निर्णय नं. ७७५२ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७५२ - कर्तव्य ज्यान भाग: ४८ साल: २०६३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६२/१२/०७ ७०३७ निर्णय नं. ७७५२ ने.का.प.२०६३ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री पवन कुमार ओझा सम्वत २०५७ सालको फौ.पु.नं.२२६१ सम्वत २०५८ सालको साधक नं.३७७ सम्वत २०५९ सालको निवेदन नं.२९९५, २९९६.२९९७, २९९८ फैसला मितिः २०६२।१२।७।२ मुद्दाः— कर्तव्य ज्यान । पुनरावेदक वादीः देव नारायण र चन्द्र मण्डलको जाहेरीले श्री ५ को सरकार विरूद्ध प्रत्यर्थी प्रतिवादीः सप्तरी जिल्ला पकरी गा.बि.स.वडा नं.८ बस्ने जुगत सदा समेत पुनरावेदक वादीः देव नारायणको जाहेरीले श्री ५ को सरकार विरूद्ध प्रत्यर्थीः ऐ.प्रसवनी गा.बि.स.वडा नं.९ बस्ने कारी सदा मुसहर समेत निवेदकः सप्तरी जिल्ला प्रसवनी गा.बि.स.वडा नं.९ बस्ने राम किसुन सदाको हकमा निजको श्रीमती राम सुनैर सदा विरूद्ध पुनरावेदक वादीः देव नारायण मण्डल समेतको जाहेरीले श्री ५ को सरकार निवेदकः सप्तरी जिल्ला प्रसवनी गा.बि.स.वडा नं.९ बस्ने कारी सदा मुसहरको हकमा निजको श्रमिती राम कुमारी सदा मुसहर्नी विरूद्ध बिपक्षीः वादीः देव नारायण मण्डल समेतको जाहेरीले श्री ५ को सरकार निवेदकः सप्तरी जिल्ला प्रसवनी गा.बि.स.वडा नं.९ बस्ने दामोदर सदा मुसहरको हकमा निजको भाई सिताराम सदा मुसहर विरूद्ध विपक्षी वादीः देव नारायण मण्डल समेतको जाहेरीले श्री ५ को सरकार निवेदकः सप्तरी जिल्ला पकरी गा.बि.स.वडा नं.६ बस्ने सचिन्द्र यादवको हकमा निजको बाबु सहन्ती यादव विरूद्ध विपक्षी वादीः देव नारायण मण्डल समेतको जाहेरीले श्री ५ को सरकार निवेदकः सप्तरी जिल्ला पकरी गा.बि.स.वडा नं.६ बस्ने कारी यादवको हकमा निजको दाजु प्रसुराम यादव विरूद्ध विपक्षी र वादी देव नारायण मण्डल समेतको जाहेरीले श्री ५ को सरकार § हदैसम्म सजाय गर्दा वा हदैसम्म सजाय नगरी आधा वा कम सजाय गर्दा किन हदैसम्म सजाय गरेको वा किन हदैसम्म सजाय नगरी आधा वा कम सजाय गरिएको हो त्यसलाई पुष्टि गर्ने आधार र कारणले समर्थन गर्नु पर्ने । (प्रकरण नं.४७) § अ.वं. १८८ नं. बमोजिम सजाय घटाउँदा वा नघटाई हदैसम्मको सजाय तोक्दा किन हदैसम्मको सजाय गर्न परेको हो, कारण विनाको परम्परागत कैद तोक्ने वा घटाउने प्राणालीको अन्त्य गरी अपराध गर्दाको परिस्थिती, तयारी षडयन्त्र, योजना, अभियुक्तको आपराधिक अभिलेख, अपराध गर्दाको बखतको अभियुक्तको सजगता, अपराध गरी सकेपछिको अभियुक्तको कृयाकलाप, अभियुक्तको अपराधिक गिरोहसँग संलग्नता एवं साठ गाँठ, अपराध सँग ठित अपराध हो, होइन कतिको निर्ममतापूर्वक अपराध भएको हो, अपराध गर्दा प्रयोग गरिएको हात हतियार, साधन एवं उपकरण अभियुक्तको उमेर, चरित्र, पीडितलाई पुगको क्षति, पिडीतको परिवारलाई पुगेको क्षति, क्षति अपुरणीय हो कि आदि विभिन्न कुराहरुलाई ध्यानमा राखेर अभियुक्तले अव पुनः अपराध गर्ने आँट र गल्ती नदोहर्याउने भनी अपराध माफिकको उचित कैद सजाय तोक्नुपर्ने । (प्रकरण नं.४८) § Guilty mind ले गर्ने ज्यान सम्बन्धी महलको १३ नं. को अपराध ठहर गरी Innocent mind ले गर्ने ज्यान सम्बन्धी महलको १४ नं. को अपराधमा हुने कैद सजाय भन्दापनि कम सजाय गर्न मिल्ला नमिल्ला र त्यस्तो रायलाइ कसरी पुष्टि गर्न सकिएला ? कसरी पुष्टि गर्न मिल्ला ? विचार गर्नु पर्छ । Guilty mind ले गर्ने ज्यान सम्बन्धी महलको १३ नं. को अपराध ठहर गरी Innocent Mind ले गरेको अपराधमा १४ नं. ले हुने कैद सजाय भन्दापनि कम कै