निर्णय नं. ७७७८ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७७८ - उत्प्रेषण समेत भाग: ४८ साल: २०६३ महिना: माघ अंक: १० फैसला मिति :२०६३/०१/०५ ३८१९ निर्णय नं. ७७७८ ने.का.प.२०६३ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ संवत २०६१ सालको रिट निवेदन नं. ३५५४ आदेश मितिः २०६३।१।५।३ मुद्दाः उत्प्रेषण समेत । निवेदकः जिल्ला सुनसरी सिंगिया गा.वि.स. वडा नं. ६ लालपुर वस्ने दिव्यध्वज कार्की विरूद्ध विपक्षीः पुनरावेदन अदालत विराटनगर समेत § हाम्रो जस्तो संयुक्त किसिमको पारिवारीक संरचना भएको समाजमा कसैको जिम्मामा वा नेतृत्वमा सम्पत्ति रहने गरी कानूनी संरचना गर्नुको तात्विक महत्व पनि छ । दण्ड सजायको २६ नं. बमोजिम ऋण खाँदा सँग वसेका संगोलको जुनसुकै अंशियारको नाउँको सम्पत्ति भएपनि दायित्व रहने गरी व्यवस्था भएको देखिन्छ । दण्ड सजायको २६ नं. ऐन बमोजिम जरिवाना कैद वापत जायजात गर्दा कसूरदारको अंशबाट मात्र पुगेसम्मको असूल गरी लिनु पर्ने । § विवादको सम्पत्ति जस्को नाममा छ उसको सम्पत्ति सम्वन्धमा आफ्नो निजी हैसियत एवं संगोलको परिवारको मुख्य भएको दोहोरो हैसियतमा भूमिका हुन्छ । निजको स्वीकृती वा जानकारीवेगर निजको नाउँको सम्पत्ति दण्ड सजायँको २६ नं. को आधारमा भरीभराउ गर्न सकिने भनि मानेको खण्डमा लेनदेन व्यवहारको ८ र ९ नं. को व्यवस्था नै परास्त हुन जाने। § दण्ड सजायँको २६ नं. र लेनदेन व्यवहारको ८ र ९ नं. लाई सामान्जस्यपूर्ण रुपले व्याख्या गर्ने हो भने मुख्य व्यक्तिको ऋणको दायित्व लेनदेन व्यवहारको १० नं. समेतको अधिनमा रही अन्य अंशियारले समेत व्यहोर्न पर्ने र मुख्यको मंजुरी नभएमा अन्य अंशियारले गरेको व्यवहारबाट संगोलको सम्पत्तिमा दायित्व श्रृजना गर्न नपाउने स्थिति देखिने । (प्रकरण नं.१८) § प्रस्तुत मुद्दामा छोरा भोगेन्द्रध्वज कार्कीले लिएको ऋण वापतमा मन्जुरी नहुने बाबु निवेदक दिव्यध्वज कार्कीको नामको सम्पत्तिबाट विगो भरीभराउ गर्न नमिल्ने स्पष्ट कानूनी व्यवस्थाका विपरीत पुनरावेदन अदालत समेतले भरीभराउ हुने ठहराई गरेको निर्णय कानूनको गलत व्याख्या गरी गरेको भई त्रुटीपूर्ण देखिएकोले उत्प्रेषणको आदेशबाट वदर हुने । (प्रकरण नं.१९) निवेदक तर्फबाट : विद्वान अधिवक्ताद्वय कृष्ण थापा र शम्भु थापा विपक्षी तर्फबाट : विद्वान अधिवक्ताद्वय श्री रामप्रसाद श्रेष्ठ र हरिहर दाहाल अवलम्वित नजीरः ने.का.प.२०४७, निर्णय नं. ६९०४ आदेश न्या.कल्याण श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, र ८८(२) बमोजिम यस अदालतको क्षेत्राधिकार भित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य सहित ठहर यस प्रकार छ : – २. निवेदक जिल्ला मोरङ भौडाहा गा.वि.स. वडा नं. ४(ख) का. कि.नं. हरु ४१, ४२, ४३, ४६, ४९, २८२ र २८३ समेतका जग्गाहरुको विवाद रहित जग्गा धनी हुँ । उल्लिखित जग्गाहरु अंशबण्डाबाट निवेदकको भागमा परेकोले जग्गामा अन्य कुनै अंशिको अंश हक समेत रहेको छैन । निर्विवाद हक स्वामित्व भएको उल्लिखित कि.नं. का जग्गाहरु वादी प्रत्यर्थी उत्तमप्रसाद पौडेल र प्रतिवादी प्रत्यर्थी भोगेन्द्रध्वज कार्की समेत भई प्रत्यर्थी जिल्ला अदालतमा चलेको दे.नं. २१३८ को लेनदेन मुद्दामा २०५९।१।२२ मा भएको आदेशबाट रोक्का समेत राखिएको रहेछ । उक्त कुरा थाहा जानकारी पाए पश्चात निवेदकले निवेदन दिएकोमा उक्त अदालतबाट २०६०।४।१९ मा जग्गा फुकुवा गर्ने आदेश भएको छ । उक्त आदेश वदर गरी पाउँ भनी प्रत्यर्थी उत्तमप्रसाद पौडेलले निवेदन गर्नु भई पुनरावेदन अदालत व