निर्णय नं. ७७६४ - कर्तव्यज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७६४ - कर्तव्यज्यान भाग: ४८ साल: २०६३ महिना: पौस अंक: ९ फैसला मिति :२०६३/०५/२५ ३१६५ निर्णय नं. ७७६४ ने.का.प. २०६३ अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित माननीय न्यायाधीश श्री बलराम के.सी. सम्वत २०६० सालको फौ.पु.नं.३३२५ फैसला मितिः २०६३।५।२५ मुद्दाः— कर्तव्य ज्यान । पुनरावेदक / वादीः गोपीप्रसाद सिंह समेतको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी / प्रतिवादीः सिरहा जिल्ला धनगढी गा.बि.स.वडा नं.२ बस्ने उत्तमप्रसाद भट्टराइ समेत § प्रेम सम्बन्धको जरिया बनाई यी प्रतिवादीहरुले आरोपित कसूर गरेको हुन भनी प्रहरी समक्ष भएको साविती बयानकै भरमा कर्तव्य ज्यान जस्तो अ0पराधमा दोषि करार गरी सजाय गर्नु न्यायोचित नहुने । (प्रकरण नं.५०) § सावितीलाई स्वतन्त्र प्रमाणले पुष्टि गरी आरोपित कसूरमा प्रतिवादीहरुको नै संलग्नता रहेको कुरा प्रमाणित गर्ने प्रमाणको भारलाई त्यस्तो प्रमाणको अभावमा जिकिर लिएकै आधारमा प्रतिवादीहरुलाई सजाय गर्नु फौज्दारी न्यायको सिद्धान्तले पनि आत्मसात नगर्ने । (प्रकरण नं.५१) § छोरीसँग प्रेम सम्बन्ध रहेकै कारणबाट मृतकलाई मार्नु पर्ने अवस्था परी सो कर्तव्यमा निजको संलग्नता रहेको भनी जाहेरीमा नामाङ्कन गर्दैमा ज्यान सम्बन्धी महलको १३(३) नं.अनुसारको कसूरमा यी प्रतिवादीलाई सजाय गर्न न्यायोचित नहुने । (प्रकरण नं.५२) पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री वज्रेश प्याकुरेल प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्वित नजीरः फैसला न्या.शारदाप्रसाद पण्डितः न्याय प्रशासन ऐन २०४८ को दफा ९ (१) (ग) वमोजिम पुनरावेदन अदालत, राजविराजको मिति २०५९।८।२५ को फैसला उपर वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन यसै अदालतको अधिकार क्षेत्र भित्र पर्ने हुंदा प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः— २. मिति २०५७।५।२ गतेका दिन बिहान ७ बजेको समयमा सिराहा जिल्ला धनगढी गा.बि.स.वडा नं.२ स्थित २ नं.रोड देखि उत्तर धान खेतमा लोग्ने मानिसको मृतक लास छ भन्ने कुरा स्थानीय व्यक्तिहरुले भनेको हुँदा हामीहरु उक्त स्थानमा गई हेर्दा जिल्ला सिराहा गोबिन्दपुर गा.बि.स.वडा नं.८ बस्ने महेन्द्र नारायण सिंहको छोरा विनोदकुमार सिंहको मृतक लाश हो भन्ने बुझि लास चिनेको निज विनोदकुमार सिंहलाई मिति २०५७।५।१ गते रातीको कसले कर्तव्य गरी मारेकोले अपराधीहरु पत्ता लगाई कारवाही गरिपाऊँ भन्ने प्र.स.नि. पुष्पबिक्रम मल्ल समेतको जाहेरी दरखास्त । ३. सिराहा जिल्ला धनगढी गा.बि.स.वडा नं.२ स्थित २ नं.रोड देखि उत्तर भरत श्रेष्ठको घर देखि दक्षिण हरि दाहालको घर देखि पूर्व उत्तम भट्टराईको घर देखि पश्चिम यति चार किल्ला भित्र लास रहेको, भरतको घर देखि १०० मिटर पूर्व चाइनिज ज्याकेट र लास छेउमा २ वटा खुकुरी रहेको र लासको नाकबाट केही तरल पदार्थ निस्किएको, बाँया हातको बुढी औंला १ इन्च लामो, साइली र कान्छी औंलामा खोस्रिएको घाउ बाँया काखी मुनि खोस्रिएको दाग भन्ने घटनास्थल तथा लास प्रकृति मुचुल्का । ४. बिजुलीको करेन्ट लागेको कारणबाट विनोदकुमार सिंहको मृत्यु भएको हुन सक्ने ( The cause of death is asphyxia due to electric burn, but that is not sufficient) भन्ने समेत व्यहोराको मृतक विनोदकुमार सिंहको लास जाँच प्रतिवेदन । ५. महेश भन्ने रंजितकुमार पोखरेल र म जाहेरवालाको भाई विनोदकुमार सिंह क्याम्पसमा सँगै पढने साथी भएकोले १ अर्काको घरमा आउने जाने गर्दथे । उत्तमप्