निर्णय नं. ७७६६ - अंश दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७६६ - अंश दर्ता भाग: ४८ साल: २०६३ महिना: पौस अंक: ९ फैसला मिति :२०६३/०७/२२ ३१४३ निर्णय नं. ७७६६ ने.का.प. २०६३ अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ सम्वत २०६० सालको दे.पु.नं. ९०२१ फैसला मितिः २०६३।७।२२।४ मुद्दा : अंश दर्ता । पुनरावेदक प्रतिवादीः जिल्ला सप्तरी गा.वि.स. वरहीविरपुर वडा न. १ वस्ने सुखदेव यादव समेत विरुद्ध प्रत्यर्थी वादीः ऐ.ऐ.वस्ने क्षत्रीकुमारी यादवनी § जिल्ला प्रशासन कार्यालयबाट लिएको नं. २७६०।८२० को नागरिकताको प्रमाणपत्रमा निजको जन्ममिति २०१८।१।२८ भनी उल्लेख भएको देखिंदा फिराद दायर गर्दाका अवस्थामा वादी ३५ वर्ष नपुगेको भन्ने नदेखिने । § प्रतिवादीहरुले उमेर सच्याई ३५ वर्ष पुर्‍याएको भनी जिकिर लिएकोमा आधिकारीक निकायबाट कानून वमोजिम प्राप्त गरेको नागरिकतामा उल्लेखित जन्ममितिलाई प्रस्तुत मुद्दाबाट अन्यथा हो भन्न नमिल्ने । § मुलुकी ऐनमा एघारौ सशोधन (२०५९।६।१०) हुनु अगाडि अंशवण्डाको १६ नं मा छोरीले छोरा सरह अंश प्राप्त गर्नका लागि ३५ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था भएपनि हालको अबस्थामा छोरीले अंश प्राप्त गर्नको लागि त्यस्तो उमेरको हद शर्त वन्देज नभएको र वादीको वैवाहिक स्थितीमा परिवर्तन भएको भन्ने प्रतिवादीहरुको जिकिर नरहेको अवस्थामा उमेर नपुगेको कारणबाट वादीले अंश नपाउने भन्ने प्रतिवादीहरुको पनरावेदन जिकिर पनि पुग्न नसक्ने । (प्रकरण नं.२०) पुनरावेदक प्रतिवादी तर्फबाटःविद्वान अधिवक्ता श्री रामकृष्ण गौतम प्रत्यर्थी वादी तर्फबाटः अवलम्वित नजीरः फैसला न्या.दामोदरप्रसाद शर्माः पुनरावेदन अदालत राजविराजको मिति २०६०।१।३१ को फैसलामा प्रतिवादीले चित्त नवुझाई न्याय प्रशासन ऐन, २०४८ को दफा ९ वमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एंव ठहर यस प्रकार छ : – २. मुल पुर्खा फौदार यादवको २ पत्नीमा जेठी भुटिया देवी यादवनी कान्छी गुलवन्ती यादवनी हुन । जेठी भुटियादेवी तर्फका एक मात्र छोरा विपक्षी सुखदेव यादव कान्छी गुलवन्ती यादवनी तर्फबाट दुई छोरीमा जेठी वालोदेवी यादवनी र कान्छी म फिरादी क्षत्रीकुमारी यादवनी हुँ । विपक्षी सुखदेव यादवका दुई छोरामा जेठा विपक्षी इन्द्रदेव यादव कान्छा विपक्षी धर्मनारायण यादव हुन यसरी विपक्षी सुकदेव र म विच सौतेनी दाजु वहिनीको नाता पर्छ एंव विपक्षी इन्द्रदेव र धर्मनारायण यादव र म विच फुपु भतिजाको नाता पर्दछ । मेरो वावु आमा तथा सौतेनी आमा समेतको आफ्ना कालगतीले मृत्यु भएको हो । वुवाको मृत्यु भन्दा पहिला नै वुवा फौदार यादवले मेरी आमाको नामको सम्पत्ति समेत आफ्ना नाममा गराई स्व.वुवा फौदार यादवले विपक्षी इन्द्रदेव यादवलाई वकसपत्र गरि दिएकोमा सो को विरुद्धमा वकसपत्र वदर मुद्दा अदालतमा मैले चलाएकोमा मलाई सो मुद्दा मिलापत्र गरौँ हामी तिमीलाई इज्जत आमद अनुसार खान लाउन दिई पालन पोषण गरौला भनि मुद्दा मिलापत्र गरि साझा सगोल मै वस्दै आएका थियौ । तर पछि पछि गएर प्रतिवादीले म उपर नराम्रो व्यवहार गर्न थाले । म सानै देखि खुट्टाको विरामीका कारण अर्धअपांग जीवन विताई रहेको अवस्थामा मलाई खान लाउन समेत नदिई घरबाट निकाला गरेकाले अन्य गाउले समाजको साहरामा अर्काको काम गरि खादै २०५३।१०।१२ गते देखि विपक्षीहरुसँग चुलोमानो अलग गरि वस्दै आएकी छु । विपक्षीहरुसँग मेरो अंश हक माग्दा सो समेत नदिई खान लाउन समेत नदिएर घरबाट निकाला गरि अन्याय गरेका छन । म सानै देखि अपांग