निर्णय नं. ७७५८ - सवारी कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७५८ - सवारी कर्तव्य ज्यान भाग: ४८ साल: २०६३ महिना: पौस अंक: ९ फैसला मिति :२०६३/०९/१६ ६९५० निर्णय नं. ७७५८ ने.का.प. २०६३ अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित संवत् २०६२ सालको फौ.पु.नं. .. ३५७७ सम्वत् २०६३ सालको साधक नं. .. ३३७ फैसला मितिः २०६३।९।१६ मुद्दा :– सवारी कर्तव्य ज्यान । पुनरावेदक / प्रतिवादीः जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.५ बस्ने लक्ष्मणबहादुर श्रेष्ठ विरुद्ध प्रत्यर्थी / वादीः शुसिलकुमार अर्यालको जाहेरीले नेपाल सरकार वादीः शुसिलकुमार अर्यालको जाहेरीले नेपाल सरकार विरुद्ध प्रतिवादीः जिल्ला रुपन्देही देवदह गा.वि.स. वडा नं.७ बस्ने भीमबहादुर वि.सी. § सवारी दुर्घटनामा मृत्यु हुने व्यक्तिको हकवालाले पाउने क्षतिपूर्तिवापतको दायित्व पूरा गर्ने जिम्मेवारी आधारभूत रुपमा सवारी चालकको नभै सवारीधनी वा व्यवस्थापकको नै हुने । § सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३(१)(क) ले क्रिया खर्च र क्षतिपूर्ति बिमा नगराएको भए तेश्रो पक्षले पाउने दुर्घटना बिमा वापतको रकम सवारी चालक, सवारीधनी वा व्यवस्थापकबाट भराई दिनुपर्ने व्यवस्था रहेकोबाट क्षतिपूर्तिको रकम तिर्नुपर्ने दायित्व केबल सवारी चालक मात्रको भन्न नमिल्ने । § मृतकका हकवालाले क्षतिपूर्ति पाउने रकम वापत सवारीधनीले विमा गरेको अवस्थामा मृतकको हकवालाले क्षतिपूर्ति वापत पाउने रकम अन्ततः सो विमाबाट नै व्यहोरिने भएकोले सो दायित्व सवारी चालकको हो भनी अर्थ गर्नु कानूनसम्मत नहुने । § क्षतिपूर्ति वापतको रकम तिर्ने प्रयोजनका लागि तेश्रो पक्षको बीमा गरिसकेको अवस्थामा सो क्षतिपूर्ति वापत मृतकका हकवालाले पाउने रकम तिर्ने दायित्व सवारी चालकको नहुने हुँदा दफा १६६ मा उल्लेखित सवारी चालकले तिर्नुपर्ने“ भन्ने वाक्यांशले विमाबाट गरिपाउने त्यस्तो दायित्वलाई नजनाउने भएकाले रकम आफूले व्यहोर्नु नपर्ने भन्ने पुनरावेदन जिकिर मनासिव नदेखिने । (प्रकरण नं.२४) पुनरावेदक प्रतिवादी तर्फबाटः प्रत्यर्थी वादी तर्फबाटः अवलम्वित नजीरः फैसला न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत वुटवलबाट २०६२।२४।३ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको पुनरावेदन तथा दफा १० बमोजिम साधक समेत जाहेर भै दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकारछ : – २. मेरो बाबु कविराज अर्याल मिति २०५९।६।२३ गते बिहान खाना खाई भैरहवा आउनु भएकोमा राष्ट्र बैंक सिद्धार्थनगरमा नगद रु.३३,३११२।– सटहीगरी सिद्धार्थ राजमार्गको पश्चिम बायाँ साइडबाट अर्थात पिचले सडकदेखि अं.२ मिटर पश्चिम हुँदै दक्षिणबाट उत्तरतर्फ गैरहेको अवस्था ल.१ख १८८७ नं.को ट्रकले दक्षिणबाट उत्तरतर्फ जाँदै गर्दा आफ्नो साइड मिची बाबु कविराज अर्यालको दाहिने खुट्टामा ठक्कर दिई लडाएपछि ट्रक केही अगाडि गै पुनः व्याक गरि पछाडिको कच्चाले टाउको किची मारेको कुरा प्रत्यक्ष देख्नु बु.न.पा.वार्ड नं. ८ बस्ने लेखनाथ भण्डारीले बुटवल घरमा टेलिफोनद्धारा खवर गर्नु भएको र वहाँ समेतका मानिसहरुले बाबु कविराज अर्याललाई तत्काल भिम अस्पतालमा पुर्‍याउँदा घटनास्थलमै ठहरै हुनु भएको रहेछ । म बुटवलबाट सिद्धार्थनगरमा आई घटनास्थलमा गै बुझ्दा घटनास्थलदेखि पुर्व चित्रराज पाण्डेको घरमा साइकल दुकान गरी बस्ने सत्य नारायण बस्याल ऐ. घरमा होटल चिया पसल गरि बस्ने ओम प्रकाश बस्याल ऐ. घरमा तरकारी पसल गरी बस्