निर्णय नं. ७७६२ - जवरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७६२ - जवरजस्ती करणी भाग: ४८ साल: २०६३ महिना: पौस अंक: ९ फैसला मिति :२०६३/०९/१० ४४४२ निर्णय नं. ७७६२ ने.का.प. २०६३ अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा सम्वत् २०५९ सालका दे.पु नं. ३२६१ सम्वत् २०६० सालको फौ.पु.नं. ३५२८ फैसला मितिः २०६३।९।१०।२ मुद्दाः जवर्जस्ती करणी । पुनरावेदक वादीः रमाशंकर कोहारको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जि.रुपन्देही वगैली गा.वि.स.वडा नं. २ वस्ने तपसी कुर्मी पुनरावेदक प्रतिवादीः जि.रुपन्देही वगैली गा.वि.स.वडा नं. २ वस्ने तपसी कुर्मी विरुद्ध प्रत्यर्थी वादीः रमाशंकर कोहारको जाहेरीले नेपाल सरकार § पीडितले वकपत्र गर्दा लिंग पसाएको भनि वकपत्र गरेपनि Laboratory Examination मा Sparmatazoa नदेखिएको, करणी भएको यकिन हुने अन्य ठोस सवुद रहेको नदेखिएको Labia Masora मा घर्षण सम्म भएको तथा विशेषज्ञको परिक्षण प्रतिवेदनको निष्कर्षमा “जवर्जस्ती करणी गर्न खोजिएको” भन्ने उल्लेख भएको अवस्थाबाट पीडित उपर जवर्जस्ती करणीको वारदात भएको नदेखिई सो को उद्योग सम्म भएको देखिन आउने । (प्रकरण नं.२१) § प्रतिवादीले लिएको अन्यत्र रहेको जिकिर (Plea of alibi) लाई कुनै सवुद प्रमाणबाट निजले प्रमाणित गर्न सकेको देखिदैन । कुनै विश्वसनीय र वस्तुगत आधार प्रमाणबाट खम्वीर गराउन नसकेको अन्यत्र रहेको जिकिरलाई प्रमाणको रुपमा लिन नमिल्ने । (प्रकरण न.२२) § जाहेरवाला प्रत्यक्षदर्शी नभएपनि निज अन्यत्रबाट घर आउँदा घर परीवारले वताए बमोजिम आफूले जाहेरी दिएको र निजको किटानी जाहेरीलाई निज स्वयं अदालतमा उपस्थित भै वकपत्र गरी पुष्टी गरि दिएको देखिन्छ । १४ वर्षीय वालिका आफ्नै सामाजिक मान प्रतिष्ठामा आँच आउने गरी यी प्रतिवादीलाई जवर्जस्तीकरणीको आरोप लगाउनु पछाडि कुनै भरपर्दो कारण रहेको तथ्य समेत प्रतिवादीले खुलाउन सकेको अवस्था छैन । यसबाट जवर्जस्ती करणीको उद्योगको वारदातमा यिनै प्रतिवादीको संलग्नता रहेको पुष्ट हुन आउने । (प्रकरण नं.२३) पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री अमृत वस्नेत प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री जगदिशचन्द्र पाण्डे अवलम्वित नजीरः फैसला न्या.अनूपराज शर्माः पुनरावेदन अदालत वुटवलबाट मिति २०५९।६।१६ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ उपदफा (१) को खण्ड (ग) अन्तर्गत वादी प्रतिवादी दुवै पक्षको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार रहेको छ : – २. मिति ०५५।४।१४ गतेका दिन मेरो वर्ष १० की छोरी अनीता कोहारलाई वाख्री हेर्न भनी पठाएकोमा तपसी कुर्मिको वगैचामा गएको मौका पारी निज तपसी कुर्मीले अम्वा खान दिई आफनो झुपडी भित्र लगी छोरी अनितालाई जवरजस्ती करणी गरेको हुंदा आवश्यक कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त । ३. म तथा अनिता कोहार समेत भै वाख्रा लिई गएको थियौं । तपसी कुर्मीको अम्वाको वगैचामा बाख्रा चराई रहेको अवस्थामा मलाई निज तपसी कुर्मीले अम्वा खान दिई तिमी घरमा जाउ भनेबाट म आफ्नो घरमा गएको मौका पारी निज अनिता कोहारलाई एक्लै भएको अवस्थामा अम्वा खान दिई तपसी कुर्मिले जवरजस्ती करणी गरेको भन्ने अनिताले भनेकोले सुनेको हुँ भन्ने मिरा कोहारको कागज । ४. मलाई अम्वा खान दिई आफ्नो झुपडीमा लगी जवरजस्ती करणी गरेका हुन भन्ने पीडित अनिता कोहारको कागज । ५. अनिता कोहारको Hymen