निर्णय नं. ७७६७ - ठगी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७६७ - ठगी भाग: ४८ साल: २०६३ महिना: पौस अंक: ९ फैसला मिति :२०६३/०२/३१ ४३६३ निर्णय नं. ७७६७ ने.का.प. २०६३ अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री वद्रीकुमार वस्नेत माननीय न्यायाधीश श्री ताहिरअलि अन्सारी सम्वत २०५९ सालको फै.पु.नं. २७१२, २९५८, २९८९ फैसला मितिः २०६३।२।३१।४ मुद्दा : ठगी । पुनरावेदक / वादी मनवहादुर गुरुङको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी / प्रतिवादीः झापा जिल्ला गोलधाप गा.वि.स. वडा नं. ६ मा घर भई हाल चारपानेमा डेरा गरी वस्ने इश्वरी भन्ने इन्द्रप्रसाद नेपाल समेत पुनरावेदक र प्रतिवादीः ओखलढुङ्गा जिल्ला गोगने गा.वि.स. वडा नं. ९ घर भै हाल झापा जिल्ला अनारमनि गा.वि.स. वडा नं. ८ वस्ने विष्णुमणि वस्नेत विरुद्ध प्रत्यर्थी र वादीः मनबहादुर गुरुङको जाहेरीले नेपाल सरकार पुनरावेदक र प्रतिवादीः झापा जिल्ला गोलधाप गा.वि.स. वडा नं. ६ घर भै हाल ऐ. चारपाने गा.वि.स. वडा नं. १ वस्ने इश्वरी भन्ने इन्द्रप्रसाद नेपाल विरुद्ध प्रत्यर्थी र वादीः मनवहादुर गुरुङको जाहेरीले नेपाल सरकार § विगो भराउने गरी भएको फैसलाको कार्यन्वयनमा कसूरदार एकजना मात्रै वा सो भन्दा वढी जतिसुकै भएतापनि विगोको परिमाणमा कुनै अन्तर आउने अवस्था नरहने । § एक जना मात्र कसूरदार भएमा एक्लैले सवै विगो भराउनु पर्ने हुन्छ भने धेरै जना कसूरदार भएमा जसले जती विगो लिए खाएको देखिन आउँछ त्यती विगो र त्यसरी अलग अलग परिमाण विगो लिए खाएको देखिन नआएमा दामासाहीले विगो भराउन पर्ने दायित्व प्रतिवादीहरुको रहने । (प्रकरण नं.३०) § सजाय सम्बन्धी कुनैपनि कानूनी प्रावधानको व्याख्या गर्दा ऐनको बनौट र विधायिकाको मनसायलाई मध्यनजर राख्नुपर्ने हुन्छ । प्रत्येक फौज्दारी अपराधको प्रकृति फरक हुन्छ र अपराधको प्रकृति अनुसार विधायिकाले निर्धारित गरेको सजाय गर्नु वा निर्धारित सीमा भित्र रही सजाय गर्ने काम निर्णयकर्ताको हुने । § कसूरदार एउटै व्यक्ति भएमा उपरोक्त जरीवाना उसैलाई हुन्छ भने एक भन्दा वढी कसूरदार भएमा सोही सजाय दामासाहीबाट हुने कुरा निश्चित र स्पष्ट छ । यसर्थ ठगीको ४ नं अनुसारको जरीवाना र कैद प्रतिवादीहरुलाई जनही हुनुपर्ने भन्ने पुनरावेदक वादीको पुनरावेदन जिकिर मनासिव नदेखिने । (प्रकरण नं.३१) प्रत्यर्थी प्रतिवादी तर्फबाटः पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता विश्वराज कोइराला अवलम्वित नजीरः फैसला न्या.ताहिरअलि अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार पुनरावेदन अदालत इलामको फैसला उपर यस अदालतमा दायर हुन आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य र ठहर निम्नानुसार छ :- २. म भारतमा अलैची अदुवाको खेती गरी वस्ने गरेको थिए । प्रतिवादी इन्द्रप्रसाद नेपाल वेला वखतमा म भएको ठाउँमा आउने जाने गर्दथ्यो । निजले मलाई नेपालमा घर जग्गा किन्नु हुन्छ भने मिलाई दिन्छु भनेकाले मलाई पनि किन्ने विचार भै २०५७।२।७ गते विर्तामोडमा आई निज सँग भेटी चारपाने १ स्थित आंखा अस्पताल अगाडिको मैले नचिनेको मानिसको घर जग्गा देखाई सो घर जग्गाको वैना वट्टा गर्ने भनि २०५७।२।१२ गते ४.०० वजेको समयमा विर्तामोड स्थित होटल ताज एण्ड लजमा वसी म सँग भएको भारतीय रु. ५००।– दरको नोट रु. १,००,०००।– एक लाख रुपैया लिनु दिनु गरी रहेको अवस्थामा निजहरुको पूर्व योजना अनुसार प्रतिवादी विष्णु मणि वस्नेत प्रहरी पोसाक लगाई हामी वसेको कोठामा आइृ प्रतिवादी इन्द्र नेपाल र नरवहादुर वि.के. लाई कुटपीट गरे जस्तो वहाना वनाई उक्त रकम लिई