निर्णय नं. ७७६८ - कर्तव्यज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७६८ - कर्तव्यज्यान भाग: ४८ साल: २०६३ महिना: पौस अंक: ९ फैसला मिति :२०६३/०८/०८ ५६५७ निर्णय नं. ७७६८ ने.का.प. २०६३ अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री वलराम के.सी माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह संवत २०६१ सालको फौ.पु.नं. ––३१६७ फैसला मितिः २०६३।८।८।६ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक वादीः महानन्द पौडेल समेतको जाहेरीले श्री ५ को सरकार विरूद्ध प्रत्यर्थी प्रतिवादीः पर्वत जिल्ला, पाङ गा.वि.स. वडा नं. ४ वस्ने कलावती सुवेदी समेत § फौजदारी मुद्दाका वादीले पहिलो कुरा अपराधै भयो भएन सो कुरा अपराध भएको भन्ने संकारहित तवरबाट प्रमाणित भएपछि कसै उपर अभियोग लगाई मुद्दा चलाईन्छ भने त्यसरी मुद्दा चलाईएको व्यक्ति उपर संकारहित तवरबाट अभियोग प्रमाणित गर्नु पर्ने । § शंकाको भरमा वा अपराध भएको सुनेको भन्ने Hear Say Evidence को भरमा वा अदालतलाई ग्राह्य नहुने प्रमाणको भरमा मात्र राज्यले कसै उपर अभियोग लगाई मुद्दा चलाउन नहुने । § वारदात प्रतिवादीहरुको संलग्नतामा भएको भन्ने प्रत्यक्ष प्रमाण वा परिस्थितीजन्य वा कुनै अन्य प्रमाण पनि नभएको अवस्थामा मुद्दानै चल्न नसक्ने अवस्थाको प्रतिवादीहरुलाई मुद्दा चलाई पुनरावेदन सुन्ने अदालतबाट समेत सफाई दिए उपर वादी नेपाल सरकारले चित्त बुझाई बस्नु पर्नेमा अझ सँजाय हुनुपर्छ भनी वादीले गरेको पुनरावेदन जिकिर उपर सहमती हुन नसकिने । § फौजदारी मुद्दामा वादी राज्य पक्ष हुने हुनाले राज्यले पुनरावेदन गर्ने अधिकारका सम्वन्धमा हाम्रो कानूनले वादी र प्रतिवादीलाई समान पुनरावेदन गर्ने अधिकार दिएको छ । पुनरावेदन गर्ने अधिकार कानूनले प्रदान गरेको छ भन्दैमा प्रमाण सुन्य मुद्दामा समेत पुनरावेदन गर्ने वर्तमान परिपाटी राज्यले अन्त्य गर्ने तर्फ ध्यान दिनुपर्ने । § पुनरावेदन गरी मुद्दा लम्व्याउने भन्दा कहाँ के किन र कस्तो त्रुटीले गर्दा राज्यले मुद्दा हार्न गयो भन्ने तर्फ सुधार गरेपछि यस अदालत एवं राज्य दुवैको अमुल्य समय खेर नजाने । (प्रकरण नं.३३) § सजायको माग गरी पुनरावेदन दावी लिएका यी प्रतिवादीहरुलाई अभियोगमा सजाय गर्न तथ्य प्रमाणको अभाव देखिएको र सफाई दिने गरी भएको पुनरावेदन फैसलालाई यस अदालतबाट फौ.पु.नं. ३०७९ को कर्तव्य ज्यान मुद्दामा मिति २०६०।२।१९ मा सदर ठहरी फैसला समेत भैसकेको देखिदा यी प्रतिवादीहरुलाई सफाई दिने गरी भएको पुनरावेदन अदालतको फैसला मिलेकै देखिदा सदर हुने । (प्रकरण नं.३४) पुनरावेदक वादी तर्फबाटः प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्वित नजीरः फैसला न्या.वलराम के.सी. : पुनरावेदन अदालत वाग्लुङको मिति २०५९।३।१२ को फैसला उपर वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परी न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ख) बमोजिम यस अदालतको क्षेत्राधिकार भित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य सहित ठहर यस प्रकार छ : – २. म जाहेरवालाको जेठो छोरा वर्ष १९ को शेषकान्त उपाध्यायको विवाह २ वर्ष अगाडि धाइरिङ माइत भएकी जमुनासँग भएको र उनीहरू बीचको सुमधुर रहेको कुनै किसिमको खटपट थिएन । हालसम्म कुनै सन्तानको जन्म भएको छैन, मिति ०५७।१०।२४ गते छोरा शेषकान्तलाई ज्वरो आई सुतिरहेको र बुहारी जमुना उपाध्याय रेग्मी खानाखाई घरको काम धन्दा सकि सुतेकी र राति १० बजेको समयमा पाङबाट मेरी माइती सासुले कोसेली स्वरुप ल्याई दिएको रोटी भाउजुलाई लगिदे भनि मेरो श्रीमतीले कान्छा छोरालाई पठाउँदा कोठामा चुकुल लगाएको, पटक पटक वोलाउँदा नवोलेपछि माइलो छ