निर्णय नं. ७७७४ - जुवा तास
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७७४ - जुवा तास भाग: ४८ साल: २०६३ महिना: माघ अंक: १० फैसला मिति :२०६३/१०/०१ १४२६८ निर्णय नं. ७७७४ ने.का.प.२०६३ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला सम्वत २०५९ सालको फौ.पु.नं. : ३२३० फैसला मितिः २०६३।१०।१।२ मुद्दाः जुवा तास । पुनरावेदक / वादी प्रहरी निरिक्षक राजेन्द्र ढकालको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादीः जिल्ला मोरंग विराटनगर उप महानगरपालिका वडा नं. ४ बस्ने भाईराजा प्रधान समेत § जुवा ऐन, २०२० को दफा २ मा “जुवा” भन्नाले “सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोगका आधारमा बाजी थापी खेलेको कुनै खेल सम्झनु पर्दछ” भन्ने उल्लेख भएबाट के स्पष्ट हुन आउँदछ भने जुवा खेल खेल्नको लागि सम्पत्तिको हारजित, संयोग र खेल खेल्दा बाजी थाप्ने जस्ता कार्यहरुको विद्यमानता हुनुपर्ने । § तासको मेरिज खेलमा पक्षहरुको बीचमा धन सम्पत्तिको हार जित हुने, संयोग नपर्ने पक्षले वाजी गर्न नसक्ने, संयोग परी वाजी गर्नेले वाजी गरे बापत धन, रुपैंया पैसा, सम्पत्ति प्राप्त गर्ने, वाजी गर्न नसक्नेले धन सम्पत्ति हार्ने जस्ता कार्यहरु तासको मेरिज खेलमा पनि विद्यमान हुने भएकोले तासको मेरिज खेललाई जुवा होइन भन्न सकिने अवस्था नरहने । (प्रकरण नं.४५) § बरामदी मुचुल्कामा बस्ने लक्ष्मीप्रसाद निरौला समेतका व्यक्तिहरुले प्रतिवादीहरुबाट रकम बरामद भएको हामीहरुले देखेको होइन । केवल मुचुल्कामा वसि दिनु होस भनेकोले वसी दिएको हौं भनी अदालतमा आई वकपत्र गरी दिएका छन् । वादी पक्षबाट प्रतिवादीहरु मध्ये कोबाट कति रकम बरामद भएको हो किटानी साथ भन्न नसकेको अवस्थामा प्रतिवादीहरुले पैसाको हारजित हुने गरी तासको मेरिज खेल खेलेका हुन नै भन्ने कुरा पुष्टि हुन नआएबाट निजहरुले जुवा ऐन, २०२० को दफा ३(१) अनुसारको कसूर गरेको देखिन नआउने । (प्रकरण नं.४६) § तास, जुवा र रुपैंया पैसा बाजी राखी खेलिने तासको मेरिज खेल जुवा नै हो भन्ने एकिन भएतापनि प्रतिवादीहरुले तासको मेरिज खेल खेली जुवाको रुपमा वाजी थापी हारजित गरेको भन्ने अभियोग दावीमा उल्लेख भए अनुसार कुनै प्रमाणबाट पुष्टि हुन आएको नदेखिदा अभियोग दावीबाट सम्म सफाई पाउने ठहर गर्नुपर्नेमा तासको मेरिज खेललाई जुवाको परिभाषा भित्र नपर्ने भनी गरेको पुनरावेदन अदालत विराटनगरको फैसला सो हदसम्म केही उल्टी हुने । (प्रकरण नं.४७) पुनरावेदक वादी तर्फबाट : उपन्यायाधिवक्ता श्री शरद खड्का प्रत्यर्थी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री दिपेन्द्रराज वस्नेत अवलम्वित नजीरः फैसला न्या.राजेन्द्रप्रसाद कोइराला : पुनरावेदन अदालत विराटनगरबाट मिति २०५८।४।११ मा प्रतिवादीहरुलाई अभियोग दावीबाट सफाई दिने ठहराई भएको फैसला उपर चित्त नबुझी वादी नेपाल सरकारको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यस प्रकार छः– २. मिति २०५५।८।२१ गते विराटनगर ४ स्थित रहेको भाईराजा प्रधानको १ तले पक्कि घरको उत्तरतर्फको कोठामा २ समूहमा वसी खाल थापी जुवा (तास) खेली रहेको अवस्थामा तास वुक थान–६, राडी थान–२ चकटी थान–२, तन्ना थान–१, टेवुल पोस थान–१, इमरजेन्सी लाईट थान–१ र नगद रु. ५२,१२८।– समेत बरामद गरी तास खेली रहेको भरत प्रधान, भरत खड्का, इन्द्र कार्की, पुनमचन्द्र दुगड, खेमचन्द्र जैन, नरेश प्रधान, रोशन थापा, गंगा बहादुर क्षेत्री, सुदिप श्रेष्ठ र घरधनी भाइराजा प्रधान