निर्णय नं. ७७५५ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७५५ - उत्प्रेषण समेत भाग: ४८ साल: २०६३ महिना: पौस अंक: ९ फैसला मिति :२०६३/०६/२६ ५५४२ निर्णय नं. ७७५५ ने.का.प. २०६३ अङ्क ९ सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ संवत् २०६२ सालको रिट नम्बर ...११० आदेश मितिः २०६३।६।२६।५ विषय : – उत्प्रेषण समेत निवेदकः काठमाडौं जिल्ला का.म.न.पा.वडा नं.४ बस्ने काञ्चनमाला चालिसे विरूद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौं समेत § कुनै निजामती कर्मचारीको मृत्यु भएमा कस्ले निवृत्तिभरण पाउने भन्ने प्रश्न मृत निजामती कर्मचारीसँगको नातासम्बन्ध, पालनपोषण सम्बन्धमा निजको दायित्व र इच्छा आदि कुराहरुद्वारा निर्धारीत हुने । § नेपाल अधिराज्यको संविधान २०४७ को धारा ११ को उपधारा १ को सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन्, कानूनको समान संरक्षणबाट कसैलाई बञ्चित गरिने छैन भन्ने व्यवस्थाले समान अवस्थामा रहेका समान व्यक्तिमा कानूनको समान प्रत्याभूति गरेबाट त्यसलाई विभिन्न परिस्थितिका कारण कुनै खास व्यक्तिलाई इच्छ्याएको अवस्थालाई समानताको प्रश्नसँग गाँसेर हेर्न उपयुक्त नदेखिने । (प्रकरण नं.१३) § प्रस्तुत विवादमा मृत कर्मचारी विद्युतराज चालिसेले आफ्नी श्रीमती हेमलक्ष्मी चालीसेलाई इच्छ्याएको अवस्था मिसिल संलग्न प्रमाणहरुबाट देखिन आएको छ । यसरी इच्छ्याइएको व्यक्ति निजामती सेवा ऐन, २०४९ को दफा ३९(६) ले निर्दिष्ट गरेको परिधिभित्रकै व्यक्ति भएको र कानूनले इच्छ्याउन पाउने अधिकार प्रदान गरे अनुरुप इच्छ्याएको अवस्थामा इच्छ्याएको व्यक्तिले नै निवृत्तिभरणको अधिकार पाउने कानूनी व्यवस्था रहने । (प्रकरण नं.१४) § निजामती सेवा ऐन, २०४९ को दफा ३९ को उपदफा (६) नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ को उपधारा (१) सँग बाझिएको नदेखिनुका अतिरिक्त निवेदीकाका पति विद्युतराज चालिसेले निजामती सेवा ऐन २०४९ को दफा ३९(६) बमोजिम हेमलक्ष्मी चालीसेलाई इच्छ्याएको र सो बमोजिम निजामती कितावखानाले निज हेमलक्ष्मी चालीसेले निवृत्तिभरण पाउने गरी गरेको निर्णय र प्रदान गरेको अधिकारपत्र कानून प्रतिकूल नदेखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गरिरहनु नपर्ने । (प्रकरण नं.१५) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने विपक्षी तर्फबाटः विद्वान नायव महान्यायाधिवक्ता श्री नरेन्द्रप्रसाद पाठक, विद्वान अधिवक्ता श्री सतिशकृष्ण खरेल अबलम्वित नजीरः ०५२ सालको रिट नं. ३१४७ र ०६० सालको रिट नं. २९९४ आदेश न्या.मीनवहादुर रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) एवं ८८(२) बमोजिम दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– २. म निवेदकका पति विद्युतराज चालिसेको आफ्नै कालगतिले स्वर्गे भएकोले निज पतिले पाई आएको पेन्सन प्राप्त गर्नका लागि पेन्सन पट्टा समेत बनाई पाउँ भनि विपक्षी निजामती कितावखानामा निवेदन दिएकोमा सम्मानीत सर्वोच्च अदालतको सम्वत् २०६० सालको रिट नं. २९९४ समेतका आधारमा प्रस्तुत विषयमा अवकास प्राप्त सम्बन्धित कर्मचारी विद्युतराज चालीसेले शेषपछि इच्छ्याइएको पत्नी हेमलक्ष्मी चालीसेलाई नियम अनुसार पाउनुपर्ने पेन्सन दिने गरी निवृत्तिभरणको अधिकारपत्र बनाइदिने गरी मिति २०६२।४।१६ मा निर्णय भई मिति २०६२।४।२४ मा अधिकारपत्र प्रदान गरिएको व्यहोरा आदेश अनुसार जानकारी गराइन्छ भन्ने व्यहोराको च.नं. १७७९ मिति २०६