निर्णय नं. ७७६३ - उत्प्रेषण, परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७६३ - उत्प्रेषण, परमादेश भाग: ४८ साल: २०६३ महिना: पौस अंक: ९ फैसला मिति :२०६३/०९/२६ ४८८६ निर्णय नं. ७७६३ ने.का.प. २०६३ अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित सम्बत् २०६२ सालको रिट नं.२६७९ आदेश मितिः २०६३।९।२६।४ मुद्दा : उत्प्रेषणयुक्त परमादेश । निवेदकः झापा जिल्ला जलथल गा.वि.स.वडा नं.६ घर भई हाल का.जि.का.म.न.पा. वडा नं.३२ अनामनगर बस्ने अधिवक्ता निर्मला उप्रेती विरुद्ध विपक्षीः नेपाल सरकार, कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, सिंहदरवार समेत § नेपाल सरकार स्वयंले पनि धर्मपुत्र तथा धर्मपुत्रीसम्बन्धी साविकको कानूनी व्यवस्थामा समयानुकूल परिवर्तन गर्नुपर्ने कुरा महसुस गरेको अवस्था देखिएको परिप्रेक्ष्यबाट विचार गर्दा सरकारले धर्मपुत्र वा धर्मपुत्रीसम्बन्धी कानूनी व्यवस्थालाई सुधार र परिमार्जन गर्न नचाहेको भन्न नमिल्ने । § देवानी संहिताको मस्यौदा २०६३, सरकारको विचाराधिन अवस्थामा रहेको र एक प्रकारले सुझावकै लागि सार्वजनिक रुपमा प्रकाशनमा ल्याएको पाईंदा बाल अधिकारसम्बन्धी महासन्धि १९८९, (Convention on the rights of the Child 1989 ) समेतका अन्तर्राष्ट्रिय सन्धि सम्झौता तथा अन्तर्राष्ट्रिय मापदण्ड लगायतका दस्तावेजहरु एवं अन्य प्रचलित सिद्धान्तहरु समेतलाई मध्यनजर राखी सो को अध्ययन गरी गराई निवेदकले उठाएका धर्मपुत्र तथा धर्मपुत्रीको हकहीत संरक्षणको विषयमा समेत उल्लिखित देवानी संहिता मसौदामा जो जे परिमार्जन गर्नु उपयुक्त हुन्छ ? त्यस सम्बन्धमा उपयुक्त कानूनी व्यवस्था मिलाउनेतर्फ आवश्यक पहल गर्नु भनी विपक्षीका नाउँमा निर्देशनात्मक आदेश जारी हुने । (प्रकरण नं.११) निवेदक तर्फबाटःविद्वान अधिवक्ताद्धय श्री निर्मला उप्रेती र चन्द्रकान्त ज्ञवाली विपक्षी तर्फबाटः सहन्यायाधिवक्ता श्री टिकावहादुर हमाल अवलम्वित नजीरः आदेश न्या.खिलराज रेग्मीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३/८८(२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ : – २. छोराछोरी नहुने लोग्ने मानिस र लोग्नेसँग अंश लिई वा मानो छुट्टिई भिन्न बसेकी स्वास्नीमानिसको आफ्नो छोराछोरी नभएको अवस्थामा मुलुकी ऐनले धर्मपुत्रको महलले धर्मपुत्र वा धर्मपुत्री राख्न पाउने व्यवस्था गरेको छ । धर्मपुत्रको ९ख. बमोजिम “धर्मपुत्र वा धर्मपुत्री हुने र राख्नेको उमेर कम्तिमा ३० वर्ष फरक हुनु पर्छ” भन्ने व्यवस्था गरेको भएता पनि धर्मपुत्र वा धर्मपुत्री बस्नेको उमेर कति हुनु पर्छ भन्ने सम्बन्धमा कुनै व्यवस्था गरिएको पाईंदैन । सो महल अन्तर्गत धर्मपुत्र वा धर्मपुत्रीको हक छोराछोरी सरह हुने साथै धर्मपुत्र वा धर्मपुत्रीले आफूलाई जन्माउने बाबु पट्टिको अंशमा दावा गर्न नपाउने व्यवस्था समेत गरेको छ । धर्मपुत्रको महलको १२क. नं.मा कुनै विदेशी नागरिकले ऐनले धर्मपुत्र वा धर्मपुत्री राख्न हुने नेपाली नागरिकलाई धर्मपुत्र वा धर्मपुत्री राख्न चाहेको खण्डमा “... विदेशी नागरिकको चरित्र र आर्थिक स्थिति हेरी सम्बन्धित विदेशी सरकार वा राजदूतावासको सिफारिस भएमा श्री ५ को सरकारले धर्मपुत्र वा धर्मपुत्री दिने स्वीकृत दिन सक्ने” भन्ने व्यवस्था गरेको छ । ३. गर्भैदेखि बच्चाको सम्बन्ध बाबुआमासँग जोडिएकै कारण उसको आकृति एवं स्वभाव पनि प्रायः मिल्दोजुल्दो हुन जान्छ । बोली नफुट्दै उसले आफ्नो र पराई छुट्याइसकेको हुन्छ । तोतेबोलीको क्रममै संस्कृतिको पहिचान प