवेश गर्दा पेश गरेको नागरिकताको प्रमाण पत्र अनुसार जन्म मिति २०१०।९।४ ले उमेर ५१ वर्ष पुगेको र रा.प.अनंकित प्रथम श्रेणीको पदमा १६ वर्ष एकै पदमा सेवा अवधि समेत पूरा भएकोले १ तह बढुवा भै ऐनको दफा ३७(३) बमोजिम सेवा अवधि ३१ वर्ष पूरा भैसकेको अवस्थामा सो समेतको सुविधा उपलव्ध गराई मिति २०६२।८।१२ देखि लागू हुने गरी स्वेच्छिक अवकाश पाउँ भनी घरेलु तथा साना उद्योग विभाग त्रिपुरेश्वरमा निवेदन चढाएको थिएँ । निवेदकले निजामती सेवा ऐन (संशोधित), २०४९ को दफा २०(क), २०क(४), ३५(२) र ३७(३) ले प्रदान गरेको सुविधा पाउने आधारमा स्वेच्छिक अवकाशको लागि निवेदन गरी मेरो निवेदन उपर तह–तह रुपमा कारवाही हुँदै जाँदा विपक्षी श्री उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवज्यू