निर्णय नं. ७७७७ - लिखत बदर दर्ता बदर दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७७७ - लिखत बदर दर्ता बदर दर्ता भाग: ४८ साल: २०६३ महिना: माघ अंक: १० फैसला मिति :२०६३/१०/२२ ३२६० निर्णय नं. ७७७७ ने.का.प.२०६३ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री गौरी ढकाल सम्बत् २०५८ सालको दे.पु.नं.७३६३ सम्बत् २०६० सालको दे.पु.नं.९३१६ फैसला मितिः २०६३।१०।२२ मुद्दा : लिखत बदर, दर्ता बदर दर्ता । पुनरावेदक/वादीः जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं.२ बस्ने शिवांगी साहको हकमा निजको संरक्षक आमा हिमालय शाह विरूद्ध प्रत्यर्थी/प्रतिवादीः ऐ.ऐ.वडा नं.१ बस्ने भोला शाह पुनरावेदक/प्रतिवादीः जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं.१ भोला शाह विरूद्ध प्रत्यर्थी/वादीः ऐ.ऐ.वडा नं.२ बस्ने हिमालय शाह § कानून बमोजिम लिखत पारित गरी प्रतिवादीलाई विवादित जग्गाको हक छाडी दिइ सकेको अवस्थामा उक्त जग्गा पुनः आफ्नो नाममा फिर्ता लिन वादी फिराद दावी लिई आएकोमा सम्पत्तिमा व्यक्तिको कानून बमोजिम नै हक प्राप्त हुने र हक समाप्त हुने हुँदा यसरी कानून बमोजिम अनिश्चित हुने हकमा कुनै कार्यबाट असमान स्थितिको सृजना भयो भने त्यस्तो कार्यको वैद्यता कानूनी आधारबाट हेरी निश्चित गरिनु पर्ने हुन्छ । कानून मान्यता रहेको सम्पत्ति अवतरण हुने व्यवहारबाट त्यस्तो अवस्था श्रृजना हुन गएको हो भने त्यस्तो वैद्य व्यवहार मान्य नहुने । § कानून बमोजिम वैद्य लिखतको आधारमा हक छाडी दिएको लिखतलाई बदर गर्न मिल्ने नदेखिई कानूनले आफूखुश गर्न पाउने सम्पत्तिमा हक पुग्ने व्यक्तिको इच्छा अनुसार शर्त राख्न पाउने । § वादीले फिराद दावीमा विवादित जग्गा शर्त विपरीत अन्य व्यक्तिलाई प्रतिवादीले हक हस्तान्तरण गर्न खोजेको भनी भन्न सकेको पनि छैन भने प्रतिवादीले समेत शर्त बमोजिम विवादित जग्गामा शिवांगीको हक हुने कुरालाई स्वीकार नै गरेको देखिन्छ । कानून बमोजिम हक छोडी सकेको जग्गा स्वयंले फिर्ता लिन पाउने अधिकार वादीलाई कानूनतः नदेखिने । (प्रकरण नं.१७) पुनरावेदक वादीका तर्फबाटः विद्धान वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव र अधिवक्ता श्री खगेन्द्रप्रसाद अधिकारी । पुनरावेदक प्रतिवादीका तर्फबाटः विद्धान अधिवक्ताद्वय श्री शम्भु थापा र श्री कृष्ण थापा । अवलम्बित नजीरः ने.का.प.२०५७, अंक ४, पृष्ठ २८८ फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत जनकपुरको मिति २०५७।२।३२ को फैसला उपर वादी तथा प्रतिवादीका तर्फबाट परेको मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) अनुसार यस अदालतबाट निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– २. विपक्षी मेरो लोग्ने हुन् । निजबाट एउटा छोरी (जसको नाउँ शिवांगी हो) को जन्म २०४२ सालमा भएको छ । मेरो आफ्नो नाउँमा दर्ता रहेको आफ्नो हक भोगको जग्गा नावालक छोरी शिवांगीलाई दिन लाग्दा जग्गा मात्र उसलाई दिएर के हुन्छ र जग्गा दिएर घर बनाई दिनु पर्छ र त्यस घरलाई बहालमा दि आयस्ता छोरीको नाउँमा बैंकमा जम्मा गर्दै जानु पर्छ भन्ने सल्लाह विपक्षीले दिंदा मलाई पनि सल्लाह उचित्त नै लागि छोरी शिवांगीको नाउँमा जग्गा लिखत गर्न खोज्दा जग्गा मेरो नाउँमा नै पास गरी दिनु त्यसमा शर्त लेख्नु कि यो जग्गा तिमीबाट जन्मिने छोराछोरीहरुले मात्र पाउने छ भन्ने सल्लाह विपक्षीले दिंदा त्यसबेला मलाई पनि त्यति अनुचित्त लागेन । फलतः ०–१–१६ जग्गा बकसपत्रको लिखत गरी २०४३।२।२१ मा विपक्षीलाई पारित गरि दिएको हाल