निर्णय नं. ७७७१ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७७१ - उत्प्रेषण समेत भाग: ४८ साल: २०६३ महिना: माघ अंक: १० फैसला मिति :२०६३/१०/२५ ४००७ निर्णय नं. ७७७१ ने.का.प.२०६३ अङ्क १० सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला सम्बत् २०६० सालको रि.पू.ई.नं.: ९ आदेश मितिः २०६३।१०।२५।५ बिषय :– उत्प्रेषण समेत । निवेदकः जिल्ला कैलाली धनगढी न.पा.वडा नं. ३ घर भै मालपोत कार्यालय,डोटीमा खरिदार पदमा कार्यरत शेरबहादुर वोगटी विरूद्ध विपक्षीः बढुवा समितिको सचिवालय, जिल्ला प्रशासन कार्यालय, डोटी समेत § संयुक्त इजलासवाट अलग अलग तथ्यगत पृष्ठभूमिमा अलग अलग कानूनी व्यवस्थाका आधारमा निर्णय भएको अवस्था र स्थितिका बिषयलाई लिएर एक निश्चित सिध्दान्त हुन नसक्ने हुँदा एक निश्चित सिध्दान्त कायम नभएको भन्ने संदर्भ स्वतः नरहने । (प्रकरण नं.१७) § सरुवा र रमानालाई एकै रुपमा हेर्न मिल्दैन भने सरुवालाई रमानाले प्रतिस्थापना गर्ने पनि होइन । यी दुई अवस्था समान नहुने । § विपक्षीको सरुवा मिति २०५५।२।२६ मा भएको देखिएकोमा सरुवा र प्रतिशत निर्धारण बीचको समय जम्मा ५ दिन मात्र भै निजामती कर्मचारीले एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा भै जाँदा पाउने नि.से.नि. २०५० को नियम ४० को म्यादभित्रै प्रतिशत निर्धारण भएको अवस्थामा निजामती सेवा ऐन २०४९ को दफा १२ तथा निजामती सेवा नियमावलीको नियम ७६(ग) का आधारमा सरुवा मिति २०५५।२।२६ मा भएपनि मिति २०५५।२।३१ मा प्रतिशत, निर्धारण भै सोही निर्धारित प्रतिशतको आधारमा मिति २०५५।३।२२ मा प्रकाशित बढुवाको सूचना अनुसार बढुवाको उम्मेदवार कायम गरी साविक कार्यालय क्षेत्रभित्रको ना.सु. पदमा बढुवा गर्ने गरेको बढुवा समितिको निर्णय एवं सो निर्णय सदर गर्ने गरेको का.मु. रजिष्ट्रारको निर्णय कानूनसम्मत देखिने । (प्रकरण नं.१८) निवेदक तर्फबाट : विपक्षी तर्फवाट : विद्वान सहन्यायाधिवक्ता श्री राजनारायण पाठक अवलम्वित नजीरः आदेश न्या.खिलराज रेग्मीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत पर्न आएको रिट निवेदन निर्णयार्थ पेश हुँदा यस अदालत, संयुक्त इजलासवाट निवेदनमा समावेश भएको बिषयमा एक निश्चित सिध्दान्त कायम हुन सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(ख) वमोजिम पूर्ण इजलासमा पेश गर्नु भनी भएको आदेशानुसार यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा तथा आदेश यसप्रकार छ :– २. म निवेदक २०३८ सालमा मुखिया पदमा स्थायी नियुक्ति भई २०५४ सालमा खरिदार पदमा वढुवा भई मालपोत कार्यालय, डोटीमा कार्यरत रहेकोमा डोटी जिल्लामा विभिन्न कार्यालयहरुमा रिक्त रहेका राजपत्र अनंकित प्रथम श्रेणी नायव सुव्वाको ३ पदमा बढुवाद्वारा पदपूर्ति गर्ने भनी लोकसेवा आयोग सुदूर पश्चिमान्चल क्षेत्रीय निर्देशानालय. दिपायलको मिति २०५५।२।३१ को पत्रानुसार प्रतिशत निर्धारण भई बढुवाको लागि सूचना प्रकाशित हुँदा म निवेदक समेत १६ जना उम्मेदवारहरुको दरखास्त परेको थियो । सो सूचना प्रकाशित हुनुपूर्व बिपक्षी इन्द्रप्रसाद श्रेष्ठ मालपोत विभागको मिति २०५५।२।२६ को निर्णयानुसार मालपोत कार्यालय, डोटीबाट मालपोत कार्यालय, डडेलधुरामा सरुवा भईसक्नु भएको थियो । डडेलधुराका विभिन्न कार्यालयहरुमा रिक्त नायव सुब्बा पदको बढुवाको लागि आ.व. २०५५।०५६ मा विज्ञापन भएको र सो विज्ञापनलाई स्वीकार गर्दै बिपक्षी इन्द्रप्रसाद श्रेष्ठले डडेलधुरावाट कार्य सम्पादन मूल्याङ्कन फाराम समावेश गरा