निर्णय नं. ७७७६ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७७६ - लेनदेन भाग: ४८ साल: २०६३ महिना: माघ अंक: १० फैसला मिति :२०६३/०८/१० ९४९० निर्णय नं. ७७७६ ने.का.प.२०६३ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित सम्बत् २०६० सालको दे.पु.नं.८६५८ सम्बत् २०६० सालको दे.पु.नं.८६५९ फैसला मितिः २०६३।८।१०।१ मुद्दा : लेनदेन । पुनरावेदक प्रतिवादीः जिल्ला रुपन्देही पडसरी गा.वि.स.वडा नं.५ बस्ने लालवहादुर खत्री विरूद्ध प्रत्यर्थी वादीः जिल्ला रुपन्देही ढिकुलीगढ गा.वि.स.वडा नं.४ बस्ने जयलाल सुवेदी पुनरावेदक वादीः जिल्ला रुपन्देही टिकुलीगढ गा.वि.स.वडा नं.४ बस्ने जयलाल सुवेदी विरूद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला रुपन्देही पडसरी गा.वि.स.वडा नं.५ बस्ने लालवहादुर खत्री § करार ऐन, २०५६ को दफा २(क) लाई हेर्दा अन्य कुराका अतिरिक्त करार, कानून बमोजिम कार्यान्वयन गर्न सकिने समेत हुनु पर्ने र यदि करार सम्झौता कानून बमोजिमको अथवा कानून बमोजिम कार्यान्वयन गर्न सकिने अवस्थाको नभएको खण्डमा करारको परिभाषाभित्र नपर्ने । § प्रस्तुत लिखतको व्यहोरा हेर्दा प्रतिवादी तथा निजकी छोरी निर्मला महत समेतको जग्गा पारित गरी दिने शर्त उल्लेख भएको पाईन्छ । अर्काको हकको जग्गा पारित गरी दिनलाई सम्बन्धित व्यक्तिको मंजुरी वा मंजुरीको लिखत हुनु कानून बमोजिम अनिवार्य हुन्छ । यस्तो अवस्था प्रस्तुत लिखतमा देखिदैन । त्यसकारण प्रस्तुत लिखतलाई करारको परिभषाभित्र राख्न नमिल्ने । § वैना पट्टाको कागजलाई करारको लिखतको मान्यता दिन मिल्ने भनी ने.का.प.२०५६ नि.नं.६७४४ मा नजीर प्रतिपादन भएको हुँदा प्रस्तुत वैनापट्टाको लिखतलाई करारको लिखत मान्नु पर्ने भन्ने पुनरावेदक प्रतिवादीको जिकिर सम्बन्धमा हेर्दा प्रस्तुत मुद्दामा जग्गा दिने भनिएकी निर्मला महतको उपस्थिती नभै मन्जुरी तथा स्वीकृति समेत नभएको र करारको लागी प्रस्ताव र स्वीकृति अनिवार्य तत्व हुँदा उल्लेखित नजीरको तथ्य र प्रस्तुत मुद्दाको तथ्य नै फरक देखिंदा उक्त नजीर सम्बन्धमा विचार गरी रहनु पर्ने अवस्था नदेखिने । § रु.१,००,०००।– तत्काल बुझी लिई बाँकी रकम २०५४ फागुन मसान्तभित्र दिएका बखत जग्गा पारित गरी दिने गरी वैना पट्टाको कागज गरी दिए भन्ने वाक्यांश लिखतभित्र परेको देखिंदा लिखतको प्रकृतिबाट तमसुकी लिखत भन्न नमिल्ने हुँदा लनेदेनको २ नं.अन्तरगतको लिखत भन्न नमिल्ने । § प्रस्तुत लिखतमा व्याजको सम्बन्धमा केही उल्लेख भएको नदेखिएको र लेनदेनको ६ नं.मा व्याज नलेखिएकोमा व्याज पाउदैन भन्ने स्पष्ट व्यवस्था भएको अवस्थामा व्याज पाउनु पर्ने भन्ने पुनरावेदक वादीको जिकिर कानूनसँगत नदेखिने । § लेनदेनको ४० नं.को हदम्याद लिखत भएको २ वर्षभित्र नै वादीको फिराद परेको अवस्था हुँदा र लिखतलाई प्रतिवादीले स्वीकार गरेकै देखिंदा साँवा रकम रु.१,००,०००।– भरी पाउने ठहराएको पुनरावेदन अदालतको फैसलालाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.१५) § प्रस्तुत कागजलाई करारको लिखत भन्न नमिल्ने र लेनदेनको २ नं.अनुसार तमसुकी लिखत भन्न समेत नमिल्ने अवस्थामा व्याजको कुरा लिखतमा स्पष्ट उल्लेख नभएकोमा साँवा रकम मात्र भरी पाउने ठहराएको पुनरावेदन अदालतको फैसला मिलेकै देखिंदा सदर हुने । (प्रकरण नं.१६) पुनरावेदक/वादी तर्फवाट : विद्वान अधिवक्ता श्री गोपाल प्रसाद शर्मा पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश राउत अवलम्वित नजीरः ने.का.प.२०४२ निर्णय नं. २५०४, पृष्ठ ८८९, ने.का.प.२०५६, निर्णय