निर्णय नं. ७७५३ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७५३ - उत्प्रेषण समेत भाग: ४८ साल: २०६३ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६३/०७/१४ ५५१९ निर्णय नं - ७७५३ ने.का.प. २०६३ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलाश माननीय न्यायाधिश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधिश श्री कल्याण श्रेष्ठ सम्वत् २०६१ सालको रिट नम्बर ३७५५ बिषय उत्प्रेषण समेत फैसला मितिः ०६३।७।१४।३ निवेदकः का.म.न.पा. वार्ड नं. ३२ स्थित स्वावलम्वन विकास केन्द्रका प्रमुख मुकुन्दबहादुर बिष्ठ विरूद्ध विपक्षीः श्रम अदालत काठमाण्डौ समेत § कुनै सँग ठन वा प्रतिष्ठानमा काम गर्ने कर्मचारी वा कामदारहरुको हकमा श्रम ऐनको व्यवस्था आकर्षित नगर्ने हो भने त्यस्तो अभिप्राय कानूनमा नै स्पष्ट रुपमा अभिव्यक्त गर्नुपर्ने हुन्छ र त्यस्तो अभिप्राय स्पष्ट रुपमा व्यक्त गरिएकोमा बाहेक खास प्रतिष्ठान वा सँग ठनमा काम गर्नेहरुलाई श्रम ऐनको प्रावधान आकर्षित नहुने भनी अनुमानित तर्क गर्न नमिल्ने । § श्रम नियमावलीले नै स्पष्टरुपले प्रतिष्ठानमा कार्यरत कामदार वा कर्मचारीको संचित रबिदा र बिरामी विदा वापत रकम पाउने व्यस्था गरेको देखिन्छ । साथै निवेदक कार्यालय र विपक्षी बीच सम्पन्न भएको भनिएको करारमा संचित घरबिदा तथा बिरामी बिदा बापतको रकम नपाउने भनी उल्लेख भएको नदेखिदा कानून वा करारले कुनै सुविधा दिन स्पष्टरुपले बन्चित गरको अबस्थामा बाहेक कामदार कर्मचारीको हकको पक्षमा व्याख्या गर्नुपर्ने । (प्रकरण नं.१०) § कुनै कर्मचारी वा कामदारले आफु कार्यरत रहेको बेलामा संचित गरेको घरबिदा लगायतका आर्जित हक सुविधा वापतको रकम नपाउने भनि स्पष्ट किटानी व्यबस्था भएको स्थितिमा बाहेक त्यस्तो आर्जित हक सुविधा नपाउने भनी त्यसको नकारात्मक अर्थ गर्न नमिल्ने । (प्रकरण नं.११) § निवेदक कार्यालयमा १० जना भन्दा वढी कामदार वा कर्मचारी कार्यरत रहेको भन्ने देखिरहेको हुँदा निवेदक कार्यालय श्रम ऐन, २०४८ को दफा २ (ख) ले गरेको प्रतिष्ठानको परिभाषा भित्र पर्ने नै देखिदा यी निवेदक केन्द्रलाई श्रम ऐन तथा नियमावली लागु नै नहुने भन्ने नदेखिने। (प्रकरण नं.१२) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री कोमलप्रसाद घिमिरे विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री अमृत वस्नेत र विद्वान अधिवक्ता श्री रमेश वडार अवलम्बित नजीरहरुः आदेश न्या. कल्याण श्रेष्ठः नेपाल अधिराज्यको संविधान,२०४७ को धारा २३ तथा ८८(२) अन्र्तगत यसै अदालतको अधिकारक्षेत्र भित्र पर्ने प्रस्तुत मद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :- २. विपक्षी राजनप्रसाद भट्टराईले यस कार्यालयको कर्मचारीको रुपमा मिति२०५५।४।१२ गते नियुक्ती पाई यस केन्द्रमा सेवा गरी रहेको अवस्थामा निजले निवेदक कार्यालयको काममा बाधा व्यबधान खडा गरी कार्यालयको कामलाई अस्त व्यस्त पारेकोले निजलाई मिति २०५८।११।२१ को निर्णयले मिति २०५८।११।२२ गते देखिलागु हुने गरी यस केन्द्रबाट हटाईयो । यसरी निजलाई सेवाबाट हटाईएपछी विपक्षीले पाउनु पर्ने रकम रु ३९,९५१।७२ मिति २०५९।१।२५मा बुझिलिनु भयो । तत्पश्चात विपक्षीले घरबिदा, बिरामी बिदा, औषध उपचार खर्च गरी जम्मा रु१५,०१२।८२ दिलाई पाँउ भनि नेपाल सरकार श्रम कार्यालयमा निवेदन दिनु भएकोमा विपक्षी श्रम कार्यालयले विपक्षी राजनप्रसाद भट्टर।र्ईलाई रु १३,७९२।१९ दिलाई भराई दिनु भनी भएको फैसला उपर निवेदक कार्यालयले चित्त नबुझाई श्री श्रम अदालत काठमाण्डौ समक्ष पुनरावेदन गरेकोमा श्रम अदालते काठमाण्डौसमेतले श्रम कार्यालयको फैसलालाई नै सदर गरेको हुदा उक्त श्रम अदालतको फैसला