निर्णय नं. ७७६१ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७६१ - अंश चलन भाग: ४८ साल: २०६३ महिना: पौस अंक: ९ फैसला मिति :२०६३/०७/०१ ४१७७ निर्णय नं. ७७६१ ने.का.प. २०६३ अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा संवत् २०५९ सालको दे.पु नं. ९२३० फैसला मितिः २०६३।७।१।४ मुद्दाः अंश चलन । पुनरावेदक वादीः का.जि.का.म.न.पा.वडा न. ९ वस्ने हरिहर पुरी विरुद्ध विपक्षी प्रतिवादीः भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा न. ४ वस्ने केशव पुरी समेत § विगत लामो समयदेखि जग्गाको विक्री गर्दा एकलौटी किसिमबाट भएको र १९९९ साल देखिनै एक आपसमा नामसारी दर्ता वदर समेत विभिन्न मुद्दाहरु परि रहेको सन्दर्भबाट यी वादी प्रतिवादीहरु एकासँगोलका अशियार रहेछन् भन्न सकिने अवस्था नदेखिने । (प्रकरण नं.२३) § वादी प्रतिवादीको संयुक्त रुपमा दर्ता रहेको गुठी जग्गा गुठी कार्य सन्चालन गरी वाँकी दर्तावालाहरुले संयुक्त रुपमा खान पाउने भै वण्डा समेत नलाग्ने हुंदा सो गुठी जग्गाहरु संयुक्त नाममा भएकै आधारमा वादी प्रतिवादीहरु एका सँगोलमा भएको भन्न नमिल्ने । § वादी प्रतिवादीहरु विच छुटि भिन्न भएको पारित लिखतको अभाव भएतापनि व्यवहार प्रमाणबाट वादी प्रतिवादीहरुका बाबु बाजे अगाडि देखिनै छुटि भिन्न भै अलग अलग वसी भोग विक्रि व्यवहार गरी वसेका देखिएको र मुलुकी ऐन अंशवण्डाको ३० नं. ले व्यवहार प्रमाणबाट छुटि भिन्न भएको देखिएको अवस्थामा वण्डा लिखत नै हुनु पर्ने अनिवार्यता नहुने । § अंशवण्डाको ३० नं. को पुर्व शर्त र तिरो फुटेको प्रमाण र रोष दोष नमिलेको भन्ने समेतको अभावमा वादी दावी पुग्न नसक्ने ठहर्याएको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण भनी मुद्दा दोहोर्याउने निस्सा प्रदान गरेको आदेशसँग सहमत हुन नसकिने । (प्रकरण नं.२४) पुनरावेदक वादी तर्फबाटःविद्वान वरिष्ठ अधिवक्ता श्री हरि अर्याल विद्वान अधिवक्ताद्धय श्री राजकुमार कार्की र श्री प्रेमवहादुर खड्का विपक्षी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री वसन्तराम भण्डारी र विद्वान अधिवक्ता श्री विमल सुवेदी अवलम्वित नजीरः फैसला न्या.अनूपराज शर्माः पुनरावेदन अदालत पाटनको मिति २०५६।११।१६ को फैसला दोहोर्‍याई हेरी पाउँ भनी वादी पक्षको निवेदन परेकोमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याई हेर्नको लागि निस्सा प्रदान भई पुनरावेदन दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ : – २. बाजे सुन्दर पुरीको ३ जना छोराहरुमा जेठा निर्मल पुरी,माहिलो गंगा पुरी र कान्छा म फिरादीको पिता गणेश पुरी हो । बाजे सुन्दर पुरी बजै मनकुमारी पुरी, जेठा बाबु निर्मल पुरी र माहिलो गंगा पुरी निर्मल पुरीको छोरा कृष्ण पुरी कृष्ण पुरीको छोरा शंकर पुरी समेतको परलोक भैसकेको छ । शंकर पुरीको छोरा राजेन्द्र पुरी र रवि पुरी हुन् । विपक्षी प्रतिवादीहरुको जिजु बाजे तथा पिता समेतले मलाई पैत्रिक सम्पत्ति केही नदिई घर बाट निकाला गरी दिएकोले श्रीमतीको माइती तर्फबाट दिएको जग्गामा सानो तिनो घर वनाई वसि आएको छु । पैतृक सम्पत्ति लिएको छैन । सम्पूर्ण पैतृक सम्पत्ति प्रतिवादीहरुको जिम्मामा रहेकोले प्रतिवादीहरुबाट सम्पूर्ण पैतृक सम्पत्तिको तायदाती लिई सो तायदातीमा आएको सम्पत्तिलाई ३ खण्ड गरी ३ खण्ड मध्ये १ खण्ड अंश भाग मलाई दिलाई पाउँ र चलन समेत चलाई पाउँ भन्ने समेत व्यहोराको मिति ०५०।९।१८ को फिराद पत्र । ३. वादी पहिले नै छुटी भिन्न भइसकेको हुंदा