निर्णय नं. ७७७२ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७७२ - जबरजस्ती करणी भाग: ४८ साल: २०६३ महिना: माघ अंक: १० फैसला मिति :२०६३/१०/०८ ७०२५ निर्णय नं. ७७७२ ने.का.प.२०६३ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ सम्वत २०५८ सालको फौ.पु.नं. : २७६१ फैसला मितिः २०६३।१०।८।२ मुद्दा : – जर्वजस्तीकरणी । पुनरावेदक / वादी कृष्णहरी माकको जाहेरीले, नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी भक्तपुर जिल्ला भ.पु.न.पा. वडा नं. १ बस्ने दिपक तुलसी वाख्यो § प्रस्तुत विवादमा पीडित बालिकाले प्रारम्भमा गरेको कागज र पछि गरेको बकपत्रको अन्तर्वस्तुका आधारभूत कुराहरुमा सँगति देखिएकोले बालिकाको वकपत्रको प्रमाणिक महत्वलाई गौण बनाएर मूल्याङ्कन गर्नुपर्ने नदेखिने । (प्रकरण नं.२७) § समयमा दिएको जाहेरी दरखास्तबाटै वारदातस्थलको सूरक्षा, अपराध गर्ने व्यक्तिको खोजी वा पक्राउमा तदारुकता तथा अपराधसँग सम्बन्धित चिज, वस्तु वा दशी प्रमाणको संरक्षण र संकलनमा समेत सहयोग पुग्न जाने । § बालबालिकाले कुनै प्रश्नको परिणाम र प्रकृति राम्रोसँग नबुझ्ने गरी गरिएको बाल अमैत्रीपूर्ण परंपरागत अदालती प्रणाली अनुरुपको जिरहमा व्यक्त भएको सानो तिनो कुरालाई मूल आधार लिनु भनेको अभियुक्त उपर कठोर फौजदारी दायित्व रहने जवरजस्तीकरणी जस्तो अपराध वा त्यसमा पनि ६ वर्षको अवोध नावालिका माथि गरिएको नृसंस र वर्वरतापूर्ण अपराधबाट अपराधीलाई उन्मुक्ति दिनु हुने । (प्रकरण नं.२८) § राज्य वा समाजमा विद्यमान आर्थिक, सामजिक, राजनीतिक, सांस्कृतिक भेदभाव र चेतनाको स्तर जस्ता तत्वहरुले यस विषयमा प्रत्यक्ष र परोक्ष दुवै रुपमा प्रभाव पारी रहेकै हुन्छन् । यूरोप र अमेरिका जस्ता पश्चिमा मूलुकहरुको सामाजिक अवस्था र हाम्रो जस्तो समाजको चेतनाको स्तर र अवस्थामा उस्तै सजगता र सक्रियताको अपेक्षा गर्न सकिन्न । यस्तो अवस्थामा हाम्रो फौजदारी न्याय प्रशासन संचालन गर्दा हाम्रै सामाजिक पृष्ठभूमिलाई आत्मसात गर्नु पर्दछ । आफ्नो सामाजिक पृष्ठभूमिलाई नजरअन्दाज गर्नु निश्चय पनि यथार्थ न्यायको लागि व्यवहारीक र उपयुक्त नहुने । (प्रकरण नं.२९) § जाहेरी दरखास्त यती घण्टा, वा दिन भित्र दिई सक्नु पर्ने भनी यान्त्रिक तवरबाट गणना गरी कठोरतापूर्वक निर्धारण गरिने हदम्याद जस्तो विषय भने होइन । अपराधको प्रकृती, समाजको चेतनाको स्तर, भौगोलिक अवस्था, पीडितको पारिवारिक पृष्ठभूमि, कसूरको पिडा, पीडित भएर पनि पीडित उपर नै धार्मिक वा सामाजिक कुसंस्कारको परिणाम स्वरुप पीडितलाई नै दागी बनाउने (Stigmatization) प्रवृत्तिको फलस्वरुप कसूरको जाहेर गर्ने वा नगर्ने भन्ने कुरामा नै दुविधा हुने मनोवैज्ञानिक दवाव (Psychological Stress) जस्ता तत्वहरुले यसमा प्रभाव पारिरहने । § एक दिन ढिलो गरी परेको जाहेरीबाट सवद्ध प्रमाणहरु नष्ट भई संकलन गर्न नसकिने अवस्था रहेको देखिएन । यस्तो समग्र स्थितिको विश्लेषणबाट ८ गतेको वारदातलाई लिएर १० गते परेको जाहेरी ढिलो गरी परेको भनी अन्यथा निष्कर्षमा पुग्न सकिने स्थिति प्रस्तुत मुद्दामा नदेखिने । (प्रकरण नं.३०) § जाहेरवाला घटनाको पीडित हुनु पर्ने वा घटना प्रत्यक्ष देखेको व्यक्तिनै हुनु पर्ने कानूनी अनिवार्यता समेत नहुँदा अपराध बारेको सम्पूर्ण तथ्य जाहेरी दरखास्तमा नै उल्लेख भएको हुनु पर्दछ भनी मान्न मिल्ने अवस्था नहुने । (प्रकरण नं.३१) § अविश्वासनीय र प्रमाणित नभएको अन्यत्र गएको भन्ने जिकिरका भरमा प्रतिवादी घटना स्थलमा नभएको भनी मान्न