निर्णय नं. ७७७० - उत्प्रेषण मिश्रित परमादेश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७७० - उत्प्रेषण मिश्रित परमादेश । भाग: ४८ साल: २०६३ महिना: माघ अंक: १० फैसला मिति :२०६३/१०/१८ ५६१० निर्णय नं. ७७७० ने.का.प.२०६३ अङ्क १० सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्बत् २०६३ सालको विशेष रिट नं. ..१३३ आदेश मितिः २०६३।१०।१८।५ बिषय : – उत्प्रेषण मिश्रित परमादेश । निवेदकः बांके जिल्ला नेपालगंज नगरपालिका स्थित कर्णाली विकास वैंक लिमिटेडको संस्थापक शेयर होल्डर का.जि.का.म.न.पा.वार्ड नं. ३३ मैतीदेवी वस्ने इन्द्र शेखर खड्का विरूद्ध विपक्षीः नेपाल राष्ट्र बैक केन्द्रीय कार्यालय, काठमाडौं समेत § कम्पनीको प्रथम वार्षिक साधारण सभा भै संचालकको नियुक्ति नहुञ्जेलसम्मका लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी अध्यादेश २०६२ को दफा १७(१) अनुसार संचालकको नियुत्ति संस्थापकबाट हुने ब्यवस्थाले संस्थापक सदस्य बढी विशेष जिम्मेवार बनाएको परिप्रेक्षमा संस्थापक शेयरधनी र साधारण शेयरधनीलाई जिम्मेवारीको हिसावमा समान स्तर भनी मान्न नमिल्ने । (प्रकरण नं.१९) § बैंक तथा वित्तीय संस्थासम्बन्धी अध्यादेश, २०६२ को दफा ९ मा संस्थापक शेयरधनीले आफूले धारण गरेको शेयर ५ बर्षसम्म बिक्रि गर्न र धितो बन्धक राख्न नपाईने र त्यसपश्चात् राष्ट्र बैङ्कले तोकेको शर्तको अधिनमा रही शेयर बिक्रि गर्न धितो बन्धक राख्न सक्ने ब्यवस्था अनुसार राष्ट्र बैंकको २०६२।१२।१५ को निर्णय मनोमानी नभै कुनै खास उद्देश्य पूर्तिको निमित्त कानूनको अधिनमा गरेको देखिँदा संस्थापक शेयरधनी र साधारण शेयरधनी शेयरको हैसियत एकै हुँदा समानताको सिद्धान्त विपरीत शेयर तथा डिबेञ्चर बिक्रि गर्ने वा धितो राख्ने सम्बन्धमा असमान ब्यवहार गरियो भन्ने जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं.२४) § निवेदकले नेपाल राष्ट्र वैंकबाट जारी भएको २०६२।१२।१५ को परिपत्र नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१), १२(२) (ङ) र १७ संग वाझियो मात्र भन्नुभएको, वाझिएको कुरा पुष्टि हुन नआएको, वैंक तथा वित्तीय संस्था सम्बन्धी अध्यादेश, २०६२ को दफा ९(२) को ब्यवस्था बमोजिम नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरेको र सो दफा ९ संविधानसंग बाझियो भन्ने निवेदन जिकिर नभएको सन्दर्भमा निवेदन माग वमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं.२७) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रेमप्रसाद पाण्डे र थानेश्वर अर्‍याल अवलम्वित नजीरःने.का.प.२०६१, अंक १२, पृष्ठ १५३९ आदेश न्या.मीनवहादुर रायमाझीः नेपाल राष्ट्रबैंकद्वारा जारी भएको मिति २०६२।१२।१५ को परिपत्र नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१), १२(२) (ङ) र १७, कम्पनी अध्यादेश २०६२ को दफा ४२ तथा वैंक तथा वित्तीय संस्था सम्बन्धी अध्यादेश,२०६२ को दफा ९ समेतसंग वाझिन गएकोले र आफू कर्णाली विकास वेंक लिमिटेडको संस्थापक शेयर होल्डर भएको तथा सो परिपत्रले संस्थापक शेयर र साधारण शेयरमा विभेद गरेकोले संविधानको धारा २३।८८ (१) (२) वमोजिम उक्त परिपत्र प्रारम्भतः अमान्य र वदर घोषित गरी पाउँ भनी दायर हुन आएको प्रश्तुत निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ : – २. निवेदक कर्णाली विकास वैंक लिमिटेडको संस्थापनको चरणमा नै संस्थापक शेयर होल्डर भै शेयरहोल्डरको हैसियतले १००० थान शेयर प्राप्त गरीसकेको छु । मैले प्राप्त गरेका उल्लेखित शेयरहरुमा तत्काल वहाल रहेको कम्पनी ऐन, २०५३